Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

आज कुन-कुन जिल्लामा थपिए कोरोना संक्रमित ? (विवरणसहित)

काठमाडौं । आइतबार नेपालमा ६ सय ४१ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । आज संक्रमित हुनेमा २१८ महिला र ४२३ पुरुष हुन् ।

योसँगै संक्रमितको कूल संख्या २६ हजार ६ सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै आज अहिलेसम्मकै बढी १ सय ७२ जनाको पीसीआर पोजिटिभ देखिएको छ । उपत्यकामा आज काठमाडौंका १२६, ललितपुरका ३८ र भक्तपुरका ८ जना रहेका छन् ।

त्यस्तै, आज इलाममा १, मोरङमा ९६, सुनसरीमा २, ताप्लेजुङमा १, सप्तरीमा ११, सिरहामा ३, धनुषामा ३७ जन संक्रमित थपिएका छन् ।

यस्तै, महोत्तरीमा ८, सर्लाहीमा २, बारामा ६९, पर्सामा ६४ र रौतहटमा १४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै, सिन्धुली, नुवाकोट, लमजुङ, मकवानपुर, नवलपरासी पूर्व, बागलुङ, पर्वतका १र१, चितवनका २७, कास्कीका ११, तनहुँका ६ जनामा पनि संक्रमण देखिएको छ ।

यस्तै कपिलवस्तुमा ३, पश्चिम नवलपरासीमा ८ र रूपन्देहीमा ५८, दाङमा ४, रोल्पामा २, बाँकेमा १०, बर्दियामा थप २ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।

त्ययस्तै, पश्चिम रुकुम, जुम्लाका १र१, कैलालीका ३ र कञ्चनपुरका ५ जनाको पीसीआर पनि पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ३४ डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको छ । अहिले देशभर १५ हजार २ सय ४३ जना क्वारेन्टाइनमा रहेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies