Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

लिदी पहिरोपीडित भन्छन्, 'शव छोप्ने कपडा र ओत लाग्न त्रिपाल समेत छैन'

सिन्धुपाल्चोक । भीषण पहिरोले गाउँ नै पुरिएपछि सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत मन्त्री तथा सांसदहरूको ताँती नै हेलिकोप्टरमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी पुग्यो । तर, कसैले पनि सोधेनन्, ‘समस्या के छ ?’

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - आइतबार जब छिमेकी गाउँ गोल्चेका तामाङ घेदुङ जिल्ला कमिटीका अध्यक्ष रेशम स्याङ्बो गाउँ पुगेर स्थानीय भाषामा कुराकानी गर्न थाले त्यसपछि लिदीवासीले पीडा सुनाए, ‘हामीसँग त लास छोप्ने कपडा र ओत लाग्ने त्रिपाल समेत छैन ।’

अमेरिकामा बस्ने उनकी छोरी कुसुमले दिएको एक लाख, तामाङ घेदुङले दिएको एक लाख २६ हजार, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले दिएको ३० पिस स्लिपिङ ब्याग र आफैले किनेको ३८ पिस कोरियन ब्ल्यांकेट बोकेर स्याङ्बो लिदी पुगेका थिए । ‘मैले तामाङ भाषामा कुराकानी गर्ने बित्तिकै लिदीवासीले लास छोप्ने कपडा र त्रिपाल नभएको पीडा सुनाइहाले,’ स्याङ्बोले भने ।

लिदीको मध्यभागमा रहेका ३७ घर पहिरोले पुरिएका छन् । यो तामाङ बस्ती हो । उनीहरू तामाङ भाषा नै बोल्छन्, राम्ररी नेपाली बोल्न आउँदैन । तामाङ समुदायको रीतिरिवाजअनुसार शव छोप्न सेतो कपडा चाहिन्छ । लामामन्त्रले सिद्धि गरेको सेतो कपडाले शव छोप्ने पराम्परा छ । ‘लामामन्त्रले सिद्धि गरेको कपडाले शव नछोपे गाउँघरमा नराम्रो हुने विश्वास छ,’ स्थानीय विष्णु दोङले भने ।

शुक्रबार बिहान पहिरो गयो । पहिरोसँगै पुरिएका ३९ जनामध्ये १९ जनाको शव भेटिएको छ । ती शव छोप्न मुस्किल परेको विष्णु बताउँछन् । ‘गाउँमा चार–पाँचवटा मात्रै कपडा थियो । एउटा कपडाले एउटा लास छोप्ने गरिन्छ । तर, तिनै कपडा च्यातेर १९ लास ढाक्यौँ,’ विष्णुले पीडा सुनाए, ‘अब जिउँदो भेटिएलान् भन्ने त आस छैन, लास भेटियो भने पनि कसरी छोप्ने भन्ने समस्या छ । गाउँमा लास छोप्ने कपडा छैन ।’

स्थानीय बासिन्दाका अनुसार यो कपडा जताततै पाइँदैन । लिदीमा कसैको ज्यान जाँदा चार घन्टा हिँडेर तल कात्तिकेबाट कपडा ल्याउने गरेको वडाध्यक्ष प्रताप लामाले बताए । ‘अहिले त गाउँबाट अन्यत्र जान खोला तर्नुपर्छ ।

पहिरोले झन् समस्या छ । पसलमा जान सक्ने अवस्था छैन,’ वडाध्यक्ष लामाले भने । गाउँमा ल्याएको कपडा सकिएकाले कात्तिके बजार पठाएको बताउँदै उनले भने, ‘कात्तिके बजारमा कपडा मिल्यो भने भोलिसम्म आइपुग्ला कि !’

त्यस्तै, पहिरोपीडितलाई बस्न पनि समस्या भएको छ । गाउँ नजिकैको मानेडाँडामा बसिरहेका छन् । नेपाल रेडक्रस र सरकारी निकायले हेलिकोप्टरमा पठाएको त्रिपाल नपुगेको स्थानीयले बताए । ‘पहिरो गएको तीन दिन भयो, सरकारले पुग्ने गरी त्रिपाल समेत पठाएको छैन,’ विष्णुले गुनासो गरे, ‘त्रिपाल नपुगेर पुराना चित्रा र प्लास्टिकले बारेर डाँडामा बसिरहेका छौँ ।’

यो गाउँको जनसंख्या सात सय ५० छ । अहिले भने पाँच सयजनाजति गाउँमा छन् । पहिरोले घर पुरिएका र अन्य पनि खुला डाँडोमै बसिरहेका छन् । त्यसैले सबै लिदीवासीका लागि अझै पाँच सय त्रिपाल आवश्यक रहेको वडाध्यक्ष लामाले बताए ।

जोखिम मोलेरै केही स्थानीयले वस्तुभाउ र खाद्यान्न भत्किएका घरबाटै बाहिर निकालेका छन् । यो गाउँमा खाद्यान्न पनि आलु, कोदो, मकै र अलिकति गहुँ हो । धेरैजसो पहिरोमै क्षति भएकाले समस्या परेको स्थानीय बताउँछन् । आफूसँगै वस्तुभाउ तथा आलु र कोदो जोगाउनका लागि पनि छाप्रो बनाउनु पर्नेछ । त्यसका लागि पनि त्रिपाल आवश्यक भएको स्थानीय बताउँछन् ।

लिदीमा खाद्यान्न अभाव हुन थालेको छ । स्थानीयसँगै बेपत्ताको खोजीमा ८० जना सुरक्षाकर्मी छन् । रेडक्रस र सरकारी निकायले लगेको खाद्यान्न पनि सकिन लागेको वडाध्यक्ष लामाले बताए । ‘सुरक्षाकर्मी, उद्धारका लागि पुगेका छिमेकी र पाँच सय स्थानीयलाई आवश्यक खाद्यान्न पनि छैन,’ उनले भने । गाउँमा भएको कोदो, मकै पनि पिस्न नसकिएको उनले बताए ।

यससँगै बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । खानेपानी अभाव र खुला आकाशमै बस्नुपर्दा बिसन्चो भएको स्थानीय विष्णु दोङले बताए । ‘औषधिसहित उपचारको व्यवस्था नहुने हो भने त ज्वरो आएरै मान्छे मर्न बेर छैन,’ उनले भने ।

तामाङ घेदुङले किरिया गर्ने

पहिरोमा पुरिएर मृत्यु भएका स्थानीयको किरिया नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकले गर्ने भएको छ । जिल्ला अध्यक्ष रेशम स्याङ्बोले मृतक सबैको काजकिरिया एकै ठाउँमा गरिने बताए ।

बौद्ध परम्पराअनुसार मृतकको किरिया काठमाडौंको गुम्बामा गर्नेे तयारी भएको उनले बताए । किरियाका लागि दशौँ अवतारी लामा घोसार टुल्कु रेन्पोछेलाई निमन्त्रणा गरिएको छ । किरियामा लाग्ने सबै खर्च घेदुङले व्यहोर्ने उनले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies