Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

सुदूरपश्चिममा कोरोना परीक्षणको दायरा बढाइयो

धनगढी । शुरुआतमा कोरोना सङ्क्रमण मुलुकभित्र फैलिँदा पिसीआर विधिबाट परीक्षणका लागि काठमाडौँलगायत अन्य क्षेत्रका प्रयोगशालाको भर पर्नुपर्ने सुदूरपश्चिम प्रदेशको बाध्यता हट्दै गएको छ ।

केही समयअघि सम्म धनगढीस्थित पशुपक्षी अन्वेषण केन्द्रमा दैनिक दुई जनाको कोरोना परीक्षण हुँदै आइरहेको भए पनि पछिल्लो सातायता परीक्षणको दायरा बढ्दै गइरहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँ दैनिक दुई हजार ५०० को हाराहारीमा कोरोना परीक्षण भइरहेको बताए ।

“अहिले स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा पर्खनुपर्ने अवस्था टर्दै गएको छ ”, उनले भने, “धनगढीमा दुई र डडेल्धुरा एक गरी तीन ठाउँबाट कोरोना परीक्षण दिनहुँ भइरहेको छ ।” स्वास्थ्य निर्देशनालयका अनुसार आगामी भदौ २ गतेदेखि डोटीमा पनि प्रयोगशाला सञ्चालनमा आउँदैछ ।

भदौ १० गते बैतडीमा स्थापना भइरहेको प्रयोगशाला पनि सञ्चालनमा ल्याउने तयारी छ । “भदौको दोस्रो साताबाट सुदूरपश्चिममा दैनिक पाँच हजार जनाको कोरोना परीक्षण गर्न सकिने अवस्था हुन्छ”, निर्देशक डा अवस्थीले भने, “अब छिट्टै पाँच ठाउँमा प्रयोगशाला सञ्चालनमा आउँछन् ।”

सुदूरपश्चिममा भारतलगायत अन्यत्रबाट आएकालाई क्वारेन्टिनमा राखेर पाँच वा सात दिनमा पिसीआरका लागि स्वाब सङ्कलन भइरहेको डा अवस्थीले बताए । उनले भारतबाट आउनेको ट्राभल हिष्ट्री निकाल्ने काम र स्थापना भइरहेका प्रयोगशालामा जनशक्ति तथा अन्य व्यवस्थापन जेनतेन गरिरहेको बताए। एक साताअघि सुदूरपश्चिममा ५७३ जनाको कोरोना परीक्षण गरिएकामा एक जना सङ्क्रमित देखिएको निर्देशनालयले जनाएको छ ।

“एक सातायताको सङ्क्रमण दर हेर्ने हो भने सङ्ख्या न्यून हुँदै गएको छ”, उनले भने, “सचेत भएर नियम पालना गरे सङ्क्रमण नियन्त्रण पनि गर्न सकिन्छ ।” शनिबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी चार हजार ८२९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सोमध्ये हालसम्म चार हजार २०२ जना निको भएर घर फर्किसकेका प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies