Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सिन्धुपाल्चोक लिदी पहिरो : रातभर बाहिर सुतेर बिहान फर्किएका थिए गाउँले

काठमाडौ । मुलुकका अधिकांश क्षेत्रमा अकस्मात पहिराेले ठूलो मानवीय क्षति भएको र राति सुतेकै बेलामा पहिरो खसेर धेरै मानिसको अकालमा ज्यान गएको थियो । सिन्धुपाल्चोकको लिदी गाउँमा आज बिहान खसेको पहिरो भने जानकारी हुँदाहुँदै पनि मानवीय क्षति टार्न सकिएन । स्थानीयवासीले पहिले नै जोखिममा रहेको भन्दै बस्ती स्थानान्तरणको माग गरे पनि त्यो सफल नहुँदा क्षति हुन पुगेको छ ।

प्रारम्भिक विवरणमा आज बिहान जुगल गाउँपालिका–२ लिदीमा भीषण पहिरो जाँदा ३६ घर क्षति भएको र ३८ जना परेको प्रारम्भिक जानकारी आए पनि यकिन विवरण आउन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए । त्यसमध्ये अहिलेसम्म तीन जनाको शव फेला परेको छ । केही घाइतेको उद्धार गरिएको छ ।

पहिलै अनुमान गरिएको क्षेत्रमा पहिरो खस्दा धेरै मानिस घरसहित पुरिएका छन् । जुगल–२ का वडा सदस्य तथा स्थानीयवासी विष्णुलाल दोङका अनुसार गत असार २६ गते त्यहाँ भीषण पानी परेको थियो । त्यसबेला भत्किँदा एउटा घरमा क्षति पुगेको थियो भने सामान्य पहिरो खसेको थियो । त्यस दिनदेखि नै स्थानीयवासीले रातिमा घर बस्न छाडेका थिए । कोदोबारीमा त्रिपाल हालेर बस्ने गरेका थिए । झण्डै ५० घर जोखिममा परेपछि उनीहरुले दैनिक सावधानी अपनाउँदै आएका थिए । दोङका अनुसार यहाँ निर्माणाधीन बलेफी ‘ए’ हाइड्रोपावरको सुरुङ निर्माणका क्रममा भएको विस्फोटले जमीनमा असर परेको स्थानीयवासीको अनुमान गरिएको छ । त्यही विषयमा उनीहरुले पटकपटक स्थानीय प्रशासनलाई जानकारीसमेत गराएका थिए । समयमै बस्ती सार्न सकिएको भए क्षति नहुने स्थानीयवासी बताउँछन् ।

“जोखिम पहिचान भएपछि गाउँले हरेक राति घरमा कोही सुत्थेनन्, पहिरो खस्छ भन्ने डर थियो, रातभरि त्रिपालमा सुत्ने र बिहान उठेर घर जाने गरेका थिए”, गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले भने, “आज बिहान पनि रातभर बाहिर सुतेर घर फर्किएका थिए, एक्कासि खसेको पहिरामा परे ।” रातभरि भारी वर्षा भएको थियो । त्यसैले मानिसहरु अस्थायी आश्रयस्थलमा गएका थिए । राति पहिरो खसेको भए मानवीय क्षति हुने थिएन । बिहान सबै घर फर्किएर काम गर्न थाल्दा एक्कासि पहिरो खसेको श्रेष्ठले बताए । पहिरो आउन थाल्यो भने भाग्न सकिन्छ भन्ने सोचेर मानिसहरु बिहान घर फर्किएका उनले बताए ।

गत असार २६ मा उक्त घटना भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा स्थानीयवासीले बस्ती जोखिममा परेको भन्दै सुरक्षित गर्नका लागि निवेदनसमेत दिएका थिए । यही साउन २३ मा उनीहरुले लिदीसहित झुल्के, निम्लुङ, सञ्चगाउँ, बेगाङका ५०० भन्दा बढी घर जोखिममा परेका भन्दै बस्ती जोखिम पहिचान गर्न र बस्ती सुरक्षित राख्न माग गरेका थिए ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले निवेदन आएपछि समितिले निर्णय गरेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सिफारिस पत्र पठाएको समेत जानकारी दिए ।

वडासदस्य दोङका अनुसार उक्त गाउँमा कूल १७२ घरधुरी छन् । त्यसमध्ये ५० घर पहिराको उच्च जोखिममा थिए । प्रारम्भिक विवरणमा आज ३६ घर क्षति भएका र ३८ जना परेको जानकारी आए पनि यकिन विवरण नआएको सहायक प्रजिअ खनाल बताउछन् । त्यसमध्ये अहिलेसम्म तीन जनाको शव फेला परेको छ । पाँचजना घाइतेको उद्धार गरिएको छ । उक्त गाउँमा दोङहरुको बसोबास छ । केही घरका सबै परिवार हराएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार यो मनसुनका बेला जिल्लामा यसअघि २२ जना बेपत्ता भएका छन् । उनीहरुको अवस्था थाहा हुन सकेको छैन । बिहीबारसम्मको विवरणमा २० जनाको मृत्यु भएको सहायक प्रजिअ खनालले बताए । त्यसमध्ये सबैभन्दा बढी क्षति बाह्रबिसेको जम्बुडाँडामा भेलपहिराका कारण भएको थियो । त्यहाँ हराइरहेका अझै फेला परेका छैनन् । त्यसपछि भोटेकोशी, मेलम्ची र पाँचपोखरीमा भौतिकसहित मानवीय क्षति भएको छ । यो पटक लिदीमा जिल्लाकै सबैभन्दा बढी मानवीय क्षति हुने गरी पहिरो खसेको छ ।

साउनको दोस्रो सातादेखि मुलुकभर वर्षा कम भयो । लगातारको झरी पर्ने क्रम रोकिए पनि ठाउँठाउँमा भारी वर्षा भने कायमै रहँदा कतिपय क्षेत्रमा ठूलै मानवीय क्षति बेहोर्नु परिरहेको छ । मौसमविद्का अनुसार अझै पनि सावधानी अपनाउन जरुरी छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies