Khabar Dabali Logo
  October 30, Fri

भदौ १ देखि कर्णाली प्रवेशमा रोकः पिसिआर रिपोर्ट अनिवार्य

सुर्खेत । कोभिड– १९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसो प्रवेशका लागि तीन दिनअघिको पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा बसेको उक्त बैठकले स्वदेश तथा विदेशबाट आउने नेपाली नागरिकलाई बेग्लाबेग्लै क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । छिमेकी भारतबाट फर्किएका नागरिकलाई सीमानाकाका क्वारेन्टिनमा राख्ने तथा क्षमताभन्दा बढी भए मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भवनलाई प्रयोग गर्नका लागि वैकल्पिक व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।

त्यस्तै कर्मचारी र जनप्रतिनिधि सुर्खेतबाट अत्यावश्यक सरकारी कामले जाँदा र भित्रिँदा पिसिआर परीक्षण गराएर मात्र आवतजावतको व्यवस्था मिलाउन निर्देशन दिइएको छ । बैठकले मास्क अनिवार्य प्रयोग गर्न÷गराउन, समुदायस्तरमा मास्कको व्यवस्था मिलाउन, एक स्थानीय तह एक क्वारेन्टिन वा स्थायी प्रकृतिको आइसोलेशन निर्माण गर्न सामाजिक विकास मन्त्रालयलाई सहजीकरणको जिम्मेवारी दिएको छ । कर्णाली प्रदेशमा प्रवेश गर्ने सल्यानको कालीमाटी काल्चे तथा कपुरकोट, सुर्खेतको बबई र कुइने नाकामा जाँच कडाइ गर्ने तथा सुर्खेतका पर्यटकीय क्षेत्र गोठीकाँडा र काँक्रेविहारमा चहलपहल बढिरहेकाले त्यहाँ घुमफिरमा कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।

साउन ३० गते, २०७७ - १५:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सञ्जालमा गाली बेइज्जती गर्ने केदारमान भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत् पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गाली...   

बुटवलस्थित कोरोना अस्पतालमा थप कोरोना सङ्क्रमितको मृत्यु

बुटवल । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको आज बिहान मृत्यु...   

इन्स्टाग्रामबाट अबदेखि लाइभ गर्न मिल्ने

वासिङ्टन । फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने...   

रगत अभाव हुन नदिन भत्तपुरमा २७ जनाद्वारा रक्तदान

भत्तपुर । बडादशैँका बेलामा रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी गुण्डू उपशाखाले आयोजना गरेको रक्तदानमा...   

दशैँका यात्रुलाई कोरोना महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे

काठमाडाै‌ । कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य...   

कोभिड अस्पतालमा लापरवाहीको कारण बिरामीको मृत्यु भएपछि आकस्मिक अनुगमन

धरान । विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरानले सञ्चालन गरेको कोभिड–१९ अस्पतालमा लापारवाही...   

बाघको आक्रमणबाट बच्न दिगो उपाय खोज्न प्रशासन र जनप्रतिनिधि अग्रसर

बर्दिया । मानव र वन्यजन्तु द्वन्द्वबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि दिगो समाधानका उपाय खोज्न...   
प्रधानमन्त्रीसँग रअ प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न पूर्व राजदूतको आग्रह

प्रधानमन्त्रीसँग रअ प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न पूर्व राजदूतको आग्रह

कपिलवस्तु । नेपाली काँग्रेसका नेता एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री...   

सहकारीमार्फत तोकिएको मूल्यमा धान किन्दा किसानलाई राहत हुने

काठमाडौँ । सरकारले यसवर्ष समयमै धानको न्यूनतम् समर्थन मूल्य तोकेकाले किसानलाई राहत हुने भएको छ । सरकारले...   

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो, १ लाख २४ हजार ८६२ निकाे भए

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top