Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भरतपुर महानगरमा एकहप्ता लकडाउन

चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्र तीनदिनमा २३ जना कोराना सङ्क्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गरिने भएको छ ।

महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको सङ्क्रमण, नियन्त्रण, उपचार, व्यवस्थापनका लागि आज राति १२ बजेदेखि एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । महानगरभित्र कोरोना तीव्र गतिमा बढेसँगै जोखिमलाई मध्यनजर गर्दै लकडाउनको आह्वान गरिएको उनले दिइन् । अति आवश्यक क्षेत्रलाई विशेष निगरानीसहित निश्चित समय सञ्चालन गर्न दिइने गरी लकडाउन गरिनेछ”, उनले भनिन्, “जो जहाँ छ त्यही रहने गरी लकडाउन गरिँदैछ ।” महामारीबाट बच्नका लागि लकडाउन बाध्यता भएको जनाउँदै उनले जति कष्ट भए पनि हामी सबैले स्वीकार गर्नु परेको बताइन् ।

राजमार्गमा अतिआवश्यक सवारी मात्र चल्न दिने, दूध, तरकारी, मासुलगायतका अतिआवश्यक वस्तुलाई निश्चित समयमा मात्र खोल्न दिने र भित्री आवागमन पूर्णरुपमा निस्तेज हुने गरी लकडाउन आह्वान गरिँदैछ । महानगरका वडामार्फत टोल सुधार समितिलाई सबैलाई सतर्क भई घरमा नै रहन सन्देश प्रवाह गरिँदै छ । महानगरको विपद् व्यवस्थापन इकाइ, दमकल, नगरप्रहरी, महानगरका सीमित कर्मचारी परिचालन गरेर रोगको नियन्त्रण, उपचार र व्यवस्थापनको काम गरिने महानगरप्रमुख दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए।

महानगरभित्रका अस्पताल, आइसोलेशन र क्वारेन्टिनलाई प्रभावकारी बनाइनेछ । उपचारमा विशेष ध्यान दिने उनले बताए। समितिको बैठकमा महानगर उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, यातायात व्यवसायीलगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

महानगर क्षेत्रमा हालसम्म ९३ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । ती मध्ये ७० पुरुष , २३ महिला रहेका छन् । ती मध्ये एकजनाको मृत्यु भएको छ ।

रात्रिकालीन जाँच शुरु

जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला भित्रने विभिन्न नाकामा रात्रिकालीन जाँच शुरु गरेका छ । प्रमुख जिल्ला अधिकारीको अगुवाइमा जिल्लामा रहेका सुरक्षा निकाय प्रमुखको सहभागितामा जिल्लाका नाकामा जाँच शुरु गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार रात्रिकालीन जाँच शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, ट्राफिक प्रदेश कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बल आँपटारीका प्रमुख, कालीबहादुर गण भरतपुरका प्रमुखसहितको टोलीले जिल्ला भित्रने पाँच वटा नाकामा कडाइका साथ राति ९ बजेदेखि जाँच गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुनसक्ने प्रवेशलाई रोक्नका लागि जाँचमा कडाइ गरिएको हो ।” रातको समयमा हिँड्डुल गर्ने, मानिस ओसारपसार गर्ने, रात्रिकालीन जमघटलगायतका कार्यलाई निरुत्साहित गर्नका लागि रातिमा जाँच थालिएको उहाँको भनाइ छ ।

उहाँले थप्नुभयो, “दिनमा बजारको अनुगमन गर्छौं । रातमा सडक र बस्तीको ।” बजारमा अनावश्यक हिँड्डुल गर्नेलाई नियन्त्रण गर्न र व्यवसाय सञ्चालन गर्नेलाई सामाजिक दूरी कायम गराउन दिनमा बजार अनुगमन गरिएको उहाँले बताउनुभयो । कोरोना भाइरस समुदायमा तीव्र गतिमा फैलन सक्ने भन्दै दिवा तथा रात्रिकालीन अनुगमनलाई प्राथमिकतामा राखी काम शुरु गरेको उहाँले जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो, “रातिमा माडी क्षेत्रमा इलाका प्रशासन कार्यालय माडीको अगुवाइमा अनुगमन गरिएको छ भने लोथरदेखि मौवा खोलासम्म र पुलचोकमा प्रजिअ अगुवाइमा अनुमगन थालिएको छ ।” 

अनुगमनका क्रममा मास्क नलगाइ हिँडडुल गरेको, व्यापार व्यवसाय गर्दा सामाजिक दूरी कायम नगरेको, मास्कको प्रयोग नगरेको, रातिमा मान्छे ओसारपसार गरेको, हिँडडुल गरेको, रात्रिकालीन जमघट गरेको पाइएमा कानूनअनुसार कारवाही गरिने उनले जानकारी दिनुभयो । आवश्यकताअनुसार अझै कडाइ गरिँदै लैजाने सहायक प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies