Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रदेश नं २ मा ह्वात्तै बढ्यो सङ्क्रमण, एक महिनामा तीन हजार थपिए कोरोना सङ्क्रमित

सप्तरी । प्रदेश नं २ मा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज मात्र प्रदेश नं २ मा २०८ जना सङ्क्रमित थप भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बारामा ६९, पर्सामा ६४, धनुषामा ३७, रौतहटमा १४, सप्तरीमा ११, महोत्तरीमा आठ, सिरहामा तीन र सर्लाहीमा दुई जना कोरोना सङ्क्रमित थप भएका हुन् ।

एक महिनाको अवधिमा प्रदेश नं २ मा करिब तीन हजार सङ्क्रमित बढेका छन् । प्रदेश नं २ सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार असार मसान्तसम्म तीन हजार ९११ जना सङ्क्रमित रहेकामा साउन मसान्तसम्ममा सङ्क्रमितको सङ्ख्या छ हजार ८२१ पुगेको छ । पर्सा, रौतहट र महोत्तरीमा ५०० भन्दाबढी सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमितको सङ्ख्या बढेर साउन मसान्तभित्र रौतहटमा १३८५, पर्सामा १२२६, धनुषामा १०२२, महोत्तरीमा १००२, सर्लाहीमा ९३४, सप्तरीमा ६६१, बारामा ३२३ र सिरहामा २६३ पुगेको छ । असार मसान्तमा रौतहटमा १२३१, पर्सामा १५९, धनुषामा ५४९, महोत्तरीमा ७३८, सर्लाहीमा ६५६, सप्तरीमा २५५, बारामा ११२ र सिरहामा २०६ सङ्क्रमित रहेको थियो । सङ्क्रमितसँगै मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । असार मसान्तभित्र रौतहट, बारा र पर्सामा एक÷एक जना गरी तीन जनाको मृत्यु भएकोमा साउनसम्ममा मृतकको सङ्ख्या ४५ पुगेको छ । तीमध्ये ११ महिला र ३४ पुरुष छन् । मृतकमध्ये पर्साका मात्र २० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज मात्र जनकपुरधाम उपमहानगरपालिका–६ का ४३ वर्षीय पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय प्रदेश नं २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

प्रदेश नं। २ मा संस्थागत आइसोलेशनमा तीन हजार ८६९, होम आइसोलेशनमा ९८ र क्वारेन्टिनमा एक हजार ६३१ जना रहेका छन् । सङ्क्रमितमध्ये तीन हजार ६१२ जना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारपछि निको भएर घर फर्किकामध्ये सप्तरीका ४४६, सिरहाका २०५, धनुषाका ६८२, महोत्तरीका ३७०, सर्लाहीका ६५२, रौतहटका ७५४, बाराका १८२, पर्साका ३१५ जना छन् ।

असार मसान्तभित्र सप्तरीमा २२१, सिरहामा ११५, धनुषामा ३९४, महोत्तरीमा २७०, सर्लाहीमा ५९०, रौतहटमा ६५३, बारामा ११४ र पर्सामा १७१ जना उपचारपछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नं २ मा हाल आइसियुमा ४१ जना उपचाररत छन् । प्रदेश नं २ को आइसोलेशन भरिभराउ भएपछि सङ्क्रमित घरमै बस्न बाध्य छन् । यो प्रदेशमा ९८ जना होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार आइसोलेशनको अभावले सप्तरीमा समेत ३१ जनालाई होम आइसोलेशनमा राखिएको र यसले समुदायमा सङ्क्रमण फैलिने खतरा बढेको बताए । उनले जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले शम्भुनाथ नगरपालिकास्थित भगवतपुर, कठौनामा रहेको माविलाई करिब २०० श्ययाको आइसोलेशन केन्द्र बनाउने तयारी भइरहेको जानकारी दिए । राजविराजस्थित आइसोलेशन केन्द्रमा जनशक्ति अभाव भएपछि सङ्क्रमितलाई व्यवस्थापन गर्न तिलाठी कोइलाडी गाउँपालिकाले आफ्नै तहमा ५० श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ ।

दीर्घरोगी कोरोना सङ्क्रमणको पहिलो सिकार बन्ने गरेको पाइएको छ भने भ्यान्टिलेटर नपाउँदा सङ्क्रमितको उपचारमा पनि समस्या देखिएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले चारवटा भेण्टिलेटर भए पनि भौतिक पूर्वाधार र जनशक्तिको अभावमा सञ्चालन हुन नसकेको बताउनुभयो । “रोजगारीमा रहने क्रियाशील जनशक्ति युवा नै बढी सङ्क्रमित रहेको जानकारी दिँदै उनले पछिल्लो समय ज्येष्ठ नागरिक र दीर्घरोगीमा समेत कोरोना सङ्क्रमण बढेको बताए । उनीहरूसँग रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले मृत्युदर बढ्नसक्ने सम्भावना रहेको उनको भनाइ छ । “सङ्क्रमण बढेपछि मृत्युदर बढ्नु स्वाभाविक हो, त्यसमाथि प्रतिरोधात्मक क्षमता कम भएका ज्येष्ठ नागरिक र दीर्घरोगी व्यक्तिमा सङ्क्रमण बढ्दै जानु डरलाग्दो हो”, डाक्टर झाले बताए ।

भारतबाट आएकाको व्यवस्थापनमा स्थानीय सरकार र प्रदेश सरकार चुक्दा कोरोना सङ्क्रमण र मृत्युको ग्राफ उकालो लागेको सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ का विनोद यादवले बताउनुभयो । क्वारेन्टिन भद्रगोल बन्नु, पिसिआर परीक्षणमा ढिलाइ हुनु, सङ्क्रमित व्यवस्थानमा ध्यान नदिनु, सीमानाका खुकुलो हुनु, होम क्वारेन्टिनमा बसेकाको निगरानी नहुनु, सचेतना अभियान राम्रोसँग चलाउन नसक्नुजस्ता कारण यो प्रदेश कोरोना सङ्क्रमणको उच्च जोखिममा पुगेको यादवको भनाइ छ । भारतबाट आएका अधिकांशमा कोरोना सङ्क्रमण भेटिए पनि सचेतना भने कम छ ।

प्रदेश नं २ मा हाल दैनिक साढे एक हजार जनाको स्वाब सङ्कलन भइरहेको छ भने कोरोना परीक्षण ८०० जनाको मात्र भइरहेको छ । जनकपुर, राजविराज र वीरगञ्ज गरी तीन स्थानमा कोरोना परीक्षण प्रयोगशाला राखिएको छ । सबैभन्दा सानो क्षेत्रफल भए पनि दोस्रो ठूलो जनसङ्ख्या भएको प्रदेश नं २ मा हालसम्म ७६ हजार ५२५ जनाको स्वाब सङ्कलन भएको सामाजिक विकास मन्त्री नवलकिशोर साहले बताउनुभयो । जसमध्ये आठ हजार ४१४ जनाको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies