Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

सिन्धुपाल्चोकवासीमा वर्षेनी थपिएको त्यो प्राकृतिक विपत्ति, जुरेको पहिरोदेखि दुई ठूला हेलिकप्टर दुर्घटना

काठमाडौँ । विसं २०७२ को भूकम्पले थिलथिलो पारेको सिन्धुपाल्चोकमा वर्षेनी प्राकिृतक विपत्ति र दुर्घटनाले झन ठूलो पीडा थपिदिएको छ । प्रकृतिले दिएको विपत्तिले यहाँ ठूलो जनधनको क्षति हुने गरेको छ । भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपत्तिले नपुगेर अझै यहाँ सडक तथा हवाई दुर्घटनासमेत थपिने गरेकाले पछिल्ला केही वर्षमा विपत्ति नै सिन्धुपाल्चोकको नियति बन्न पुगेको छ ।

विसं २०७१ पछिदेखि नै सिन्धुपाल्चोक जिल्लाले वर्षेनीजसो ठूला प्राकृतिक प्रकोप र दुर्घटनाको सामना गरिरहनुपरेको छ । यस्ता दुर्घटनाबाट यो वर्ष मात्रै यस जिल्लामा सयौँ सर्वसाधारणले ज्यान गुमाउनुपरेको तीतो यथार्थ पाइन्छ ।

गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण शुक्रबार बिहान आएको पहिरोले सिन्धुपाल्चोक जुगल गाउँपालिकाको लिदी गाउँ नै पुरिँदा ठूलो मानवीय तथा भौतिक क्षति भयो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार सोमबार बिहानसम्म २२ जना गाउँले मृत फेला परेका छन् भने १७ जना अझै बेपत्ता छन् । पहिराले ३७ घर पूर्णरुपमा क्षति भएको छ । केही पुरिएका छन् भने अरु केही पहिराले बगाएको छ । घटनास्थलमा अहिले पनि प्रहरी, सेना तथा स्थानीय नागरिकले बेपत्ता भएकाहरुको खोजी गरिरहेका छन् ।

सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट करिब एक दिनको पैदलयात्रा पछि मात्रै पुगिने साबिक गोल्चे गाविसको लिदी गाउँ जिल्लाकै विकट गाउँका रुपमा परिचित छ । यस लिदी गाउँमा रहेका ७२ घर परिवारले गएको माघ १६ गते पहिलो पटक बिजुली बत्तीको उपयोग गर्न पाएका थिए । यस गाउँले गत हिउँदमा मात्रै सडकसँग नाता जोड्न पाएको थियो । बिजुली बत्तीले ल्याएको उत्साह र सडक जोडिएसँगै छाएको उमङ्गमा लिदीबासी धेरै रमाउनै पाएनन् ।

पानी रोकिएपछि बिहानको मिरमिरेमै आएको पहिराले धरै वर्षपछि साकार भएकोे सडक र बिजुलीसँग घुलमिल हुने अवसर चुँडेर लगेपछि अहिले पुरै लिदी गाउँ नै शोकमा डुबेको छ । उक्त गाउँको भौगर्भिक बनावट कमजोर रहेकोले माथिको डाँडाबाट कुनै पनि बेला पहिरो खस्न सक्ने अनुमान यसअघि नै विज्ञहरुले गरेकै थिए । त्यसैले पनि निम्न आर्थिक अवस्था भएका यहाँका स्थानीयसहितलाई सार्न जुगल गाउँपालिका वडा नं २ का वडा अध्यक्ष प्रताप लामाले बस्ती जोखिममा रहेको भन्दै त्यहाँबाट उक्त बस्ती स्थानान्तरणको माग राख्दै जिल्लादेखि प्रदेश हुदै केन्द्रसम्म निवेदन दिएको बताए।

यहाँको निम्न आर्थिक अवस्था भएका सर्वसाधरणले तत्काल बस्ती सार्नसक्ने सम्भावना थिएन । वडा अध्यक्ष लामाले भावुक हुँदै भने, “जाने ठाउँ पनि अन्यत्र कतै नभएपछि पटकपटक जोखिम भयो बस्ती सारिदिनु प¥यो भन्दै जिल्ला हुँदै केन्द्रसम्म निवेदन दियौँ कसैले सुनेन, आज यो क्षति व्यहोर्नु प¥यो ।”

लिदीको प्रकोप त अहिलेको ताजा दुर्घटना हो । यस्ता बडो दर्दनाक प्राकृतिक विपत्ति सिन्धुपाल्चोकले वर्षौंअघिदेखि कैयौँ झेल्दै आएको छ । जुन अवस्थाको बयान गर्ने हो भने मानिसलाई सिन्धुपाल्चोकमाथि नै किन यस्तो बज्रपात भइरहेको छ भनेर आश्चर्यमा पर्न सक्छन् ।

मेलम्चीमा पुरिएर आठ मजदुरको मृत्यु

जिल्लाको मेलम्ची बजारमा साउन १८ गते आइतबार रातिको पहिरामा पुरिएर आठ मजदूरको मृत्यु भएको थियो भने एक जनाको जिवितै उद्धार गरिएको थियो । अविरल वर्षाको कारण सडकमाथिबाट आएको पहिरामा परी कभर्ड हल बनाउन बसेका मजदूरहरुको मृत्यु भएको थियो । मृत्यु हुनेमा बारा तथा केही भारतीय नागरिक रहेको भन्दै प्रहरीले मृतककोे सनाखतपछि शव परिवारलाई बुझाएको थियो ।

सुरुङको गेट भत्किँदा एकको मृत्यु, एक जना बेपत्ता

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाउन परीक्षण भइरहँदा गत असार ३० मा सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहानन जिकैको फ्लसिङ अडिटको ढोका खुलेर चार कर्मचारीलाई गाडीसहित बगाएको थियो ।

घटनामा परेका तीन इञ्जिनीयरमध्ये एकको मृत्यु भएको छ भने घाइते अवस्थामा उद्धार गरिएका दुई उपचारत छन् । एक जना कर्मचारी अझै फेला परेका छैनन् । पानी पठाउन परीक्षणका क्रममा सुरुङको १७ नं गेट भत्किँदा भएको उक्त दुर्घटना छानबिन गर्न मन्त्रालयले सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा प्राविधिकसहितको समितिसमेत गठन गरेको छ ।

जम्बु पहिरामा दुईको मृत्यु २० बेपत्ता

गत असार अन्तिममा अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबीसेस्थित जम्बुलगायतका ठाउँका दुई दर्जनभन्दा बढी घर बगाएको थियो । बीस जना बेपत्ता भएका थिए भने दुई जनाको शव फेला परेको थियो ।

बेपत्ता भएका हालसम्म फेला परेका छैनन् । बाढीले अरनिको राजमार्गअन्तर्गतको खुर्सानीबारी, खागदलस्थित पक्की पुल, जुरेलगायतका ठाउँको सडक पूर्णरूपमा कटान गरेको थियो । सो सडकखण्डमा अहिले पनि पहिरो जानेक्रम जारी नै रहेको स्थानीय बताउँछन् ।

तीन महिनामा तीन ठूला सडक दुर्घटना

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० गत असोज २४ गते बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । इन्द्रावती गाउँपालिकाको भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस दुर्घटना भएको हो । एकसय २० भन्दाबढी यात्रुले भरिएको बस झिल्के मोडको आरोलो बाटोमा दुर्घटनामा परेको थियो ।

यसैगरी गत वर्षको कात्तिक १७ गते सिन्धुपाल्चोकको सुकुटे नजिकै सुनकोशी नदीमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो । शैलुङ्गेश्वर यातायातको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गर्दा सुकुटे नजिक दुर्घटना भएको थियो । चालकको लापरवाहीको कारण बस दुर्घना भएको निष्कर्ष प्रहरीको अनुसन्धानबाट निस्किएको थियो ।

त्यस्तै अर्को सडक दुर्घटना लामोसाँघु जिरी सडक खण्डको छ किलोमा भएको थियो । दोलखाको कालिञ्चोकबाट भक्तपुरका लागि छुटेको बा४ख ४४६८ नम्बरको बस सो स्थानमा पल्टिँदा १५ जनाको ज्यान गएको थियो । दोलखाको कालिञ्चोक दर्शन गरेर फर्किएका तीर्थयात्री चढेको बस गत साल मङ्सिर २९ गते ६ किलो भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।

दुई ठूला हेलिकप्टर दुर्घटना

सिन्धुपाल्चोकमा दुई ठूला हेलिकप्टर दुर्घटना हुँदा १२ जनाको ज्यान गएको थियो । जिल्लाको घोर्थली र यमुनाडाँडामा भएको दुर्घटनामा पाँच जना नेपालीसहित छ जना अमेरिकी र एक जना डच नागरिकको मृत्यु भएको थियो ।

घटना विरणअनुसार विसं २०७२ को वैशाख १२ गतेपछि २९ गते आएको परकम्पबाट क्षति पुगेको दोलखा जिल्लामा मानवीय सहायताका लागि जाँदा अमेरिकी हेलिकप्टर दुर्घटनामा परेको थियो । नेपालमा खोजी तथा उद्धारमा सघाउन आएको अमेरिकी सेनाको हेलिकप्टर युएच वानवाई ह्यु हराएको चौथो दिन जेठ १ गते शुक्रबार सिन्धुपाल्चोकको विकट गाउँ घोर्थलीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

शक्तिशाली परकम्पपछि छ जना अमेरिकी र दुई जना नेपाली सेना लिएर त्रिभुवन विमानस्थलबाट दोलखाका लागि उडेको उक्त हेलिकप्टर सिन्धुपाल्चोकको सुनखानीमा पुगेपछि सम्पर्कविहीन भएको थियो ।

त्यस्तै २०७२ साल जेठ १९ गते भूकम्पपीडितका लागि काठमाडौँबाट राहत सामग्री लिएर दोलाखातर्फ उडेको माउन्टेन एयरको हेलिकप्टर सिन्धुपाल्चोकको साविक यमुनाडाँडा– ८ शिला पर्वतको जङ्गलमा दुर्घटना भएको थियो । नाइनएन एजेपी कल साइन भएको उक्त हेलिकप्टरमा क्याप्टेन सुवेक श्रेष्ठसहित चार यात्रुको ज्यान गएको थियो । हेलिकप्टरमा तीन नेपाली र एक डच नागरिक थिए ।

२०७२ सालको भूकम्प

गोरखा जिल्लाको बारपाकलाई केन्द्रविन्दु बनाएर २०७२ साल वैशाख १२ गते शनिबार मध्याह्न गएको ७।६ रेक्टर स्केलको विनाशकारी भूकम्पबाट देशमै सबैभन्दा ठूलो जनधनको क्षति सिन्धुपाल्चोक जिल्लामा भयो । दिउँसो ११ बजेर ५६ मिनेटमा आएको भूकम्पमा परी तीन हजार ५७१ जनाले ज्यान गुमाए । यस विनाशबाट असी हजार निजी घर संरचना माटोमै मिले । सरकारी तथा सामुदायिक भवन संरचना ढले, विद्यालय भवन भग्नावशेषमा परिणत भए । नेपालकै सबैभन्दा बढी मानवीय र भौतिक क्षति व्यहोरेको सिन्धुपाल्चोक अझै पनि पूर्णरुपमा तङ्ग्रिन सकेको छैन । यसैमाथि झनभन्दा झन ठूला बिपत्ति थपिएपछि यहाँबा बासिन्दा निराश छन् ।

जुरेको पहिरो

विसं २०७१ साउन १७ गते साविकको राम्चे गाविस वडा नं ५ को इटिनीको पहरो फुटेर गएको पहिराले ३१ जना स्कुले बालबालिकासहित १४५ जनाले ज्यान गुमाउनुपरेको थियो । नदी थुनिएपपछि घर, विद्युत् गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मलगायत १५३ घर पूर्णरूपमा ध्वस्त भएका थिए ।

भोटेकोशी नदी नै थुनिने गरी आएको कहालीलाग्दो पहिरोको प्राकृतिक दुर्घटनामा परी धेरैको घरबास नै गुम्यो र बेसहरा बने । अझै पनि धेरै घाइतेको उपचार र राहत नपाउँदाको गुनासो सकिएको छैन । पहिराले कतिको घरजग्गा गुम्दा गाउँबाटै विस्थापित हुनुप¥यो । जुरेको यो ठूलो प्राकृतिक विपत्तिले धेरैलाई बिर्सनै नसक्ने छाप छोडेर गयो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies