Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

आज कुन-कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौं । गत २४ घण्टामा नेपालमा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४८१ पीसीआर परीक्षण गदाए १ हजार १६ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २८ हजार २५७ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १० हजार ५६३ रहेका छन् ।

मंगलबार पनि काठमाडौंमा कोरोना भाइरस संक्रमणको दर उच्च देखिएको छ । आज ४७ जिल्लामा कोरानो संक्रमित थपिएकामा सबैभन्दा बढी काठमाडौंमा १३८ जना छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

झापामा २८ जना, खोटाङमा १, मोरङमा १०८ जना संक्रमित थपिएका छन्। यस्तै ओखलढुंगामा एक, पाँचथरमा एक, संखुवासभामा ३ र सुनसरीमा ७ जना संक्रमित थपिएका छन्।

यस्तै उदयपुरमा दुई सप्तरीमा ३, सिरहामा १६ र धनुषामा ६४ जनामा कोरोना संक्रमण भएको छ। पछिल्लो २४ घण्टामा महोत्तरीमा २४ जना र सर्लाहीमा १०७ जनामा संक्रमण भएको छ। यस्तै बारामा ४२, पर्सामा १२८ र रौतहटमा ३७ जनामा कोरोना संक्रमण भएको छ ।

सिन्धुलीमा एक, दोलखामा २, भक्तपुरमा १७ र धादिङमा २ जनामा कोरोना भाइरस संक्रमण भएको छ । आज सबैभन्दा बढी काठमाडौंमा १३८ जनामा संक्रमण भएको छ भने भक्तपुरमा १७ र भक्तपुरमा १७ जना थपिएका छन् । यस्तै काभ्रेमा २१, सिन्धुपाल्चोकमा ३ र चितवनमा ४९ जनामा कोरोना संक्रमण भएको छ ।

मकवानपुरमा ३०, बागलुङमा तीन, गोरखामा २, कास्कीमा १६ र लमजुङमा १ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

यस्तै पूर्वी नवलपरासीमा ४, स्याङ्जामा १, तनहुँमा २ र कपिलवस्तुमा १९ जनामा कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पश्चिम नवलपरासीमा पछिल्ला चौबीस घण्टामा एकजनामा कोरोना संक्रमण भएको छ। यस्तै रूपन्देहीमा १४, दाङमा एक, रोल्पामा १, बाँकेमा ६, बर्दियामा १९ र पश्चिम रुकुमा एक जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयको विवरणअनुसार सुर्खेतमा १, दैलेखमा ५, कैलालीमा १ र डोटीमा ४६ जना संक्रमित थपिएका छन् । कञ्चनपुर र दार्चुलामा १–१ जनामा कोरोना पुष्टि भएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies