Khabar Dabali Logo
  October 24, Sat

बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति थप एक जनाको मृत्यु भएको छ । फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ निवासी ६२ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार गए राति ११:४० बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो । उनलाई साउन ३० गतेदेखि कोरोनाको लक्षण देखिएपछि ३२ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको कोरोना परीक्षणमा उनको सोमबार दिउँसो पोजेटिभ रिपोर्ट आएको थियो । मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । बाँकेमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । यसअघि नरैनापुर, बैजनाथ र कोहलपुरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।

भदौ २ गते, २०७७ - १४:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनिष्टको त्रासले जमरा राख्दैन माझी समुदाय

बागलुङ । बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा...   

आगामी महिना कोरोनाको समस्या थप बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

मस्को । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को...   

अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित

इडाहो । अमेरिकामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन...   

कोरोनाबाट धरानमा पाँच महिने शिशुसहित दुईजनाको मृत्युु

धरान । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित...   

प्लाज्मा दान गर्न झापा रेडक्रसको आह्वान

झापा । विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड–१९ का सङ्क्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल...   

बजार अभाव र मूल्य घट्दा थन्कियो अलैँची

बागलुङ । थोरै लगानी र मेहनतमा धेरै आम्दानी गर्ने उद्देश्यले अलैँची खेतीमा उत्साहपूर्ण हिसाबले समर्पित...   

बाँकेमा थप एक सङ्क्रमितको मृत्यु, मृतकको संख्या ३० पुग्यो

बाँके । बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना...   

कोरोनाबाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम...   

प्रधानमन्त्री रोजगार कार्यक्रम : सूचीकृतको संख्यामा वृद्धि

बैतडी। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाको दशरथचन्द नगरपालिकामा गत वर्षभन्दा बढी जना...   

कैदीबन्दीलाई खसीसँंगै फलफूल र चिउरा उपलब्ध

कञ्चनपुर । कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई बडादसैं मनाउनका लागि खसी उपलव्ध गराइएको छ । लालझाडी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top