Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

झुटा मुचुल्का बनाएर जागिरबाट निकालेपछि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखका नाममा कारण देखाऊ आदेश

डोटी । उच्च अदालत दिपायल राजपुरले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीसहित प्रहरी उपरीक्षक दिलीपसिंह देउवा र सम्बन्धित कार्यालयका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । उच्च अदालत दिपायल राजपुरका न्यायाधीश शेषराज सिवाकोटीको एकल इजलासले नायब महानिरीक्षक सुवेदीसहित तत्कालीन जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक देउवा, सङ्घीय प्रहरी एकाइ कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय अछामका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

आफूमाथि षड्यन्त्र गरेर झुटा मुचुल्का र प्रतिवेदन बनाएर जागिरबाट निकालेको भन्दै अछाममा कार्यरत तत्कालीन प्रहरी जवान दीपेन्द्र भट्टले उच्च अदालत दिपायल राजपुरमा पुनःवहालीका लागि रिट निवेदन दायर गरेपछि सोही रिटमाथि सुनवाइ गर्दै अदालतले यस्तो आदेश जारी गरेको उच्च अदालत दिपायल राजपुरका रजिष्ट्रार रणबहादुर कटवालले बताए । उनले भने, “झुटा मुचुल्का र प्रतिवेदन बनाएर जागिरबाट निकालेको र पुनःवहालीका लागि प्रहरी जवान दीपेन्द्र भट्टले रिट दायर गरेका कारण उक्त रिटको सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी भएको छ, कारणबारे जानकारी आउँछ होला ।”

उता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले उच्च अदालतमा रिट निवेदन दर्ता गर्ने प्रहरी जवान भट्टले प्रहरी नियमावली तथा आचरणविपरीत काम गरेकाले जागिरबाट बर्खास्त गरिएको जिकिर गरेका छन्। उनले भने, “भट्टजीले प्रहरी आचरण र नियमावलीविपरीत काम गरेकाले जागिरबाट हटाइएको हो, उनलाई हामीले चित्त नबुझे ३५ दिनभित्र अदालत जान पत्र दिएका थियौँ, अदालत जानु भएछ, हामी अदालतमा कुन कारणले उहाँलाई जागिरबाट हटाइएको हो सबै पेश गछौँं ।” जिल्ला प्रहरी कार्यालय अछामबाट घर बिदा गएका प्रहरी जवान भट्टलाई घर बिदाबाट फर्किएपछि प्रहरी प्रमुखले हाजिर हुन नदिएर ६० दिन गैरहाजिर रहेको भनी सेवाबाट हटाएको आरोप लागेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies