Khabar Dabali Logo
  October 26, Mon

कोरोना निको भएर जाँदा छिमेकीले लखेटे

इटहरी । सुनसरीको इटहरी–५ का २७ बर्षीय एक युवाले शुक्रबार विहान फेसबुकमा लेखे, ‘कोरोनाको विश्वयुद्ध जितेर सातौं दिनमा अस्पतालबाट फर्किदैछु ।’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – फेसबुकमा स्वागत तथा बधाई भन्दै कमेन्टको बर्षा भइरहँदा उनी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञा प्रतिष्ठान छाड्दै थिए ।

कोरोना भाइरस संक्रमण मुक्त हुन पाएकोमा उनी दंग थिए । घर फर्किन पाउने भएर उत्तिकै उत्साहित थिए । तर बाहिरको वातावरण अर्कै बन्यो । छरछिमेकीले उनलाई घरमा बस्न दिएनन् ।

‘हामीलाई रोग सरे को जिम्मेवारी हुन्छ भन्दै छिमेकीले बहिष्कार गरे,’ उनले भने,‘घरमा तालाबन्दी गर्नेसम्मको धम्की दिएपछि बाध्य भएर होटलमा बस्न थालें ।’

उनले कहिलेसम्म होटलमा बसेर निरोगिता पुष्टि गर्नुपर्ने हो ? उनलाई खेद्ने समाजले भनिदिएन् । ‘आज अरुलाई पर्ने समस्या भोलि आफूलाई पर्छ भन्ने कस्तो नबुझेको,’ उनले भने, ‘रोगभन्दा पनि समाजले मार्ने रहेछ ।’

धनुषा जनकपुर बस्दै आउका उनलाई १८ दिनअघि ज्वरो आएको थियो । उनी स्वास्थ्य जाँचका लागि १९ गते धरान गए । चिकित्सकको सल्लाह अनुसार उनी स्वाब दिएर घरमा ‘आइसोलेट’ भएर बसेका थिए ।

श्वासप्रस्वासमा सामान्य समस्या थियो । साउन २२ गते उनमा कोरोना पोजेटिभ पुष्टि भयो । उनी अघिल्लो शुक्रबार अस्पताल भर्ना भएका थिए । उपचारपछि गत बुधबार स्वाब जाँच गर्दा नेगेटिभ आएपछि शुक्रबार घर फर्किएका थिए ।

साउन ३२ गते, २०७७ - ०७:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास...   
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   

किसान क्रेडिट कार्ड अन्तिम चरणमा दशैंपछि किसानका हातमा

काठमाडौं । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top