Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

४१ जिल्लामा ‘लकडाउन’ : नौ जिल्ला रेडजोनमा, पाँच जिल्लामा शून्य संक्रमित

काठमाडौं । लकडाउन खुलेसँगै कोरोना संक्रमण बढ्न थालेपछि अधिकांश जिल्ला फेरि लकडाउनतर्फ नै फर्किएका छन् । कतै निषेधाज्ञामार्फत सिडिओले त कतै स्थानीय तहले निर्णय गरेर अत्यावश्यक बाहेकका व्यवसायमा रोक लगाएका छन् । त्यसको स्वरूप भने लकडाउनकै जस्तो छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - आइतबारसम्म ४१ जिल्लामा आंशिक तथा पूर्ण लकडाउन गरिएको छ । गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेका अनुसार २८ जिल्लामा स्थानीय प्रशासनले संक्रामक रोग नियन्त्रण ऐनअनुसार निषेधाज्ञा जारी गरेका छन् । अन्य जिल्लामा स्थानीय तहले लकडाउन लागू गरेका छन् ।

पर्सा, सप्तरी, बाँके, बारा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, रामेछापमा जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा लागू गरिएको छ । ग्रामीण क्षेत्रमा केही खुकुलो भए पनि ती जिल्लाका सहरी क्षेत्र भने बन्द रहेको मन्त्रालयले जनाएको छ । नुवाकोटमा ६ स्थानीय तहमा निषेधाज्ञा छ भने जिल्लाभरि नै अत्यावश्यक बाहेकका सेवामा रोक लगाइएको छ ।

त्यस्तै, चितवन, पाल्पा, सुर्खेत, धनकुटा, उदयपुर, तनहुँ, रुकमु पश्चिम, धादिङ, मकवानपुर, कञ्चनपुर, झापा, दार्चुला, मोरङ, बझाङ, जुम्ला, सिराहा, महोत्तरी, धनुषा, काभ्रेपलाञ्चोकमा आंशिक लकडाउन छ ।

‘रेडजोन’ मा भए पनि उपत्यकामा भने निषेधाज्ञा जारी गरिएको छैन । तर, विभिन्न सेवा बन्द गरिएका छन् । मध्यपुर ठिमी नगरपालिकाले लकडाउन नै लागू गरेको छ । कागेश्वरी मनहराले पनि अत्यावश्यक बाहेकको व्यवसाय बन्द गराएको छ । उपत्यकामा सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । त्यस्तै रेस्टुरेन्ट, सैलुन र जिमखाना पूर्ण रूपमा बन्द गरिएका छन् । अटेर गर्नेहरूलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

सरकारले लकडाउन हटाएपछि संक्रमण धेरै देखिएका जिल्लामा निषेधाज्ञामार्फत लकडाउन लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । कतिपय स्थानीय तहले जिल्ला प्रशासनसँग समन्वय गरी आफ्नो क्षेत्रमा लकडाउन लागू गरेका छन् ।

नौ जिल्ला रेडजोनमा, पाँच जिल्लामा शून्य संक्रमित

सरकारले दुई सयभन्दा धेरै संक्रमित भएको जिल्लालाई ‘रेडजोन’ मा राखेको छ । हाल काठमाडौं, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बाँके ‘रेडजोन’ मा छन् । यीमध्ये सबैभन्दा धेरै काठमाडौंमा एक हजार चार सय २९ र पर्सामा एक हजार ८४ सक्रिय संक्रमित छन् ।

हाल ७२ जिल्लामा संक्रमण देखिएको छ । संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा भने संक्रमितको संख्या शून्य छ ।

वृद्धवृद्धा धेरै संक्रमित भएका जिल्ला

काठमाडौं
संक्रमित – १,५६७ (१९६७)
वृद्धवृद्धा – २२२ (१४ प्रतिशत)

ललितपुर
संक्रमित – २६८
वृद्धवृद्धा – ४८ (१७ प्रतिशत)

भक्तपुर
संक्रमित – १३२
वृद्धवृद्धा – १० (सात प्रतिशत)

पर्सा
संक्रमित – १,३८४
वृद्धवृद्धा – २४० (१७ प्रतिशत)

महोत्तरी
संक्रमित – ९९९
वृद्धवृद्धा – १४३ (१४ प्रतिशत)

उपत्यकामा देखिएका कोरोना संक्रमितमध्ये १४ प्रतिशत वृद्धवृद्धा

नेपालमा कोरोना पुष्टि भएको दिन ९ माघदेखि नै सरकारले ५० वर्षभन्दा माथिका वृद्धवृद्धासम्म संक्रमण पुग्न रोक्नुपर्ने बताउँदै आएको छ । तर, काठमाडौं उपत्यकामै कोरोना देखिएकामध्ये १४ प्रतिशत वृद्धवृद्धा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म काठमाडौं उपत्यकमा एक हजार नौ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये दुई सय ८० अर्थात् १४ प्रतिशत वृद्धवृद्धा रहेका छन् । देशका अन्य जिल्लाको तुलनामा यो धेरै हो । पछिल्लो एक महिनामा ठूलो संख्यामा उपत्यकामा वृद्धवृद्धा संक्रमित हुनुले घरघरमा कोरोना पुगेको चिकित्सकहरूको अनुमान छ ।

स्वास्थ्य मन्त्रालयमातहतको महामारी नियन्त्रण गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे उपत्यकाका वृद्धवृद्धामा संक्रमण बढी देखिनु अध्ययनको विषय भएको बताउँछन् । ‘विभिन्न स्वास्थ्य समस्याका कारण उनीहरू अस्पताल पुगेका छन्,’ डा. पाण्डे भन्छन्, ‘वृद्धवृद्धालाई त्यहीँबाट संक्रमण भएको हुनुपर्छ ।’

तर, कोरोनाका कारण अस्पतालहरूले बिरामी लिने गरेका छैनन् । वृद्धवृद्धा त झन् अस्पताल जाने गरेका छैनन् । देशभर पनि २६ हजार ६ सय ६० संक्रमितमध्ये दुई हजार एक सय ६९ जना अर्थात् आठ प्रतिशत वृद्धवृद्धा छन् । देशभर एक सय चारजनाको र उपत्यकामा नौ जनाको मृत्यु भएको छ । उपत्यकामा मृत्यु भएका अधिकांश ५० वर्षभन्दा माथिका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार तराई–मधेसका पर्सा, महोत्तरीमा पनि वृद्धवृद्धामा संक्रमण केही बढी देखिएको छ । ती जिल्लामा लामो समयदेखि संक्रमण देखिएकाले चिकित्सकहरूले त्यसलाई ठूलो विषय मानेका छैनन् । तर, उपत्यकामा एक महिनायता बढेको संक्रमण सात प्रतिशत वृद्धवृद्धामा फैलिनुलाई स्वास्थ्य संकटका रूपमा चिकित्सकले हेरेका छन् ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवारोगविज्ञ डा. शेरबहादुर पुनका अनुसार वृद्धवृद्धामा कोरोना संक्रमण बढ्नुले ढोकाढोकामा संक्रमण पुगिसकेको संकेत गर्छ । उपत्यकामा लकडाउन अन्त्य भएपछि बढी संक्रमण फैलिएको उनी बताउँछन् ।

‘वृद्धवृद्धाको चहलपहल घर भन्दा बाहिर हुँदैन । यस्तो वेला उनीहरूमा कोरोना बढी देखिनु भनेको गम्भीर विषय हो । काठमाडौंको जनसंख्या बढी भएकाले पनि कुनै न कुनै कारणले केस फैलिएको छ,’ डा. पुनले भने, ‘वृद्धवृद्धामा बढी देखिनु भनेको क्रमशः समुदायमा संक्रमण फैलिरहेको छ भन्ने बुझिन्छ ।’

उपत्यकामा २० प्रतिशत लक्षण भएका संक्रमित

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा पुष्टि भएका कोरोना संक्रमितमा धमाधम लक्षण लेखिन थालेको छ । इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा पुष्टि भएका एक हजार नौ सय ६७ संक्रमितमध्ये २० प्रतिशतलाई कडा खालको लक्षण देखिएको छ । लक्षण भएपछि बेड अभावले गर्दा झन्डै नौ सयभन्दा बढी संक्रमित घरमा बसेका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा मात्रै एक सय ७२ जना संक्रमित थपिएका छन् । त्यस्तै, देशभर ६ सय ४१ जनामा संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ भने १७ हजार तीन सय ३५ जना निको भएका छन् ।

त्यस्तै, कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या एक सय चार पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मृत्यु हुनेहरू पर्साका एक पुरुष र मोरङकी एक महिला छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies