Khabar Dabali Logo
  October 25, Sun

तत्कालका लागि १० भदौसम्म निषेधाज्ञा, परिस्थिति हेरेर थप हुन सक्ने

काठमाडौं । दिनमै दुई सयभन्दा धेरै कोभिड– १९ का नयाँ संक्रमित देखिन थालेपछि उपत्यकामा पनि निषेधाज्ञामार्फत ‘लकडाउन’ लागू गरिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रशासन कार्यालयले बुधबार मध्यरातिदेखि लागू हुने एक साताका लागि निषेधाज्ञाको निर्णय लिएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको बैठकले अत्यावश्यकबाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी गरेका हुन् । कोभिड– १९ संक्रमणको जोखिम बढेको निष्कर्षसहित संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम उपत्यकाभरका लागि निषेधाज्ञा जारी भएको हो ।

तत्कालका लागि १० भदौसम्मका लागि निषेधाज्ञा लागू गरिएको र परिस्थिति हेरेर थप हुन सक्ने गृह मन्त्रालयले जनाएको छ । निषेधाज्ञामा अत्यावश्यक बाहेक अन्य सेवा सञ्चालन गर्न पाइँदैन । औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन नपाउने गरी १७बुँदे सूचना जारी गरिएको छ ।

निषेधाज्ञामा अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाहिर निस्कन नपाउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । अत्यावश्यक कामका लागि घर बाहिर निस्कनुपरेमा अनिवार्य रूपमा मास्कको प्रयोग र न्यूनतम भौतिक दूरी कायम गर्नुपर्नेछ ।

अत्यावश्यक बाहेकका काममा घरबाहिर निस्कनेलाई पक्राउ गरिने प्रहरीको भनाइ छ । निषेधाज्ञामा अत्यावश्यकबाहेक सवारीसाधन चल्न पाउने छैनन् । ढुवानीका सवारीसाधनका लागि भने यो नियम लागू हुने छैन ।

मंगलबार उपत्यकामा दुई सय ६ जनामा संक्रमण देखिएको थियो । दिनानुदिन संक्रमण बढेकाले निषेधाज्ञाको विकल्प नभएको निष्कर्ष तीनै जिल्लाको जिल्ला कोभिड– १९ व्यवस्थापन समितिको संयुक्त बैठकले निकालेको थियो । लगत्तै निषेधाज्ञाको निर्णय भएको हो । गृह मन्त्रालयकै निर्देशनमा निषेधाज्ञा लागू गरिएको हो ।

लकडाउन खुलेपछि देशभरि कोरोना संक्रमण बढेको छ । हालसम्म आंशिक र पूर्ण गरेर ४० जिल्लामा लकडाउन गरिएको छ ।

१९ जिल्लामा पूर्ण लकडाउन रहेको गृह मन्त्रालयले जनाएको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले संक्रमण नियन्त्रणका लागि कफ्र्युसम्म लगाउने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । बैंकहरू भने सीमित कर्मचारीका साथ सञ्चालन हुने छन् । सरकारी कार्यालय खुला भए पनि अधिकांशले सर्वसाधारणलाई सेवा बन्द गरिसकेका छन् ।

उपत्यकामा दुई हजार सक्रिय केस
उपत्यकामा सक्रिय संक्रमितको संख्या दुई हजार नाघेको छ । काठमाडौंमा एक हजार ६ सय ५८, ललितपुरमा दुई सय ८७ तथा भक्तपुरमा ५७ जना छन् । तीन जिल्लामा गरेर सक्रिय संक्रमितको संख्या दुई हजार दुई पुगेको छ । अस्पतालमा बेड नहुँदा कतिपय संक्रमित घरमै आइसोलेसनमा बस्न थालेका छन् ।

भदौ ३ गते, २०७७ - ०६:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास...   
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   

किसान क्रेडिट कार्ड अन्तिम चरणमा दशैंपछि किसानका हातमा

काठमाडौं । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि...   

कोरोनाले पर्यटन क्षेत्र थिलथिलो, व्यवसायीलाई बैंकको ब्याज तिर्नै समस्या

मोरङ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै पर्यटन क्षेत्रमा ठूलो असर परेको छ । कोरोनाका कारण बाह्य र...   

कपिलवस्तुमा युवतीमाथि सामूहिक बलात्कारको प्रयास

कपिलवस्तु । कपिलबस्तुमा एक बालिकामाथि सामूहिक बलात्कारको असफल प्रयास भएको छ । कपिलबस्तुको शुद्धोधन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top