Khabar Dabali Logo
  October 20, Tue

काठमाडौं महानगरभित्र ८०० जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र झण्डै ८ सय जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यस्तै, हालसम्म ४ जनाको निधन हुनुका साथै १ हजार ५ सय ५४ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ – हालसम्म महानगरका ३३ वडामध्ये वडा २ मा मात्रै कोरोना सङ्क्रमित भेटिएका छैनन् । कन्ट्याक्ट ट्रेसिङ गरिएकामध्ये ५८ जनामा सङ्क्रमण पाइएको छ । महानगरपालिकाले २९ साउनसम्म कोरोना परीक्षणको नतिजा आएको र त्यसपछि गरिएका परीक्षणका लागि पठाइएका व्यक्तिहरूको नतिजा आउनै बाँकी रहेको जनाएको छ ।

जनस्वास्थ्य महाशाखाका वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओली भन्छन्, ‘यो सङ्ख्यामा केही तलमाथि हुन्छ । किनभने ठूला अस्पतालको विवरण महानगरमा आएको छैन, ती अस्पतालले पनि महानगरमा बसोबास गर्नेहरूको परीक्षण र उपचार गर्नुभएको छ ।’

उनका अनुसार सर्वोच्च अदालत, नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका कार्यालयमा परीक्षण गरिएको छ । यसरी गरिएका परीक्षणमध्ये केहीको सङ्ख्या महानगरलाई उपलब्ध गराइएको छ भने केहीको सङ्ख्या प्राप्त हुन सकेको छैन । जसले गर्दा सङ्ख्यामा केही परिवर्तन हुनसक्छ ।

सङ्क्रमण बढ्दो दरमा रहेकाले पनि सङ्ख्या क्षणभरमै तलमाथि हुनसक्ने बताउँदै ओलीले भने, ‘२९ साउनसम्म महानगरमा भएका सङ्क्रमितको हाराहारी सङ्ख्या मात्र भन्नसक्ने अवस्थामा छौँ, २२० व्यक्ति घरमै आइसोलेसनमा छन्, स्वास्थ्य जटिलता बढ्दै गए उहाँहरू अस्पताल जानुहुन्छ ।’

प्राप्त विवरणअनुसार सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या वडा नं. ४ मा देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको परीक्षणबाट आएका सङ्क्रमित यही वडामा जोडिएकाले यस वडामा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो । वडा नं. २ मा अहिलेसम्म कोही पनि सङ्क्रमित भेटिएका छैनन् ।

सो वडाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ भन्छन्, ‘वडामा प्रचारप्रसार गरेका छौँ, सुक्खा खोकी लाग्ने, हनहनी ज्वरो आउनेले खबर गर्नोस् भनेका छौँ, अहिलेसम्म कोही पनि मलाई यस्तो भयो भनेर वडामा आउनुभएको पनि छैन, अन्य व्यक्तिले जँचाएर सङ्क्रमण भएको पनि थाहा छैन ।’

वरिष्ठ कविराज निरीक्षक ओलीका अनुसार महानगरमा वडा नं. १ बाट ३७, वडा नं. ३ बाट प्रहरी अस्पतालबाहेक ३४ जना सङ्क्रमितको सङ्ख्या दर्ता भएको छ । यस्तै वडा नं. ४ बाट अख्तियारसहित ६१, वडा नं. ५ बाट १७, वडा नं. ६ बाट १५, वडा नं. ७ र ८ बाट क्रमशः १०/१० जना सङ्क्रमित देखिएका छन् ।

यसैगरी, वडा नं. ९ मा ५, वडा नं. १० मा ३८, वडा नं. ११ मा १९, वडा नं. १२ मा १२, वडा नं. १३ मा ३३, वडा नं. १४ मा ५६, वडा नं. १५ मा १३, वडा नं. १६ मा ४६, वडा नं. १७ मा १४ जना सङ्क्रमित देखिएका छन् ।

यस्तै, वडा नं. १८, १९, २० र २१ मा एक/दुई जना देखिएका छन् भने वडा नं. २२ मा ४ जना देखिएका छन् । वडा नं. २३ मा १०, वडा नं. २४ मा २५, वडा नं. २६ मा १७, वडा नं. २७ मा ३४, वडा नं. २८ मा २७, वडा नं. २९ मा ३०, वडा नं. ३० मा १४, वडा नं. ३१ मा २८ र वडा नं. ३२ मा ५३ जना सङ्क्रमित देखिएको जानकारी महानगरपालिकाले दिएको छ । 

साउन ३२ गते, २०७७ - ०८:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बियर भन्दै लोकल रक्सी उत्पादन र बिक्री गर्दै गोर्खा ब्रुअरी

काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लेख गरेको गुणस्तरलाई बेवास्ता...   

संसदीय छानबिन समितिको निष्कर्ष : सामाजिक विकास मन्त्रालय र अस्पतालको लापरबाहीले राजु सदाको ज्यान गयो

जनकपुरधाम। धनुषाको पर्साहीका राजु सदाको मृत्यु प्रकरणमा अस्पताल र प्रदेश २ को सामाजिक विकास मन्त्रालयको...   

संसदको गरिमा : पहिले भन्सार छुटको पजेरोले कुल्चियो, अहिले दसैं भत्तामा अल्झियो

काठमाडौं । भन्सार सुविधामा गाडी झिकाउन दिने सुविधा– २९ माघ ०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले...   

सभामुख मूकदर्शक मात्रै

भविष्यमा यस्तो विषयमा ध्यान दिनुपर्छ भनेर मेरा लागि शिक्षा भयो : सभामुख अग्नि सापकोटा काठमाडौं ।...   

प्रधानमन्त्री र मन्त्रीको भत्ता फिर्ता गर्न ‘ब्याक डेट’ को निर्णय

काठमाडौं । सांसदहरूले दसैं भत्ता बुझेको विषयमा चौतर्फी आलोचना भएपछि सरकारले ‘ब्याक डेट’ मा निर्णय...   

उदयपुरमा जीप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु, तीन जना गम्भीर घाइते

उदयपुर । शनिबार उदयपुरमा भएको जीप दुर्घटनामा पाँच जनाको निधन भएको छ र तीन जना गम्भीर घाइते छन् । भैरहवाबाट...   

निजी स्कुल र अभिभावकबीचको शुल्क विवाद राष्ट्रपति कार्यालयसम्म पुग्यो

काठमाडौं । कोभिड– १९ का कारण भौतिक रूपमा विद्यालयमा उपस्थित भएर अध्ययन गर्न नपाएका विद्यार्थीबाट...   

प्रचण्डले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेका छन् : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलैले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेग्लै पार्टी...   

कोरोना संक्रमण फैलाउने ‘हटस्पट’ बन्दै पशुपतिको आर्यघाट क्षेत्र

काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र...   

नेपाल र चीनले एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने

काठमाडौं । नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भएका छन् ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top