Khabar Dabali Logo
  October 29, Thu

कोरोनाको प्रभावलाई न्यूनीकरण गर्ने योजना छ : मुख्यमन्त्री पौडेल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी दिनमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्दा कोभिड–१९ को प्रभाव न्यूनीकरण गर्ने गरी योजना बनाएको बताएका छन्।

वाग्मती प्रदेशको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा योजनाको वार्षिक प्रगति समीक्षामा बिहीबार उनले कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्ने गरी मानव जीवनको रक्षा र जीविकोपार्जनका माध्यमको सुरक्षालाई केन्द्रबिन्दुमा राखी योजना सञ्चालन स्पष्ट पारे।

कोभिड–१९ को कारणबाट उत्पन्न यस कठिन घडीमा सीमित भौतिक उपस्थिति तथा सूचना प्रविधि दुवै मिश्रण गरी भर्चुअलको माध्यमबाट वाग्मती प्रदेशका सबै मन्त्रालय, प्रदेश लोकसेवा आयोग प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेशसभा सचिवालयलगायतको सहभागिता थियो ।

वाग्मती प्रदेशको आव २०७६/०७७ को विनियोजन रु ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार भएकोमा २७ अर्ब ९५ करोड ७१ लाख १७ हजारअर्थात् ५८.७२ प्रतिशत खर्च भएको थियो । यसमध्ये चालूतर्फ ६०.११ प्रतिशत र पूँजीगत खर्चतर्फ रु ५७.६८ प्रतिशत खर्च भएको थियो भने सोही अवधिमा अनुमानित आयको ९९.४५ प्रतिशतअर्थात् ४७ अर्ब ३४ करोड ७९ लाख सङ्कलन भएको थियो ।

प्रदेशका प्रमुख सचिव डा मानबहादुर बीकेले कोभिड–१९ को अवस्थालाई अनुकूलन गर्दै विकास निर्माणमा लाग्नुपर्ने र अनुगमन तथा मूल्याङ्कनलाई नतिजासँग आबद्ध हुने गरी अपेक्षितरुपमा सम्पन्न गर्न आयोजना कार्यान्वयन गर्दा श्रम र सीपको प्रयोग हुने गरी नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।

साउन ३० गते, २०७७ - १२:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सञ्जालमा नग्न तस्वीर माग्नेसँग सचेत हुन प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि...   
गुर्जो बाँड्दै पूर्वसभासद् खतिवडा गाउँमा

गुर्जो बाँड्दै पूर्वसभासद् खतिवडा गाउँमा

ओखलढुंगा । पूूर्व सभासद् रामहरि खतिवडाले गृह जिल्ला ओखलढुंगाका गाउँमा गुर्जो खेती विस्तारका लागि...   

प्रदेश १ मा ५५६ सङ्क्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश न. १ मा ५५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । हिजो सोही अवधिमा...   

सप्तकोशी नगरपालिका कार्यालय आजदेखि बन्द

सप्तरी । सप्तकोशी नगरपालिकाले आजदेखि एक हप्तासम्मका लागि कार्यालय तथा मातहतका वडा कार्यालय बन्द...   

उपत्यकामा थपिए ८४३ कोरोना संक्रमित, देशभरी सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं...   

तातोपानी नाका आजदेखि पुनःसञ्चालन

चौतारा । नेपाल—चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको...   

अब आइतबार र बुधबारमात्रै कोरोना ब्रिफिङ हुने

काठमाडौं । सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ। स्वास्थ्य...   

थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु, १ लाख २१ हजार ८२४ निको भए

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य...   

बुधबार थप १९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य...   

कोरोना परीक्षण र उपचार निरन्तर निःशुल्क हुन्छ : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top