Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

भरतपुरमा डाक्टरकै घरमा स्टिकर टाँस्न गए स्थानीय, स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीलाई घरमा बस्न दिइएन

चितवन । भरतपुर महानगरपालिकाका बासिन्दाले कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मीलाई नै मानसिक तनाव दिएका छन् । शुक्रबार उनीहरू ‘आइसोलेसन होम, कोरोना संक्रमित’ लेखिएको ब्यानर बोकेर डाक्टरकै घरमा टाँस्न गएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेलाई आइतबार कोरोना संक्रमण देखियो । सोमबार गरिएको परीक्षणमा उनकी पत्नीमा पनि पोजेटिभ देखियो ।

त्यसपछि परिवारसहित भरतपुर– ४ त्रिचोकको आफ्नै घरमा सुरक्षित रूपमा बसिरहेका उनलाई शुक्रबार बिहान भने स्थानीय बासिन्दाले झन् मानसिक तनाव दिए । ‘होम आइसोलेसनमा बसिरहेको छु, तर टोल विकास समितिको टोली घरमा स्टिकर टाँस्न आयो,’ डा. बगालेले भने ।

उनले टोल विकास समितिको टोलीलाई सम्झाउनुपरेको बताए । ‘नटाँस्नुस्, म आफै सुरक्षित तरिकाले बसेको छु । भित्रबाट चाबी लगाएको छु, हामी गेटबाट बाहिर नै आएका छैनौँ, आफ्नो सम्पर्कमा रहेका सबैलाई आफैले फोन गरेर खबर गरेको छु,’ उनले भने, ‘टोल विकास समितिमार्फत निर्णय नै गरेर ब्यानर टाँस्न आएका रहेछन् ।

मैले निर्णय भएको भए टाँस्नुस् भनें । कमजोर मान्छे यो संक्रमणले आफै आतंकित हुन्छ, आत्महत्यासम्म गरेका घटना पनि छन्, तपाईंहरू जस्तै मान्छे भएर यो घटना घटेको होला भनेपछि उनीहरू झस्किए ।’ त्यसपछि उनीहरू ब्यानर नटाँसी फर्किएको डा. बगालेले बताए । घरमा स्टिकर टाँस्नुपर्ने कुरा वडाध्यक्ष हरिप्रसाद आचार्यले पनि फोनमा भनेको उनले बताए ।

समाजको यस्तो प्रवृत्तिले संक्रमितलाई मानसिक रूपमा झनै कमजोर बनाउने डा. बगाले बताउँछन् । यस घटनाले समाजमा संक्रमितले व्यहोर्नुपरेको सामाजिक बहिष्कारको पीडा दर्शाउने उनको बुझाइ छ ।

‘घरमा आफैँ खाना पकाएर परिवारलाई ख्वाउँदै आएको छु । तरकारी चाहियो भने नजिकको पसलवाला दाइको नम्बर राखेको छु, फोन गर्ना साथ गेटमा ल्याएर छोडिदिनुहुन्छ । तर, कार्यक्रम नै आयोजना गरिएकोजस्तो ब्यानर बोकेर आउँदा संक्रमितलाई समाजले बहिष्कार गरेको महसुस हुन्छ,’ उनले भने, ‘मलाई त केही भएन, तर रोगको विषयमा ज्ञान नभएकाहरूलाई के हुन्छ ?

जिम्मेवार व्यक्तिहरूबाट हुने यस्ता हर्कतकै कारण कतिपय संक्रमितहरू आत्महत्या गर्नसम्म बाध्य भएका छन् ।’ समाजमा कोरोना संक्रमितहरूको पनि बाँच्न पाउने अधिकार भएको भन्दै उनले सके हौसला दिन र नसके मनोबल गिर्ने किसिमको कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरे ।

स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीलाई घरमा बस्न दिइएन

बकुलहर रत्ननगर अस्पतालका स्वाब संकलन गरेका प्राविधिकलाई सामाजिक रूपमा अपहेलित गरिएको छ । उनलाई स्थानीयले घरमा बस्न नदिएको डा. बगालेले बताए । ‘हाम्रै स्वाब संकलन गर्ने प्राविधिकलाई घरमा बस्न दिएनन् । घरमा बस्नै नदिएपछि होटेलमा बस्नुपरेको फोन गरेर दुःखेसो सुनाएका छन्,’ उनले भने ।

संक्रमितलाई हौसला दिनुको सट्टा मनोबल गिराउने काम राम्रो नभएको उनले बताए । ‘अति नै भयो भन्ने लागेर मिडियामा बोलेको हुँ, संक्रमितलाई हौसला दिनुको साटो उल्टै मनोबल गिराउने यस्ता हर्कतले अवस्था झनै खराब बन्छ,’ उनले भने ।

स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीको घर रत्ननगर हो । उनले चार सयभन्दा बढीको पिसिआर नमुना संकलन गरेको बताए । ‘नागरिकको स्वास्थ्यलाई ख्याल राखेर घरपरिवार नभनी काम गरें, अहिले आफ्नै घर जान नदिएपछि सौराहाकै एक होटेलमा क्वारेन्टाइनमा बसेको छु,’ उनले भने ।

जसका लागि खटिएको हो, उनीहरूले अपमानित गरेको उनको भनाइ छ । ‘घरमा पनि त होम क्वारेन्टाइनमा नै बस्थेँ । जसका लागि खटिरहेको छु, उसैले अपमानित गरेको महसुस भएको छ,’ उनले भने, ‘पिपिई लगाएर नमुना संकलन गर्दाको पीडा शब्दमा व्यक्त नै गर्न सक्दिनँ । जसको फल अहिले पाएको छु ।’

उनलाई अहिलेसम्म कोरोना देखिएको छैन । उनी होटेलमै बसेर काम गरिरहेका छन् । ‘समाजले मलाई जस्तो व्यवहार गरे पनि कोरोना देखिएन वा देखियो भने पनि निको भएपछि प्रयोगशालाकै काममा खटिनेछु,’ उनले भने । समाजका अगुवाले नै आफूलाई घरमा नल्याउन परिवारलाई दबाब दिएको उनले बताए ।

घरमा आउन नदिएपछि उनी होटेलमा बसेका थिए । होटेलमा पनि समस्या भएपछि नगरपालिकाले सौराहाको थारू कम्युनिटी होमस्टेमा राखेको थियो । त्यहाँका सञ्चालकले पनि प्रयोगशालामा काम गर्ने भन्ने थाहा पाएपछि निकालेको उनी बताउँछन् । ‘अहिले बसेको होटेलको नाम पनि भन्न मिल्दैन, यहाँबाट निकालियो भने कहाँ जाने ?’ उनी भन्छन् ।

त्यस्तै बकुलहर रत्ननगर अस्पतालको प्रयोगशालामा कार्यरत ज्यामिरे घर भएकी अमृता चौधरीलाई पनि स्थानीयले घर जान दिएनन् । अहिले उनी अस्पतालमा नै बस्दै आएकी छिन् ।

निषेधित क्षेत्र बनाउन ब्यानर लगेका हौं : अध्यक्ष

भरतपुर–४ को शीतल टोल विकास संस्थाकी अध्यक्ष सुशीला ढकालले घरमा ब्यानर टाँस्ने उद्देश्यले नगएको बताएकी छिन् । ‘टोलमा तरकारीका ठेलाहरू र मर्निङ वाक गर्ने मान्छे बढ्न थाले । यो रोक्न निषेधित क्षेत्र बनाउने उद्देश्यले ब्यानर टाँस्दै चोक चोकमा हिँडेका हौँ,’ अध्यक्ष ढकालले भनिन् ।

भरतपुर–४ का वडाध्यक्ष हरिप्रसाद आचार्यसँगको छलफलमै यो अभियान सुरु गरिएको उनको भनाइ छ । वडाध्यक्षले वडाका सबै टोललाई जसरी हुन्छ सुरक्षित राख्न निर्देशन दिएपछि ब्यानर राख्न सुरु गरेको उनले बताइन् ।

‘डाक्टरको घरमा ब्यानर राखौँ कि भनेर सोधेको चाहिँ हो । ब्यानर देखेपछि मानिस घर नआउलान् भन्ने उद्देश्य भने थियो,’ उनले भनिन्, ‘डाक्टर साबलाई नैै मिल्छ कि मिल्दैन भनेर सोध्यौँ, भित्रबाट चाबी लगाएर सुरक्षित बसेका छौँ भनेपछि हामी नटाँसी फर्कियौँ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies