Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

काठमाडौ उपत्यका भित्रिने र बाहिरने सवारी साधन ह्वात्तै घट्यो

काठमाडौं । काडमाडौं उपत्यका भित्रने र बाहिरने सवारी साधनमा ७० प्रतिशतले कमी आएको ।

लकडाउन खुकुलो बनेसँगै काठमाडौं उपत्यकामा सवारी साधन भित्रने र उपत्यकाबाट बाहिरिनेको सङ्ख्या दैनिक ७ हजारसम्म पुगेकोमा सरकारले जोरबिजोरको निर्णय गरेपछि दैनिक २ हजार ५ सयमा घटेको थियो ।

लकडाउन घटेसँगै काठमाडौं छाड्ने र भित्रनको सङ्ख्या ह्वात्तै बढेको थियो । लामो लकडाउनपछि उपत्यकामा निजी सवारी साधनहरूको चाप बढेको थियो ।

उपत्यका भित्रिने ४ वटा नाकाबाट सो समयमा दैनिक ६ हजार सवारी साधन भित्रने गरेको सोही हाराहारीमा सवारी साधनहरू बाहिरने गरेकोमा गृहमन्त्रालयले जोरबिजोर लागू गर्ने निर्णय गरेसँगै काठमाडौंबाट भित्रने र बाहिरिको सङ्ख्यामा ७० प्रतिशतसम्म कमी ट्राफिक प्रहरीले जनाएको छ ।

लकडाउन खुलेसँगै असारमा उपत्यका छाड्नेको सङ्ख्या बढेको महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले गोरखापत्र अनलाइनलाई बताए । काठमाडौं उपत्यकामा दैनिक २ हजार ५ सय सवारी साधनहरू भित्रने र सोही सङ्ख्यामा सवारी साधनहरू भित्रने गरेको ढकालले बताए ।
जिल्ला प्रशासन कार्यालयबाट जारी हुने सवारी पासहरू रोकिएसँगै सवारी साधनहरूको सङ्ख्यामा कमी आएको हुन सक्ने ट्राफिक प्रहरीको अनुमान रहेको छ ।

काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका साँगामा ७० प्रतिशतले सवारी साधन घटेको काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।

गृहमन्त्रालयले जोर दिनमा जोर तथा बिजोर दिनमा बिजोर सवारी साधन सञ्चालन गर्ने निर्णय गरेसँगै सवारीको चाप घट्दै जाने क्रममा आइतबार अघिपछि सञ्चालन हुनेभन्दा ७० प्रतिशत सवारीको चाप घटेको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जानकारी दिए ।

उनले भक्तपुर जिल्लासँग समन्वय गरेर काठमाडौं छिर्ने र काठमाडौँबाट काभ्रेपलाञ्चोक आउने पास बिनाको सवारीलाई पूर्ण रूपमा रोक लगाएसँगै राजमार्गमै गुड्ने सवारी साधनहरूमा ७० प्रतिशतले कमी आएको बताए । गोरखापत्र अनलाइनबाट

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies