Khabar Dabali Logo
  October 21, Wed

अमेरिकाको सिन्सिनाटीमा गोली चल्यो, चार जनाको मृत्यु

सिन्सिनाटी । अमेरिकाको सिन्सिनाटीमा गएराति भड्किएको हिंसाका क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गोली लागेर कम्तीमा १८ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार आइतबार राति १२:३० बजे शहरको अभोन्डेलमा गोली लागेर २१ वर्षीय एन्टोनियो ब्लेयरको ज्यान गएको थियो । शहरका अन्य भागमा गोली लागेका अरु तीन जनाको पनि युनिभर्सिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो ।

स्थानीय संचारमाध्यहरुले आपराधिक गिरोहबाट भएका यी घटनाहरु शहरका अलग अलग ठाउँमा भए पनि निकै डरलाग्दो देखिएको बताएका छन् ।

सहायक प्रहरी प्रमुख पल नुडिगेटले उक्त घटनाहरुका बारेमा अनुसन्धान भइरहेको बताएका छन् । सिन्सिनाटीका प्रहरी प्रमुखले हिंसा नियन्त्रणका लागि पर्याप्त सहयोग गर्न स्थानीयवासीसँग आग्रह गरे। हिंसा नियन्त्रणमा हामी केही गर्न सक्दैनौं भनेर आमनागरिक चुप लागेर बस्न नहुने उनको भनाई थियो ।

प्रहरीले प्रभावित इलाकाहरुमा जनधनको सुरक्षाका लागि थप प्रहरी परिचालन गर्ने जनाएको छ । गैरकानुनी हातहतियार र शंकास्पद व्यक्तिका बारेमा निगरानी बढाउन प्रहरीले संघीय निकायहरुसँग आग्रह गरेको छ ।

सिन्सिनाटी नगरका मेयर जोन क्रान्लीले बन्दुकको भरमा हुने यस्ता हिंसाले निर्दोष आम मानिसको जीवन खतरामा पार्ने भएकाले नागरिक र प्रहरी दुबैले मिलेर हिंसाहरु नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । एपी

भदौ १ गते, २०७७ - १२:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपराष्ट्रपति पुनद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चवापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण...   

प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने

धनुषा । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले...   

काठमाडौं उपत्यकामा मात्रै ३ हजार १०७ जनामा कोरोना, मृत्यु हुनेको संख्या ७९१ पुग्यो

काठमाडौं । बुधबार काठमाडौ उपत्यकामा मात्रै ३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य...   

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, मंसिर ९ देखि हुने

काठमाडौं । कोरोना भाइरसका कारण सरेको कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय...   

देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ नाघ्यो, निको हुनेको संख्या एक लाख नजिक

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै...   

बुधबार थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, २६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै...   

अनिश्चितकालका लागि हुम्ला जिल्ला अस्पताल बन्द

हुम्ला । जिल्ला अस्पताल हुम्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल...   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक...   

ललितपुरका चार हजार बढीले राहत बुझे

ललितपुर । कोरोना महामारीले दिनानुदिन उत्पन्न गरेको भयाभह अवस्थामा दक्षिण ललितपुरका चार हजार बढीले...   
गृह मन्त्रालयकाे नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि दूरसञ्चारले दियाे कारवाहीकाे चेतावनी

गृह मन्त्रालयकाे नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि दूरसञ्चारले दियाे कारवाहीकाे चेतावनी

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top