Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

थाईल्याण्डमा प्रजातन्त्रको पक्षमा प्रदर्शन

बैङ्कक । प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेका तीन अधिकारकर्मीको गिरफ्तारीपछि उनीहरूको रिहाइ र सरकारको विरोधमा राजधानी बैङ्ककमा विरोध प्रदर्शन भएको छ । प्रजातान्त्रिक हकका लागि आवाज उठाएकै भरमा सरकारले अभियानका अगुवालाई पक्राउ गरेपछि बैङ्कक आइतबारको आन्दोलन तय भएको हो ।

थाइल्याण्डमा विद्यार्थी समूहको नेतृत्वमा सन् २०१४ मा सैन्य विद्रोह नेतृत्व गर्ने पूर्व सैन्य प्रमुख तथा प्रधानमन्त्री प्रयुत चान–ओ–चा र उनको समर्थन रहेको संस्थापन पक्षको गएको केही महिनादेखि भत्र्सना गर्दै करीव दैनिक प्रदर्शनहरू भइरहेका छन् ।

शुक्रबार राति लोकप्रिय विद्यार्थी नेता पारित चिवराकलाई रिहा गरेपछि उहाँले बैङ्ककको लोकतन्त्र स्मारकमा जाने आइतवारको जुलुसमा सहभागी हुने वाचा गरेका थिए ।

“हामी तपाईंलाई निराश तुल्याउने छैनौँ,” प्रहरीले विद्यार्थी नेतालाई रिहा गरेपछि स्वागतका प्रहरी कार्यालय बाहिर जम्मा भएका समर्थकहरुको भीडलाई उनले भने ।

हजारौंले भाग लिएको भनिएको विरोध प्रदर्शनको तालिका सुरु हुनु अघि नै सयौं सुरक्षाकर्मीहरू कार्यक्रम स्थलमा पुगेका देखिएका बैङ्ककबाट प्राप्त सूचनाहरूमा जनाइएको छ ।

आंशिक रूपमा हङकङको प्रजातान्त्रिक आन्दोलनबाट प्रेरित आन्दोलनकारीहरूले नेतृत्वविहीन अवस्थामा युवाहरू स्वतः स्फुर्त सडकमा आएको दावी गर्छन् । उनीहरूले देशभर समर्थन प्राप्त गर्न प्रायः सामाजिक सञ्जालमार्फत् अभियान चलाएका छन् ।

आइतवार बिहान सुरू भएको ‘निरङ्कुशताको अन्त्य गर्नका लागि आन्दोलनमा सहभागिताका लागि आफ्नो साथीलाई सन्देश पुर्याउने भन्ने भावको सन्देशले थाईल्याण्डभित्र सामाजिक सञ्जालमा पहिलो प्राथमिकता पाएको थियो ।

आन्दोलनकारीहरूले सरकारको अवरोध र सन् २०१७ मा सैन्य प्रशासनद्वारा लिपिबद्ध संविधानको पुनर्लेखनको माग गरिरहेका छन् । प्रदर्शनकारीहरूले गत बर्षको चुनावमा प्रयुतको सैन्य गठबन्धन पार्टीको पक्षमा जनमत आउनुमा षड्यन्त्र भएको दावी गरेका छन् ।

गत हप्ता करिब चार हजारको सङ्ख्यामा भेला भएको प्रजातन्त्र पक्षधर समूहले एउटा जुलुसको आयोजना गरी थाइल्याण्डको ‘अनुपलब्ध राजतन्त्रको रक्षा गर्ने कानून खारेज गर्न र थाईल्याण्डमा शाही संस्थाको भूमिका’ बारेमा स्पष्ट छलफलको लागि आह्वान गरिएको थियो ।

थाई नरेश महा वजिरलङ्कोर्नलाई सेना र पूँजीपति व्यवसायी तथा राज्यका सम्भ्रान्तहरूले थाई सत्ताको शीर्षमा राखेको दावी प्रदर्शनकारीहरूले गरेका छन् ।

थाईल्याण्डको अपराध संहिताको धारा ११२ ले प्रत्येक अभियोगको लागि १५ वर्ष जेल सजाय पाएकाहरुलाई पनि सत्ताको आडमा संरक्षण गरेको आरोप प्रदर्शनकारीले लगाएका छन् ।

बढ्दो असन्तुष्टि

लोकतन्त्र समर्थकको आन्दोलनप्रतिको बढ्दो साहसले राजतन्त्र पक्षधरलाई क्रोधित बनाएको छ ।

आइतवार, राजाको चित्र बोकेका दर्जनौँ राजतन्त्रवादी प्रदर्शनकारीहरू पनि प्रजातन्त्रको स्मारकमा भेला भई आन्दोलनको विरोध गरेका थिए । उनीहरू पहेँलो पोशाकमा भेला भई ‘हाम्रा राजा अमर रहून्’ भन्ने नारा लगाएका थिए ।

सरकार विरोधी प्रदर्शन तथा भेला हुने भनिएको उक्त स्थानमा लगत्तै प्रजातान्त्रिक समूहका प्रदर्शनकारीको ठूलो समूहले प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।

विद्यार्थी नेता पारीतको पक्राउभन्दा अघिल्लो दिन, प्रयुतले प्रदर्शनकारीहरुको माग मुलुकको बहुमतका लागि ‘अस्वीकार्य’ भएको भन्दै प्रजातन्त्र समर्थक आन्दोलनलाई ‘जोखिमपूर्ण’ बताएका थिए । तर पछि उनले टेलिभिजनमा गरेको सम्वादमा थप सुझबुझसहित ‘भविष्य युवाको भएको’ भन्दै एकताका लागि थाई युवाहरूसँग अनुरोध गरेका थिए ।

थाइल्याण्डले लामो समयदेखि हिंस्रक प्रदर्शन र विद्रोहको चक्रहरूको सामना गरेको छ, जहाँ राजावादी थाई सेनाले दर्जनभन्दा बढी पटक अनपेक्षितरूपमा सत्तालाई कब्जामा लिई प्रजातान्त्रिक समूहलाई पाखा लगाउने र निरंकुशतालाई प्रोत्साहन गर्ने गरेको छ ।

थाईल्याण्डमा बढ्दो असन्तुष्टिको कारक राज्य सन् १९९७ पछि कोरोनाभाइरस महामारीको कारण सबैभन्दा खराब आर्थिक सङ्कटमा फसेको छ ।

महामारीका कारण लाखौं बेरोजगार बनेका छन् र सङ्कटले थाई अर्थव्यवस्थामा असमानताहरूलाई उजागर गरेको छ । यसको फाइदा सम्भ्रान्त, सैनिक समर्थक प्रतिष्ठानलाई भइरहेको बताउने गरिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies