Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

तलिबानको रिहाई खतरा त हो तर शान्तिको लागि आवश्यक छ : राष्ट्रपति घानी

काबुल । अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले तालिबानहरुको रिहाई खतरापूर्ण काम भएको भए पनि शान्तिका लागि भने यो कार्य आवश्यक हो भनेका छन् । फगान सरकारले सरकारको जेलमा रहेका कम्तीमा पनि ४०० बाहेकका अरु तालिबानलाई जेलमुक्त गरेको छ । तालिबानीलाई जेलमुक्त गर्न उनले आदेश दिएका छन् ।

अफगानिस्तान सरकारले यसरी सरकारको जेलमा रहेका कम्तीमा पनि ४ हजार ६०० जति तालिबानलाई मुक्त गरिदिएको छ । तर पनि जेलमा रहेका अरु ४०० जना जति तालिबानलाई भने अफगानिस्तानको सरकारले रिहा नगर्ने जनाउँदै आएकोमा उनीहरुलाई पनि रिहाई गरिने जनाइएको छ । यसरी तालिबानीहरु जेलमुक्त भइरहेकै बेला राष्ट्रपति घानीको भने यो प्रतिक्रिया आएको छ ।

उनले शनिबार भने – तालिबानहरुलाई सरकारको जेलबाट मुक्त गर्ने काम खतरापूर्ण त हो तर पनि अफगानिस्तानको शान्तिका लागि भने यो आवश्यक काम हो । संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबानी समूह र अफगानिस्तानको सरकारका प्रतिनिधिबीच भएको सम्झौतामा हाल अफगान जेलमा रहेका पाँच हजार जना तालिवानी लडाकूहरुलाई रिहा गर्नुपर्ने भन्ने छ ।

यसै बमोजिम पछिल्लो पटकको रिहाईसँगै अफगान सरकारले चार हजार ६०० जना बन्दीलाई जेलमुक्त गरिदिएको जनाएको छ । तर पनि जघन्य प्रकृतिको हत्याका आरोपीहरुलाई सरकारले रिहा गर्न नहुनेभन्दै पश्चिमाहरुले प्रश्न गरेका छन् ।

सो प्रश्नपछि राष्ट्रपति घानीले सो कुरा बताएको हो । अब यहाँको जेलमा रहेका करिब ४०० जना यहाँ गम्भीर प्रकृतिको हत्या हिंसामा संलग्न भएका लडाकूहरु भएको बताइएको छ । उनीहरुलाई पनि जेलमुक्त गर्ने काममा अफगानिस्तानको सरकारले हिजोदेखि शुरु गरेको छ । ती जघन्य प्रकृतिको अपराधमा संलग्नहरुलाई रिहा गरिएको विषयमा भने प्रश्न उठेको छ ।

गएको फेब्रुअरीमा अमेरिका–तालिबानबीच भएको एक सम्झौतामा अफगान जेलमा बन्दी पाँच हजार तालिबान लडाकू एवं विद्रोहीका कब्जामा रहेका एक हजार सरकारी सैनिकलाई मुक्त गर्ने उल्लेख भएको थियो ।

त्यसैले ताबिलानहरुले ती सबै जनालाई रिहा नगर्दा सम्म आफूहरु वार्तामा नबस्ने बताएका छन् । उनीहरुलाई रिहा गरिएमा छिट्टै वार्तामा बस्ने तालिबानी समूहको भनाई छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies