Khabar Dabali Logo
  October 30, Fri

जुगल पहिरो : ‘पानी लिन जाँदा भाग्यले बाँचें’

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो ।

आजको राजधानी दैनिकमा खबर छ – पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबाआमासहितको परिवार २७ असारदेखि बेलुकी सुत्न टेन्टमा जाने गरेका थिए । बिहान सबेरै उठेर परिवारसहित सुष्मा पनि घरमा गएकी थिइन् ।

‘म पानी लिन गएकी थिएँ, बुबा–आमा र भाइ–बहिनीहरू घरमै थिए । एक्कासी पहिरो आएर सबैलाई पुर्‍यो,’ सुष्माले रुँदै भनिन्, ‘म चाँहि पानी लिन गएकाले बाँचें ।’

लिदीकै कविता दोङ केही दिनअघि मात्रै काठमाडौंबाट गाउँ आएकी थिइन् । उनको परिवार पनि बेलुकी खाना खाएर अस्थायी टेन्टमै गएर सुत्ने गरेको थियो । बिहान घर सफा गर्न र चिया खाना आएको बेला घर माथिबाट आएको पहिरोले उनको घरका मात्रै आठ जनालाई पुरेको छ ।

‘मचाहिँ टेन्टमा नै थिएँ, एक छिनमा जान्छु भनेर बसिरहेकी थिएँ । एक्कासी आएको पहिरोले केही समयअगाडि सँगै भएका परिवार नै सखाप बनायो,’ कविताले गहँभरि आँशु पार्दै भनिन् ।

बस्तीमुनि निर्माणाधीन बलेफी ‘ए’ जलविद्युत् आयोजनाका कारण असारमा बस्ती छेउमा अहिले गएकै ठाउँमा पहिरो गएपछि बस्तीका स्थानीय केही समयदेखि बेलुकीको समयमा बस्तीनजिकै रहेको लप्से डाँडामा गएर बस्ने गरेका थिए ।

पहिरोले एकै घरका आठ जनासम्म पुरेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । बस्ती जोखिममा भएपछि गाउँपालिकाका तर्फबाट केही साताअघि चिनियाँ टेन्टलगायत सामग्री बस्तीलाई प्रदान गरिएको थियो ।

एकाबिहानै बस्ती नै पहिरोले सखाप पारेपछि स्थानीयमा भागदौड र रुवावासी मच्चिएको थियो । नेपाली सेना र स्थानीयले पहिरोले पुरेको स्थानबाट बालबालिकाको शव निकाल्दा सबैको आँखा रसाएका थिए ।

पहिरोले पुरिएका आफन्तहरू जीवितै भेटिन्छन् कि भनेर सेनासँगै स्थानीय पनि पहिरो पन्छाउन सहभागी भएका थिए । सेनाले गहिरो गरी खन्दा त्यहाँ रहेका स्थानीय भन्दै थिए, ‘सर धेरै बल गरेर नखन्नू न, जीवितै भए त दुख्छ नि ।’

पहिरो आउँदा घर नै हल्लिएको स्थानीयले बताएका छन् । पहिरोमा परी घाइते भई चौतारा अस्पतालमा उपचार गरिरहेकी घाइते जुनुमाया तामाङले पहिरो आउँदा भुइँचालो आएजस्तै गरी घरहरू हल्लाएको बताइन् । पहिरोले घर पुरेपछि श्रीमानले तानेर आफूलाई बचाएको उनले बताइन् ।

साउन ३१ गते, २०७७ - ०७:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको चेला सामुदायिक वनमा भीषण आगलागी

हुम्ला । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो...   

बिपी प्रतिष्ठानको कोभिड अस्पताल सुधारका लागि दबाब समूह गठन

सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरिरहेको कोभिड–१९ अस्पतालको सुधारका...   
कोभिडका लागि छुट्याइएका आधा बेडमा मात्रै बिरामी : बाहिर बिरामी छटपटाउँदै, भित्र बेड किन खाली ?

कोभिडका लागि छुट्याइएका आधा बेडमा मात्रै बिरामी : बाहिर बिरामी छटपटाउँदै, भित्र बेड किन खाली ?

काठमाडौं । देशभरका अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएका आधाभन्दा धेरै आइसोलेसन बेड खाली छन् ।...   
‘होम आइसोलेसन’ मा ३५ संक्रमितको मृत्यु

‘होम आइसोलेसन’ मा ३५ संक्रमितको मृत्यु

काठमाडौं । –बर्दियाको गुलरियामा ५० वर्षीय पुरुषको होम आइसोलेसनमा बसेकै वेला १० असोजमा मृत्यु भयो । आजको...   

गौतम बुद्ध विमानस्थलमा २५ मेगावाटको सोलार प्लान्ट निर्माण प्रक्रिया अघि बढ्यो, साढे दुई अर्ब लगानी

काठमाडौं । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको सौर्य प्लान्टको प्रक्रिया...   

कोरोना संक्रमित कर्मचारीले १४ दिन बिदा पाउने

काठमाडौं । सरकारले कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने तयारी गरेको छ । संक्रमण भएपछि...   

तास र कौडा खेल्न २० जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ...   

बलात्कारीलाई मृत्युदण्डः आवश्यकता कि बाध्यता ?

काठमाडौँ । बलात्कारका घटना बढ्दै जाँदा पछिल्लो समय पीडकलाई मृत्युदण्ड दिने, नपुंसक बनाउने लगायतमा...   

सरकारले स्थानीय तहसम्मै पक्की सडकसञ्जाल जोड्ने

काठमाडौँ । सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि...   

हेर्नुहाेस्, आजको तपाईंको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक १३ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर २९ तारिख । नेपाल संवत् ११४०...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top