Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

आयुर्वेदिक औषधिले कोरोनाका संक्रमित छिट्टै निको

काठमाडौं। आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण भएका बिरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना सङ्क्रमित ३३ जना सात दिनमै निको भएर घर गएका छन् । अरु पनि निको भएर जाने क्रम बढ्दो छ ।

आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डा. अमितमान जोशीले भने, ‘आयुर्वेदिक औषधिमा विभिन्न रोगप्रतिरोध क्षमता बढाउने जडीबुटीको प्रयोग हुने भएको कारण कोरोनासँग लड्न सक्ने क्षमता चाँडो विकास भई निको भएको हो ।’

उनका अनुसार कोरोना सङ्क्रमणका कारण भर्ना भएपछि आयुर्वेद विज्ञ चिकित्सक टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने र रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि सेवन गर्न दिइएको थियो । त्यसको सात दिनपछि पीसीआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको डा. जोशीले जानकारी दिए ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि भक्तपुरकी २२ वर्षीया नर्स कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान अस्पतालमा भर्ना भइन् । आफूले बिरामीलाई एलोपेथिक औषधि मात्र सेवन गर्न दिने गर्ने गरको उनले कहिले पनि आयुर्वेदिक औषधि प्रयोग गरेकी थिइनन् । आयुर्वेदिक चिकित्सकहरूको सल्लाह बमोजिम सोही औषधि सेवन गरको र अहिले आफूलाई समस्या नभएको बताइन् ।

आफू १० दिनमा डिस्चार्ज भएको जानकारी दिँदै दैनिक तीन पटक दुई वटा औषधि खाएको र त्यसैले कोरोनालाई सजिलै जित्न सकेको उनले बताइन् । ‘अहिलेसम्म पनि कुनै पनि नराकात्मक असर देखा परेको छैन भने मैले आफ्नो नर्सको ड्युटी पनि समालिसकेको छु’, उनले भनिन् ।

उनी मात्र होइन बाग्लुङका ३५ वर्षीय जङ्गबहादुर केसीलाई पनि कोरोनालाई जित्न आयुर्वेदिक औषधिले धेरै मद्दत गरेको बताए । कतारबाट नेपाल आएका केसी भक्तपुरस्थित राधेराधेमा होल्डिङ सेन्टरमा बसेपछि पीसीआर टेस्ट गराउँदा पोजिटिभ देखेको थियो । खासै कुनै कोरोनाको लक्षण नदेखिएको र उनले अस्पतालमा हुँदा तातो पानीमा बेसार र नुन हालेर दैनिक रुपमा खाएका थिए ।

केसीले भने, ‘अस्पतालको व्यवस्था धेरै राम्रो छ । कोठा तातो पानीको व्यवस्था थियो र दैनिक रोग प्रतिरोधात्मक शक्ति बढाउने आयुर्वेदिक औषधि दिनको तीन पटक खान दिन्थ्यो ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies