Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अब स्वास्थ्य मापदण्ड नमान्नेलाई एक हजार जरिवाना

काठमाडौ । चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण वृद्धि भइरहेकोले तोकेको स्वास्थ्य मापदण्ड नमान्नेलाई रु एक हजार जरिवना गर्ने भएको छ ।

नगरपालिकाकोे नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र नगरपालिकाभित्रका ६ वटै विषयगत समितिको प्रमुखसहितको आइतबार बसेको बैठकले बढ्दो कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड नमान्नेलाई जरिवना गर्ने निर्णय गरेको हो ।

चन्द्रागिरिले नेपाल सरकारले गरेको निर्णय बमोजिम तीजलगायत आउँदै गरेका चाडपर्व आफ्नै घरभित्र रही जनस्वास्थ्य मापदण्ड पालना गरेर आ–आफ्नो परिवारका सदस्य मात्र मनाउने निर्णय गरेको छ । सो निर्णय नमान्नेलाई एक हजारसम्म जरिवना गर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरिले चन्द्रागिरिमा विदेश वा अन्य जिल्लाबाट आउने व्यक्तिले अनिवार्य रुपमा पिसिआर परिक्षण आफ्नो खर्चमा गर्नुपर्ने र २१ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने बताए । “माक्स नलगाई निषेधित क्षेत्र, सार्वजनिक स्थलमा प्रवेश गर्ने व्यक्तिलाई रु १०० जरिवना गरी दुईवटा माक्स उपलब्ध गराउने निर्णय भएको छ,”–उनले भने ।

चन्द्रागिरिभित्र सञ्चालित अत्यावश्यक सामाग्रीका पसलले आफ्नो पसल अगाडि डोरी लगाउनुपर्ने, माक्स, पञ्जालगायतका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, भौतिक दूरीका लागि मार्किङ गरेको हुनुपर्ने अन्यथा एक हजारसम्म जरिवना गर्ने नगरपालिकाले निर्णय गरेको छ ।

अनधिकृत रुपमा पार्किङ गर्ने गाडी र सडकमा सामग्री राखी व्यापार गर्ने पसललाई नगरपालिकाको आर्थिक ऐन, २०७७ बमोजिम जरिवना गर्ने र सुरक्षा निकायबाट कार्यान्वयन गराउने जनाइएको छ ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाका बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखेर उक्त निर्णय गरेको जानकारी दिनुभयो । यस्तै, चन्द्रागिरिले जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशअनुसार भदौ १५ गतेसम्मका लागि जात्रा महोत्सव, खुला स्थानमा भेला हुन निषेध गरेको छ ।

उक्त आदेशमा शैक्षिक संस्था सञ्चालन गर्न, होटल रेष्टुँरा, चिया पसल बन्द गर्न, सटर, ढोका अगाडि सामान राखेर बिक्रीवितरण गर्न, स्वास्थ्य मापदण्ड विपरित श्रमिक कामदार ओसारपसार गर्न, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, व्यूटीपार्लरलगायत सञ्चालन गर्न निषेध गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies