Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

हेटौँडा अस्पतालमा पाँच दिनमै १ सय २० श्ययाको आइसोलेसन वार्ड निर्माण

हेटौंडा । वाग्मती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालले निर्माण शुरु गरेको पाँच दिनमै १२० श्ययाको सुविधा सम्पन्न आइसोलेसन वार्ड स्थापना गरेको छ । अस्पतालले हेटौँडा उपमहानगरपालिकासँग समेत सहकार्य गरेर हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा रहेको छात्रावास भवनमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको हो ।

केही दिनअघि प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रमुख सचिव डा मानबहादुर विश्वकर्मा, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामालगायत विज्ञ एवं चिकित्सकको टोलीले त्यस क्षेत्रको अवलोकन गरी आइसोलेसन वार्ड सञ्चालनका लागि उपयुक्त हुने ठहर गरेको थियो । सामाजिक विकास मन्त्रालय, हेटौँडा अस्पताल र उपमहानगरको संयुक्त टोलीले पाँच दिनमै १२० श्ययाको वार्ड तयार पारेको अस्पतालले जनाएको छ । वार्डमा केही साताअघि लिसा हिमालयन इभीले सहयोग गरेको श्यया प्रयोग गरिएको छ ।

प्रदेशको प्रदेश कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकको विद्यालयबाट आइसोलेसन तथा क्वारेन्टिन हटाउन भएको निर्णय कार्यान्वयन गर्न तथा जिल्लामा बढ्दो सङ्क्रमित सङ्ख्यालाई ध्यानमा राख्दै आइसोलेसन वार्ड स्थापना गरिएको हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार मकवानपुरमा अप्रत्याशित रुपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमितलाई घरमै राख्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

नवनिर्मित आइसोलेसन वार्डमा नेपाल प्रहरीका नौसहित १२ जना कोरोना सङ्क्रमितलाई राखिएको वार्ड प्रमुख डा सागर काफ्लेले जानकारी दिए। शुक्रबार साँझदेखि सङ्क्रमितलाई राखेर आवश्यक उपचार प्रक्रिया शुरु गरिएको डा काफ्लेले जानकारी दिए । उनका अनुसार आइसोलेसन वार्ड क्षेत्र परिसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुरक्षाका लागि खटाइएको छ ।

यसअघि अस्पतालले हेटौँडा–४ स्थित श्रमिक माविको भवनमा ३५ श्ययाको आइसोलेसन वार्ड स्थापना गरेको थियो । अस्पतालका अध्यक्ष पौडेलका अनुसार आवश्यक परेका अवस्थामा विद्यालय खाली गर्न सकिने भए पनि सो आइसोलेसन तत्काल बन्द गरिनेछैन ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies