Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भारतमा कुल सङ्क्रमित मध्ये ७१.१७ प्रतिशत सङ्क्रमणमुक्त

दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका कुल सङ्क्रमित मध्ये ७१.१७ सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । भारतमा शुक्रबारसम्म कुल सङ्क्रमितको संख्या २४ लाख नाघेको छ ।

केिन्द्रय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार देशभरी अहिले १७ लाख भन्दा बढी सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । उनीहरुका अनुसार भारतमा अहिलेसम्म १७ लाख ५१ हजार ५५५ जना सङ्क्रमण मुक्त भएका हुन ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक हजार ७०० जनाको मृत्यु भएको छ भने संख्या ६४ हजार ५५३ जना सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये १।९५ प्रतिशतको मात्रै मृत्यु हुने गरेको मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेपनि झण्डै छ लाख ६० हजार मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । यो संख्या कुल सङ्क्रमित मध्येको २६.८८ प्रतिशत हो । भारतमा कुल सङ्क्रमितको संख्या २० लाख नाघेको यही अगस्ट ७ मा हो । सरकारी अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म दुई करोड ७६ लाख मानिसको कोरोना परीक्षण गरिएको छ । ती मध्ये आठ लाख ४८ हजार ७२८ जनाको बिहीबार मात्रै परीक्षण गरिएको हो । यो संख्या एकैदिनमा परीक्षण गरिएकाहरुको संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएका कुल एक हजार ७०० जना मध्ये महाराष्ट्र प्रदेशका मात्रै सवैभन्दा धेरै ४१३ रहेको छ । त्यसैगरी तमिलनाडुमा ११९, कर्नाटकमा १०३, आन्ध्रप्रदेशमा ८२, पश्चिम बंगालमा ५६, उत्तर प्रदेशमा ५०, पञ्जावमा ३१, गुजरातमा, १८ जना सङ्क्रमितको मृत्यु भएको छ ।

अधिकारीहरुका अनुसार मध्य प्रदेशमा १७, दिल्ली राज्यमा १४, झारखण्डमा १२, जम्मु काश्मिर र राजस्थानमा ११/११ जना र बिहारमा दश जनाको पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएको छ ।

त्योभन्दा थोरै संख्यामा देशका अन्य प्रदेशहरुमा पनि मृत्युको विवरणहरु प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ ।भारतमा अहिलेसम्म कोरोनाका कारण ४८ हजार ४० जनाको मृत्यु भएको छ । ती मध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रदेशका कुल १९ हजार ६३ जनाको मृत्यु भएको छ । पिटिआई

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies