Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

महोत्तरीमा सर्पको बिगबिगीः एक महिनामा १२० जनाको उपचार

महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्न थालेसँगै महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी बढेको छ ।

बर्खामा पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको अहिले बिगबिगी बढेको हो । पछिल्लो साउन महिनामा मात्रै सर्पदंश उपचार केन्द्र बर्दिवासमा ४० सर्पदंशका घटना देखिएका हुन् । विषालु सर्पले डसेर मध्य साउनयता महोत्तरीमा दुई जनाको मृत्यु भएको छ ।

अहिले बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको भीड छ । पछिल्लो साउनभरिमा नै ४० सर्पदंश घटनाका बिरामी उपचारबाट निको भएर घर फर्केका छन् । पछिल्लोपटक जिल्लाकै भङ्गाहा नगरपालिका–५ राजपुरका मात्रै आठजना उपचारपछि निको भएर घर फर्केका केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिए । भङ्गाहा–५ मा गत शुक्रबार एकैदिन १६ जनालाई सर्पले डसेको भए पनि अन्य आठजना सिरहाको बन्दीपुरमा नेपाली सेनाले सञ्चालन गरेको उपचार केन्द्रमा गएका भङ्गाहा–५ का वडाध्यक्ष शिव महतोले बताए । भङ्गाहा–५ कै दुईजनाको भने उपचार केन्द्र नपुग्दै साउन १५ यता मृत्यु भएको छ ।

असार अन्तिम साता र साउन मध्यसम्मको पटकपटकको मुसलधार वर्षाले सर्प बस्ने दुला पानीले भरिएपछि यस भेगमा सर्पको बिगबिगी बढेको हो । साउन महिनामा ४० जना सर्पदंशका बिरामी उपचार गर्न आएकामध्ये अत्यन्त विषालु गोमन र करेतले डसेका १२ जनाको सफल उपचार भएको केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताए । अन्य भने भाइबर ९सर्पको एक प्रजाति०, बिच्छी र खजुराले टोकेका पुष्टि भएको देवकोटाको भनाइ छ । यस अवधिमा सर्पदंशको शङ्काले जचाउन आउने नै १२० जना पुगेका केन्द्रले जनाएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिकाका वडानम्बर १, २, ३, ४ र १४ सर्पको ‘खानी’ नै भएको यहाँको आम जनबोलीमा पाइन्छ । त्यसैगरी जिल्लाका गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना बाक्लै हुने ठाउँमा पर्ने देवकोटाको भनाइ छ । सर्पले टोकेका बिरामी बर्दिवासबाहेक अन्यत्र पनि उपचार लिन जाने हुँदा आफ्नो केन्द्रमा दत्र्ता भएकाभन्दा निकै बढी घटना हुने गरेका देवकोटाले बताए ।

विसं २०७१ साउन ३१ गते स्थापना भई सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्र बर्दिवास–३ मा यसको व्यवस्थापन गर्ने समुदायस्तरको सञ्चालक समिति र उपचारमा खटिने नेपाली सेनाका दक्ष छजना प्राविधिक कार्यरत छन् । केन्द्रले सेवा सञ्चालन भएयता हालसम्म एक हजार ४३८ सर्पदंशका बिरामीको सफल उपचार गरिसकेको छ । तीमध्ये आर्थिक वर्ष २०७६/०७७ मा १६०, आव २०७५/०७६ मा ३१९, आव २०७४/०७५ मा २९६, आव २०७३/०७४ मा २७३, आव २०७२/०७३ मा २७० र आव २०७१/०७२ मा १६५ जना रहेको केन्द्रले जनाएको छ ।

झारफुक प्रवृत्ति कायमै
सर्पले टोकेका बिरामी अझै पनि अस्पताल गएर उपचार गराउनुभन्दा झारफुक गर्ने प्रवृत्ति कायमै रहेकाले बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । “सर्पले टोकेपछि अस्पताल आउनुको साटो झारफुक गर्न धामीझाक्री खोज्ने चलन अझै पनि कायमै रहेको छ”, केन्द्रका अध्यक्ष देवकोटाले भने, “महोत्तरीमा करिब ५ प्रतिशत बिरामी पहिला धामीझाक्री र त्यसपछि मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।” यही प्रवृत्तिका कारण सर्पदंशका कतिपय घटनामा बिरामीले ज्यान गुमाउनु परेको उनको भनाइ छ ।

‘सबै सर्प विषालु हुँदैनन्, महोत्तरीमा ६० प्रतिशतभन्दा बढी ननपोइजनस घटना हुन्छन्”, उनले भने, “ती ६० प्रतिशत बिरामी घरमै बसे पनि मर्दैनन् । यिनै घटनामा धामीझाक्री र झारफुकको भ्रम पर्छ र विषालु सर्पले टोकेका बिरामीले ज्यान गुमाउँछन् ।”

महोत्तरीमा ढोडिया, साखड, चिचिन्डे, धामन, हरहरा लगायत विष नभएका तथा गोमन, करेत, भाइपर ९सुगासाप० लगायतका विषालु सर्पले टोकेका बिरामी धरै आउने गरेको केन्द्रले जनाएको छ । “धेरैजसो घाँस काट्न खेतबारीमा गएका बेला तथा राति शौचालय जाँदा सर्पले टोकेका घटना धेरै छन्, सावधानी अपनायो भने घटना कम हुन्छन्”, अध्यक्ष देवकोटाले भने ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies