Khabar Dabali Logo
  October 28, Wed

हाते औजार प्रयोग गरेर लिदी पहिरोमा परी बेपत्ता भएकाको खोजी गर्न समस्या

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी पहिरोमा परेर बेपत्ता भएकाको खोजी कार्यमा समस्या आएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले पहिरो गएको दिन (शुक्रबार)बाटै बेपत्ताको खोजीकार्यलाई तीव्रता दिए पनि हाते औजार प्रयोग गरेर मात्रै बेपत्ताहरू भेटिने सम्भावना कम हुँदै गएको छ ।

आजको राजधानी दैनिकमा खबर छ – बेपत्ताको खोजीका लागि आइतबारबाट स्काभेटर प्रयोग गरिने भएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १५(१५ र नेपाली सेनाका २५ जना खोजबिनमा सक्रिय छन् । नेपाली सेनाले शनिबार हेलिकोप्टरमार्फत थप ३५ जनालाई पहिरो स्थलमा पठाएको छ । गाउँपालिकासँग समन्वय गरेर स्काभेटर लगेर पहिरो पन्छाएर बेपत्ताको खोजी गरिने प्रहरीले जानकारी दिएको छ ।

आइतबार बिहानसम्म पहिरो स्थलमा स्काभेटर पुग्ने गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।पहिरामा पुरिएकामध्ये शनिबार बेलुकीसम्म १८ जनाको शव फेला परेको छ ।

पहिरामा अझै २० जना हराइरहेका छन् । सुरुमा ३८ मात्रै बेपत्ता भनिए पनि थप एक जना पनि बेपत्ता भएको परिवारले जानकारी गराएपछि मृतक र बेपत्ताको संख्या ३९ पुगेको छ । पहिरामा हराएकामध्ये १६ को सनाखत भइसकेको छ ।

साउन ३२ गते, २०७७ - ०८:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेर्नुहाेस्, तपाईंको आजको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २७ तारिख । नेपाल संवत् ११४०...   

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास...   
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top