Khabar Dabali Logo
  October 20, Tue

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको अस्पतालमा निधन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना मिल्ने साथी र कान्छा भाइ रोबर्टको ७१ वर्षको उमेरमा निधन भएपछि श्रद्धाञ्जली व्यक्त गरेका छन्।

‘म दु:खका साथ भन्छु मेरा भाइ रोबर्टको आज राति मृत्यु भएको छ,’ राष्ट्रपति ट्रम्पले शनिवार एक विज्ञप्ति जारी गर्दै भनेका छन्।

राष्ट्रपति ट्रम्पले भाइको मृत्यु हुनु एक दिन अघि न्यू योर्कस्थित अस्पतालमा भेट्न गएर फर्कँदा सञ्चारकर्मीलाई भनेका थिए, उनलाई गाह्रो भइरहेको छ।’

रोबर्टको मृत्यु के कारणले भयो भन्ने स्पष्ट छैन। केही अमेरिकी मिडियाले उनी गम्भीर बिरामी भएको बताएका थिए।

उनी मेरा भाइ मात्रै थिएनन्, मेरा मिल्ने साथी पनि थिए, डोनल्ड ट्रम्पले शनिवार जारी गरेको विज्ञप्तिमा जनाएका छन्। उनको सम्झना मेरो मनमा सदैव रहिरहने छ।

राष्ट्रपति ट्रम्पका छोरा एरिकले उनका काकाबारे भनेका छन्, ‘अदभूत मान्छे- बलिया र दयालु पनि।’

उनले ट्विटरमा लेखेका छन्, ‘हाम्रो पूरा परिवारले उनलाई सम्झिरहनेछ।’

रोबर्ट फ्रेड र मेरी एनी ट्रम्पका पाँच जना छोराछोरीमध्ये सबभन्दा कान्छा थिए र डोनल्ड ट्रम्प भन्दा दुई वर्ष कान्छा।

सबभन्दा जेठा फ्रेड जुनियरको सन् १९८१मा निधन भइसकेको छ।

रोबर्ट ट्रम्प पारिवारिक घरजग्गा व्यवसायमै एक उच्च अधिकारीका रूपमा संलग्न थिए। आफ्ना दाजुको विपरीत उनी प्रचार प्रसारमा थिएनन् र न्यू योर्क राज्यमा झन्डै झन्डैअवकाश जस्तै जीवन बिताइरहेका थिए।

उनी हालै उनकी भतिजी मेरी ट्रम्पको राष्ट्रपति ट्रम्पबारेको पुस्तक ‘हाउ माइ फ्यामिली क्रिएटेड द वर्ल्ड्स मोस्ट डेन्जरस म्यान’ छाप्नबाट रोक्न अदालत गएका थिए। उनको प्रयत्न सफल भएन।

न्यू योर्क पोस्टका अनुसार रोबर्टले म्यानहटस्थित माउन्स सिनाइ अस्पतालमा गएको जून महिनामा एक हप्ता भन्दा बढी समय आईसीयूमा रहेका थिए।

साउन ३२ गते, २०७७ - १२:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ पुग्यो, थप ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...   

देशैभर ३ हजार ९३ जना कोरोना, उपत्यकामा मात्रै १७ सय ७ जनामा पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार...   

सघन कक्षमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

काठमाडौं । काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज...   

अबदेखि लक्षित वर्गलाई मात्रै कोरोनाको निःशुल्क उपचार

काठमाडौं । सरकारले अब सबै मानिसलाई कोभिड–१९ को उपचार नगरी लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षणको...   

भयावह हुँदै गइरहेको स्थितिमा पिसिआर परीक्षण नहटाउन माग

काठमाडौं । कोभिड–१९ सङ्क्रमण नेपालमा भयावह हुँदै गइरहेको स्थितिमा पिसिआर परीक्षण निःशुल्करुपमा...   

मन्त्रिपरिषद् र अन्य मन्त्रालयको समन्वयलाई प्रभावकारी बनाइने : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी...   

महामारीको समय पनि चीनमा अधिक धनी व्यक्तिलाई १.४ ट्रिलियन डलर थप सम्पत्ति आर्जन

चीनका अधिक धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप रकम कमाएको हुरुन नामक चिनियाँ वार्षिक समृद्ध...   

भारतमा खुकुलो लकडाउन भएरपनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै : मोदी

दिल्ली । लचिलो लकडाउन भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा...   

आज राति मृगशिरा उल्कावर्षा हुने, यसरी हेरिन्छ उल्कावर्षा

काठमाडौं । हेलीको पुछ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल...   

कोरोना संक्रमित आफैंले उपचार खर्च गर्नुपर्ने सरकारको निर्णयप्रति नेता नेपालको यस्तो आपत्ति

काठमाडौं । नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top