काबुल । अफगान सरकारले जेलमा रहेका कम्तीमा पनि ४०० तालिबानलाई जेलमुक्त नगर्ने भएको छ । राष्ट्रपति अस्रफ घानीले दुई दिन अघि मात्र पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिनु भएको छ । यसअघि पनि उनले ईदका अवसरमा तीन दिने नयाँ युद्धबिराम शुरु भएसँगै यस्तो आदेश दिनु भएको थियो ।
अफगानिस्तान सरकारले यसरी सरकारको जेलमा रहेका कम्तीमा पनि ४ हजार ६०० जति तालिबानलाई मुक्त गरिदिएको छ । तर पनि जेलमा रहेका अरु ४०० जना जति तालिबानलाई भने अफगानिस्तानको सरकारले रिहा नगर्ने जनाएको हो ।
संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले गरेको सम्झौतामा हाल अफगान जेलमा रहेका पाँच हजार जना तालिवानी लडाकूहरुलाई रिहा गर्नुपर्ने छ । यस बमोजिम पछिल्लो पटक गरिएको रिहाईसँगै अफगान सरकारले चार हजार ६०० जना बन्दीलाई रिहाई गरिसकेको छ । तर पनि बाँकी ४०० जना भने निकै खतरनाक ठानिएका अथवा यहाँ गम्भीर प्रकृतिको हत्या हिंसामा संलग्न भएका लडाकूहरुलाई भने मुक्त गर्न काबुल सरकार हिच्किचाइरहेको बताइएको छ । तालिबान समूहले भने पछिल्लो पटक रिहाई हुन लागेका लडाकूहरु पहिलो सूचीमा नाम नभएका व्यक्ति रहेको र आफ्नो माग बमोजिम पाँच हजार जना नै मुक्त गरिनुपर्ने बताएको छ ।
राष्ट्रपति घानीले गम्भीर प्रकृतिको अपराधमा संलग्न भएका ४०० तालिबानी लडाकूलाई रिहाईको निर्णय गर्ने अधिकार आफूसँग पनि नरहेको बताएका थिए । तर पनि उनले पछिल्लो समयमा भने उनीहरुको पनि रिहाइको लागि निर्देशन दिएको बुझिएको छ ।
अफगानी ज्येष्ठ एवं प्रवुद्ध समूहको भेलाले मात्र उनीहरुको भाग्यको फैसला गर्न सक्ने राष्ट्रपतिले बताउँदै आएका थिए । गएको फेब्रुअरीमा अमेरिका–तालिबानबीच भएको एक सम्झौतामा अफगान जेलमा बन्दी पाँच हजार तालिबान लडाकू एवं विद्रोहीका कब्जामा रहेका एक हजार सरकारी सैनिकलाई मुक्त गर्ने उल्लेख भएको थियो ।
त्यसैले ताबिलानहरुले ती सबै जनालाई रिहा नगर्दा सम्म आफूहरु वार्तामा नबस्ने बताएका छन् । उनीहरुलाई रिहा गरिएमा छिट्टै वार्तामा बस्ने तालिबानी समूहको भनाई छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: