Khabar Dabali Logo
  October 24, Sat

सर्वोच्च अदालतको सेवामा कटौती, अब कुन -कुन काम हुँदैन ?

काठमाडौं । सर्वोच्च अदालतले कोभिड– १९ को सङ्क्रमण बढ्दै गएर न्यायाधीशका निजी सुरक्षाकर्मीमा समेत सङ्क्रमण देखिएपछि आगामी भदौ १५ गतेसम्मका लागि सेवा कटौती गर्ने भएकोे छ । अदालतले आज सूचना जारी गरी बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ, संवेदनशील विषय, तत्काल सुनुवाइ हुनुपर्ने रिटको दर्ता तथा सुनुवाइ एवं मुद्दा फिर्ता र मिलापत्रका काम मात्र गर्ने जनाएको हो ।

सूचनामा भनिएको छ, “काठमाडौं उपत्यकामा समेत सङ्क्रमण बढ्दै गएको र परीक्षणबाट यस अदालतका कर्मचारी, न्यायाधीशका निजी सुरक्षाकर्मी समेतमा सङ्क्रमण देखिई माननीय न्यायाधीशहरू नै होम क्वारेन्टाइनमा रहनु परेको अवस्था छ”, सूचनामा भनिएको छ, “यस परिस्थितिमा सेवाप्रवाहमा संकुचन ल्याउन आवश्यक रहेको विषयमा नेपाल बार एशोसिएसन तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट समेत अनुरोध भई आएको छ ।”

काठमाडौंँ उपत्यकाका हकमा भने यही साउन ८ गतेदेखि शुरु भएको हदम्याद, म्याद र तारिखमा उपस्थित हुनु व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।

साउन ३० गते, २०७७ - २०:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनिष्टको त्रासले जमरा राख्दैन माझी समुदाय

बागलुङ । बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा...   

आगामी महिना कोरोनाको समस्या थप बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

मस्को । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को...   

अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित

इडाहो । अमेरिकामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन...   

कोरोनाबाट धरानमा पाँच महिने शिशुसहित दुईजनाको मृत्युु

धरान । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित...   

प्लाज्मा दान गर्न झापा रेडक्रसको आह्वान

झापा । विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड–१९ का सङ्क्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल...   

बजार अभाव र मूल्य घट्दा थन्कियो अलैँची

बागलुङ । थोरै लगानी र मेहनतमा धेरै आम्दानी गर्ने उद्देश्यले अलैँची खेतीमा उत्साहपूर्ण हिसाबले समर्पित...   

बाँकेमा थप एक सङ्क्रमितको मृत्यु, मृतकको संख्या ३० पुग्यो

बाँके । बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना...   

कोरोनाबाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम...   

प्रधानमन्त्री रोजगार कार्यक्रम : सूचीकृतको संख्यामा वृद्धि

बैतडी। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाको दशरथचन्द नगरपालिकामा गत वर्षभन्दा बढी जना...   

कैदीबन्दीलाई खसीसँंगै फलफूल र चिउरा उपलब्ध

कञ्चनपुर । कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई बडादसैं मनाउनका लागि खसी उपलव्ध गराइएको छ । लालझाडी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top