Khabar Dabali Logo
  October 25, Sun

यो साता सङ्क्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको सङ्ख्या न्यून

एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार यो साता सङ्क्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको सङ्ख्या शून्य छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरबलगायतका देशमा कोरोना सङ्क्रमणमा सामान्य वृद्धि भए पनि अन्य देशमा भने कोरोना सङ्क्रमणको दर न्यून हुँदै गएको छ ।

विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । हालसम्म नेपालसहित विश्वभर २९३ जना नेपालीको कोरोना भाइरसले ज्यान गइसकेको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायतका देशमा रहेका नेपालीको ज्यान हो ।

हालसम्म नेपालसहित ५९ हजार ४११ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । ती ८३ प्रतिशत अर्थात् ४८ हजार ५०४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।

साउन ३२ गते, २०७७ - १०:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलमा मिसावट गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पेट्रोल पम्प सिल

कर्णाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ...   

बेवारिसे सालको काठ बरामद

स्याङ्जा । चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको...   

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

टिकापुर । कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका...   

नागरिकको भीड बढ्न थालेपछि शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको...   

बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन...   

अलपत्र अवस्थामा रहेका ११ बालबालिकाको उद्धार

सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको...   

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top