Khabar Dabali Logo
  October 31, Sat

कैदीबन्दीमा कोरोना संक्रमण, जिल्ला अस्पताल सिल

स्याङ्जा । जिल्ला कारागारमा रहेका कैदीबन्दीमा कोभिड –१९०को संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा शनिबारदेखि उपचाररत कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए ।

जबरजस्ती करणी मुद्दामा चार वर्षदेखि कारागारमा कैद सजाय भोग्दै आएका ६० वर्षीय एक कैदीको सोमबार राति आएको रिपोर्टमा कोरोना संक्रमण देखिएपछि उनको उपचार गराइएको जिल्ला अस्पतालसमेत शिल गरिएको हो । कैदीबन्दीलाई ज्वरो, रुघाखोकीका साथै श्वासप्रश्वासमा समेत समस्या देखिएपछि शनिबार उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।

कैदीबन्दीका उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र अन्य सम्पर्कमा आएका व्यक्तिको अहिले कन्ट्रयाक्ट टे«सिङ शुरु भएको छ । कारागारमा १५० कैदीबन्दी छन् । प्रहरीमा कोरोनाको संक्रमण देखिएपछि कारागारको सुरक्षासमेत नेपाली सेनाले गर्दै आएको छ । प्रहरीमा कोरोना देखिएपछि कारागार भित्र आउजाउ गर्न बन्द गरिएका अवस्थामा पनि कोरोना संक्रमण देखिएकाले आफू अन्योलमा परेको जेलर चूडामणि भण्डारीले बताए ।

जिल्ला अस्पतालले आज सूचना जारी गर्दै अस्पतालमा उपचार गराइएका कारागारका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएकाले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सम्पर्कमा आएका अन्य व्यक्तिको कन्ट्रयाक्ट टे«सिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भएकाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यही भदौ ८ गतेसम्म अस्पताल शिल गर्ने निर्णय गरेकाले सबै सेवा बन्द गरिएको जनाएको छ । कैदीबन्दीमा संक्रमण पुष्टि भएसंँगै जिल्लामा संक्रमितको संख्या ३०४ पुगेको छ भने १७२ जना निको भएर घर फर्किएका छन् ।

भदौ २ गते, २०७७ - १७:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना सङ्क्रमणबाट वृद्धको मृत्यु

कोरोना सङ्क्रमणबाट वृद्धको मृत्यु

दमक । कोरोना सङ्क्रमणबाट झापा गौरीगञ्ज गाउँपालिका–६ का एक वृद्धको मृत्यु भएको छ । धरानस्थित विपी...   
लकडाउनपछि सौराहामा अपेक्षाभन्दा बढी पर्यटक

लकडाउनपछि सौराहामा अपेक्षाभन्दा बढी पर्यटक

चितवन । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा...   

एक किशोरीसहित तीन जनाको शव फेला

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको...   

कारको ठक्करबाट महिलाको मृत्यु

भरतपुर । चितवनमा कारको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम...   

पोखरेमा आगलागी हुँदा करीब तीन लाखको क्षति

भोजपुर । भोजपुर नगरपालिका –८ पोखरेमा आज आगलागी भएको छ । स्थानीय बालकुमार रोक्काको गोठघरमा आगलागी...   

फ्रान्समा भएको आतंककारी हमलाको राष्ट्रसंघद्धारा निन्दा

न्युयोर्क । संयुक्त राष्ट्रसंघले फ्रान्समा बिहीबार भएको आतंककारी हमलाको कडा शब्दमा निन्दा गरेको...   

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा सापकोटाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान...   

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार...   
१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा

१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता...   

सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा एक सय ४० जनाको मृत्यु

डाकार । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top