Khabar Dabali Logo
  October 20, Tue

वर्षे धानबालीको रोपाइँ सम्पन्न

मकवानपुर । वाग्मती प्रदेशका १३ जिल्लामा अहिले स्थानीय किसानले आ–आफनो खेतमा वर्षे धान बालीको लागि रोपाइँ सम्पन्न गरेको प्रदेश कृषि विकास निर्देशनालय हेटौँडाले जनाएको छ । प्रदेशको १३ जिल्लामा वर्षे धानबाली लगाउन कूल एक लाख, १८ हजार ७४ हेक्टर जग्गामा उन्नत जातको धानबाली लगाउने लक्ष्य अनुसार किसानले आफ्नो खेतमा धान रोपाइँ गरेको प्रदेश कृषि विकास निर्देशनालयका कृषिविज्ञ रामहरि तिमल्सिनाले बताएका छन् ।

उनका अनुसार प्रदेशको विभिन्न जिल्लाको मौसमअनुरुप उन्नत जातको धानको बीउ मकवानपुर–१, राधा–४ सावित्री, मन्सुली, कलमसार तथा हाइब्रिड ३१२ र ३१४ लगायतका धानको बीउलाई किसानले रोपाइँ गर्ने गरेका छन् ।

यसैगरी मकवानपुर जिल्लाको आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका विभिन्न वडामा उन्नत जातको धानको बीउको रोपाइँ गर्ने कार्य पनि सम्पन्न भएको कृषि विकास ज्ञान केन्द्र हेटौँडाले जनाएको छ । मकवानपुरमा १० हजार ४०० हेक्टर जग्गामा किसानले बर्षे धानखेती लगाएको कृषि विकास ज्ञान केन्द्रका प्राविधिक रवीन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

साउन ३२ गते, २०७७ - १२:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   

भारतमा कोरोना सङ्क्रमितको संख्या ७५ लाख नाघ्यो

नयाँ दिल्ली । भारतमा सोमबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७५ लाख नाघेको छ । सोमबार बिहानसम्म...   

मध्यपहाडी राजमार्गका अधिकांश स्थानमा हुन सकेन निर्माण

काठमाडौँ । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको अधिकांश स्थानमा निर्माणको कम हुन सकेको छैन । कोभिड–१९...   

अवैध जडीबुटीसहित पक्राउ परेका ३ जनामाथि कारवाही प्रक्रिया शुरु

बाग्मती । प्रतिबन्धित जडीबुटीको ट्रकसहित पक्राउ परेका तीन जनामाथि डिभिजन वन कार्र्यालय राप्ती मनहरी...   

१०४ जनालाई अपाङ्गता परिचयपत्र वितरण

भोजपुर । पौवादुङ्मा गाउँपालिकामा घुम्ती शिविरमार्फत १०४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको...   

सिमकोटका दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका ५ ले दलित तथा अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग...   

मदिराको मातमा पार्किङ्ग गरेर राखिएको गाउँपालिकाको गाडी तोडफोड

सिमकोट । मदिरा सेवन गरेर मातिएका एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन् । पार्किङ्ग...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top