Khabar Dabali Logo
  October 20, Tue

नेकपा विवाद : सचिवालय बैठकद्वारा कार्यदललाई अनुमोदन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकले आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गत साउन ३० मा भएको छलफलबाट महासचिव विष्णुप्रसाद पौडेलका संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले बैठकले कार्यदललाई बधाई ज्ञापन र अनुमोदन गरेको जानकारी दिए। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले कार्यदलको प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र बैठकम आउने तालिका तय गरेको छ ।

यसअघि गत साउन ४ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीको महाधिवेशन चाँडै (मङ्सिरभित्र) गर्न प्रस्ताव गर्नुभएको र त्यसमा सहमति भए पनि विवाद बाहिर आएको थियो । नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएको थियो ।

भदौ १ गते, २०७७ - १३:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दमकमा थप दुई जना सङ्क्रमितको मृत्यु

झापा । कोरोना भाइरसको सङ्क्रमणवाट झापाको दमकमा आज दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका...   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक...   

नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति

काठमाडाै‌ । राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माणलगायतमा हुने...   

देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ पुग्यो, थप ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...   

देशैभर ३ हजार ९३ जना कोरोना, उपत्यकामा मात्रै १७ सय ७ जनामा पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार...   

सघन कक्षमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

काठमाडौं । काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज...   

अबदेखि लक्षित वर्गलाई मात्रै कोरोनाको निःशुल्क उपचार

काठमाडौं । सरकारले अब सबै मानिसलाई कोभिड–१९ को उपचार नगरी लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षणको...   

भयावह हुँदै गइरहेको स्थितिमा पिसिआर परीक्षण नहटाउन माग

काठमाडौं । कोभिड–१९ सङ्क्रमण नेपालमा भयावह हुँदै गइरहेको स्थितिमा पिसिआर परीक्षण निःशुल्करुपमा...   

मन्त्रिपरिषद् र अन्य मन्त्रालयको समन्वयलाई प्रभावकारी बनाइने : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी...   

महामारीको समय पनि चीनमा अधिक धनी व्यक्तिलाई १.४ ट्रिलियन डलर थप सम्पत्ति आर्जन

चीनका अधिक धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप रकम कमाएको हुरुन नामक चिनियाँ वार्षिक समृद्ध...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top