Khabar Dabali Logo
  October 22, Thu

सवारी साधनसंँग पैसा लिले दुई जना प्रहरी निलम्बित

सिन्धुली । जिल्ला प्रहरी कार्यालयले दुई प्रहरीलाई निलम्बन गरेको छ । सवारी साधनसंँग पैसा लिएको उजूरीका आधारमा दुई प्रहरीलाई निलम्बन गरेको हो । निलम्बित हुनेमा इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार कमलबहादुर खड्का र प्रहरीचौकी ढुङ्ग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान वीरबहादुरप्रसाद यादव रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

उनीहरुले बा ६ ख ५५६३ नम्बरको सवारी साधनसंँग रकम लिएको उजूरी परेको र आर्थिक प्रलोभनमा परी आफूलाई दिइएको जिम्मेवारी इमान्दारी साथ निर्वाह नगरेको जनाउँदै निलम्बन गरिएको कार्यालयले जनाएको छ । निलम्बित प्रहरीलाई सोधपुछ गर्दा रकम लिएको स्वीकार गरेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा निजहरुमाथि थप छानबिन गर्न समिति गठन गरेको जनाइएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत ९प्रहरी निरीक्षक० रोशन थापाले आफ्नो काममा इमान्दारी प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने र गैरव्यावसायिक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई वाग्मती प्रदेश प्रहरीले विशेष अभियानका रुपमा सञ्चालन गरिरहेको जानकारी दिए।

यसअघि पनि जिल्ला प्रहरी कार्यालयअन्तर्गतका प्रहरी कार्यालयमा कार्यरत पाँच प्रहरी घुस लिएपछि निलम्बनमा परेका थिए । सेवाग्राहीसंँग आर्थिक प्रलोभनमा पर्ने एक प्रहरी निरीक्षकसहित १३ प्रहरी कर्मचारी निलम्बित तथा काममा इमान्दारी प्रदर्शन गर्ने २५ प्रहरी कर्मचारी पुरस्कृत भइसकेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भदौ १ गते, २०७७ - १०:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कराँची प्रहरी र पाकिस्तानी सेनाबीच दोहोरो गोली हानाहान, १० सुरक्षाकर्मीको मृत्यु

कराँची । पाकिस्तानको कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्तमा दश जना सुरक्षाकर्मीको मृत्यु...   
यूरोपका ८० प्रतिशत ‘प्राकृतिक बासस्थान’ अतिक्रमित : अध्ययन

यूरोपका ८० प्रतिशत ‘प्राकृतिक बासस्थान’ अतिक्रमित : अध्ययन

कोपेनहेगन । युरोपेली संघअन्तर्गतका मुलुकहरूमा रहेका रहेका ८० प्रतिशतभन्दा बढी प्राकृतिक वासस्थानहरू...   

कोरोनाभाइरसको खोप लगाएका व्यक्तिको मृत्यु

ब्रासिलिया । अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका...   
मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छः डा पाण्डे

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छः डा पाण्डे

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   

सुदूरपश्चिममा कोरोनाको उपचार निःशुल्क

धनगडी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण...   
प्रधानमन्त्री ओलीलाई भेटेर फर्किए रअ प्रमुख गोयल, के कुराकानी भयो ?

प्रधानमन्त्री ओलीलाई भेटेर फर्किए रअ प्रमुख गोयल, के कुराकानी भयो ?

काठमाडौँ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री...   

काभ्रेमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर

काभ्रे । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको तुलनामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर...   

अनलाइन सिकाइ अप्रभावकारीः विद्यालय खोल्ने अधिकार स्थानीयलाई दिन आग्रह

काठमाडौं । कोभिड –१९ को जोखिम तत्काल अन्त्य नहुने भएकाले स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्ने...   

कक्षा १२ को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा...   

बिपी प्रतिष्ठानमा थप जना कोरोना सङ्क्रमितको मृत्यु

धरान । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इनरुवाका एक कोरोना सङ्क्रमितको मृत्यु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top