Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

डिआइजीसहित पाँच सय ५१ प्रहरीलाई कोरोना

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका प्रहरीमा संक्रमण बढ्दै गएको छ । शनिबारसम्म डिआइजीसहित पाँच सय ५१ जनामा संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - अहिलेसम्म देखिएका संक्रमितमध्ये दुई सय १३ जना निको भएका छन् । अन्य सबै संक्रमित प्रहरीको अवस्था पनि सामान्य रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए । सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयका एक सय ३६ जनामा संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका संक्रमित प्रहरी डिस्चार्ज हुने क्रम पनि बढेको एसएसपी कडायतले बताए ।

संक्रमित हुने प्रहरीमा एक नायब महानिरीक्षक (डिआइजी) पनि छन् । प्रहरी अस्पताल महाराजगन्जमा चिकित्सकका रूपमा कार्यरत डिआइजीमा संक्रमण देखिएको हो । त्यस्तै, स्याङ्जा र धादिङ जिल्लाका प्रहरी प्रमुखलाई पनि संक्रमण भएको छ । स्याङ्जाका प्रहरी प्रमुख भने निको भइसकेका छन् ।

प्रहरीमा संक्रमण बढेपछि गणभित्रै आइसोलेसन वार्ड बनाइएको छ । महाराजगन्जस्थित प्रहरी अस्पतालसँगै रहेको प्रहरीको २ नम्बर गणमा एक सय ५० वार्डको आइसोलेसन बनाइएको छ । जहाँ ४० प्रहरी कार्यरत छन् । सामाखुसीस्थित विपत् व्यवस्थापन गणलाई पनि सारेर आइसोलेसन बनाउनेबारे छलफल भइरहेको छ।

सरकारले प्रहरी अस्पताललाई कोभिड– १९ उपचारका लागि लेभल– २ स्तरको अस्पताल बनाउने निर्णय गरिसकेको छ । जहाँ अहिले १० वटा आइसियू रहेकोमा १० वटा थप्ने र भेन्टिलेटरसमेत राख्ने तयारी भए पनि बजेट प्राप्त नभएको एक प्रहरी अधिकारीले बताए ।

कारागारमा पनि कोरोना, पाँच कारागारका ४८ जनामा संक्रमण

कारागारमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । शनिबारसम्म पाँच वटा कारागारका ४८ जना कैदीबन्दीमा संक्रमण देखिएको छ ।

केन्द्रीय कारागार, सुन्धारासहित क्षेत्रीय कारागार झुम्का, जिल्ला कारागार पर्सा, बाँके र सिराहामा रहेका कैदीबन्दीमा संक्रमण देखिएको छ । सबैभन्दा धेरै पर्सामा ३२ जनालाई संक्रमण भएको छ । जहाँ एक हजार दुई सय कैदीबन्दी छन् ।

संक्रमण देखिएका पर्सा कारागारका जेलर भने शनिबार डिस्चार्ज भएका छन् । त्यस्तै बाँकेमा सात र सिराहामा चार कैदीबन्दीमा संक्रमण देखिएको छ । शनिबार सुनसरीको झुम्कास्थित कारागारका चार जनामा संक्रमण देखिएको छ ।

शनिबार नै केन्द्रीय कारागारका एक कैदीमा पनि संक्रमण देखिएको हो । उनलाई हालै उपचारका लागि सिन्धुलीबाट ल्याइएको थियो । ‘केन्द्रीय कारागारको अस्पतालमा उपचारका लागि ल्याइएको थियो, कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको छ,’ कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले भने, ‘उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको छ ।’

उनी ७१ वर्षका छन् । ‘कैदीबन्दीलाई बाहिरबाट ल्याउँदा अनिवार्य परीक्षण हुने गरेको छ, सिन्धुलीमा परीक्षण सुविधा नभएकाले जेलमै ल्याएर परीक्षण गरिएको हो,’ केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले भने, ‘उनलाई आइसोलेसनमा राखेका थियौँ, उनको अन्य कैदीबन्दी, स्वास्थ्यकर्मी र कर्मचारीसँग सम्पर्क भएको छैन ।’

संक्रमण नियन्त्रणका लागि लकडाउन सुरु भएदेखि नै कारागारमा भेटघाट बन्द गरिएको छ । तर, कैदीबन्दीलाई अस्पताल र अदालत लगिरहनुपर्ने भएकाले संक्रमणको जोखिम भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक पोख्रेलको भनाइ छ । ‘पर्सामा अदालत र अस्पताल लगिएका कैदीबन्दीमा संक्रमण देखिएको हो,’ उनले भने, ‘यसरी बाहिर लगिएकाहरूलाई अनिवार्य आइसोलेसनमा राख्न भनेका छौँ ।’

नयाँ कैदीबन्दीलाई जेलभित्रै क्वारेन्टाइनमा राख्ने र परीक्षण गरेर मात्र अरूसँग राख्ने गरिएको छ । संक्रमण सुरु भएयता जेल सरुवा पनि रोकिएको छ । संक्रमणको जोखिम भएपछि कैदीहरूलाई ब्लकमा राखिएको र एक ब्लकबाट अर्काेमा जान रोक लगाइएको विभागले जनाएको छ ।

अहिले देशभरका जेलमा करिब २३ हजार कैदीबन्दी छन् । जसमध्ये ४१ प्रतिशत मुद्दा फैसला भइनसकेका बन्दीहरू हुन् । सबैभन्दा धेरै सुन्धारास्थित केन्द्रीय कारागारमा तीन हजार एक सय कैदीबन्दी छन् । देशभरिका कारागारमा क्षमताभन्दा करिब दोब्बर कैदीबन्दी भएकाले पनि कोचिएर बस्नुपरेकाले संक्रमण फैलने जोखिम बढेको हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies