Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

सहायक रथी राणासहित तीन जना बर्खास्त

काठमाडौं। वीरेन्द्र सैनिक तालिम केन्द्र पाँचखालमा कार्यरत रहँदा भ्रष्टाचार गरेको ठहर भएपछि नेपाली सेनाका सहायक रथी प्रयोगजंग राणासहित तीन जनालाई सैनिक सेवाबाट बर्खास्त गरिएको छ ।

आजको राजधानी दैनिकमा खबर छ - सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा सैनिक अदालतले पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर समेत गरेको ठहरपछि आइतबार सहायक रथी राणासहित महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने गरी फैसला गरेको हो ।

सैनिक स्रोतका अनुसार राणाले १ करोड ५२ लाख २७ हजार ३ सय २१ रुपैयाँ २९ पैसा हिनामिना गरेको ठहर भएको छ । गत जेठदेखि राणा सेनाको राष्ट्रिय सेवा दलमा थुनामा थिए । स्रोतका अनुसार राणालाई बिगोबमोजिमको रकम असुल गराएर भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर हुने गरी करबाही गरिएको छ । उनलाई सुरुमा ८ करोड रुपैयाँ घोटालाको आरोप लागेको थियो ।

यसैगरी, महासेनानी सिलवाललाई १५ लाख ७८ हजार ४ सय ८० रुपैयाँ बिगोबमोजिमको रकम असुल गराएर भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर नहुने गरी करबाही गरिएको छ ।

सैनिक अदालतको फैसला सैनिक ऐन, २०६३ बमोजिम भएको सेनाले जनाएको छ । साथै सो प्रकरणमा मुछिएका सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा गर्ने निर्णय सैनिक अदालतले गरेको छ ।

यसैगरी, प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महा सेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई सफाइ दिने गरी फैसला भएको छ ।

सेनाका एक उच्च अधिकारीले सेनाभित्र अब रिभर्स करप्सनले गति लिन थालेको र भ्रष्टाचार गरिसकेपछि म पहिला त्यहाँ कार्यरत थिएँ तर अब बचें भनेर मुक्त हुन सक्ने अवस्था नरहेको बताए ।

सेनाभित्र भ्रष्टाचार, अनियमितता तथा बेथिति बढेको गुनासो आउन थालेपछि पछिल्लो समय त्यस्ता गतिविधिविरुद्ध प्रधान सेनापति पूर्णचन्द्र थापाले कडा कदम चाल्दै आएका छन् । थापाले भ्रष्टाचारमा संलग्नहरू उपर कडा नीति अख्तियार गर्दै अघि बढेपछि सेनाभित्र भ्रष्टाचार तथा अनियमितता अभियोग लागेकाहरू धमाधम तानिन थालेका हुन् ।

यसअघि समरी जनरल सैनिक अदालतले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन र आचारणसम्बन्धी कसुर गरेको अभियोगमा तीनजना अधिकृतसहित पाँच जनालाई दोषी ठहर गर्दै कारबाहीको फैसला गरेको थियो ।

त्यस बखत महासेनानी भुपालमान अधिकारीले महाविद्यालयमा सम्पर्क अधिकृत रहँदा आर्थिक अनियमितता गरेकाले भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी दुई महिना कैद गर्न र सेवाबाट हटाउन आदेश भएको थियो । फैसलापछि दोषी देखिएका महासेनानीलाई पदबाट बर्खास्त गर्दै दुई महिना जेल सजायको आदेश भएको थियो ।

यसअघि समेत अवकाशप्राप्त प्राविधिक उपरथी सुधीर श्रेष्ठलाई सैनिक अदालतले हवाई महानिर्देशनालयमा महानिर्देशक रहँदा अनियमितता गरेको ठहर गर्दै दोषी ठहर गर्दै ५८ लाख ९५ हजार रुपैयाँ असुल गर्ने फैसला गरेको थियो । त्यसअघि नै श्रेष्ठले गत मंसिरमा सैनिक सेवाबाट राजीनामा दिएका थिए ।

त्यस बखत श्री सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा सैनिक ऐन २०६३ बमोजिम अवकाश प्राप्त पाइलट उपरथीलाई नसिहत तथा रकम असुल उपर, आठ जना सैनिक अधिकृतहरूलाई सचेत र एक जना अधिकृत तथा नौ जना अन्य दर्जालाई सफाइ दिने गरी फैसला भएको थियो ।

सेनाले अनियमिततामा संलग्नलाई कोर्ट अफ इन्क्वाइरी गठन गरेरै अनुसन्धान गर्दै आइरहेको छ । कोर्टको अनुसन्धानपछि आरोप प्रमाणित भए कारबाहीको दायरामा ल्याउन सिफारिस हुनेछ ।

सेनाले भ्रष्टाचारलाई उल्टाउने कडा नीति अख्तियार गर्दै भविष्यमा समेत सैनिक अनुशासन र आचरणविरुद्धको क्रियाकलापमा शून्य सहनशीलताको नीति लिइने जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies