Khabar Dabali Logo
  October 27, Tue

पर्सामा डाक्टरसहित थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । पर्सामा थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार अबेर राति वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा भारतीय दूतावासका कर्मचारी स्वास्थ्यकर्मी ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा ३६ जना पुरूष र १२ जना महिला रहेका छन् । संक्रमित हुनेमा २ वर्षको बालक देखि ६९ वर्षका वृद्ध पुरुष पनि रहेका छन् ।

संक्रमण हुनेहरुमा बारा जिल्लाका २१ जना, पर्सा जिल्लाका २५ जना र मोहत्तरी जिल्लाका २ जनासहित थप ४९ जना रहेको छन्

संक्रमितहरु हुनेहरुमा नरायणी अस्पतालका २७ बर्षकी १ जना महिला डाक्टर, ४ जना नारायणी अस्पतालमा कार्यरत कर्मचारी, २ जना महिला र १ जना पुरुष नारायणी अस्पतालका सरसफाई कर्मचारी र ३ जना गेट पाले रहेका छन् ।

त्यस्तै वीरगन्जस्थित रहेको महावाणिज्य भारतीय दूतावासका ३२ बर्षीय एक जना कर्मचारी र वीरगन्जमा रहेको ग्लोबल आइ एम ई बैंकका ४३ बर्षका एक जना पुरुष कर्मचारी रहेको नारायणी अस्पतालका मेसु उपाध्यायले बताए ।

त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरका १ जना, वडा नं.१० घडीअर्वा पोखरीका २ जना वडा नं. २ छपकैया का २ जना वडा नं. १३ राधेमाइका २ जना र वडा नं. ४,८,१४,१५,२५ का १र१ जना रहेका छन् ।

त्यसैगरी बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिकाका विभिन्न वडाका २० जना, बारा जिल्ला बिश्रामपुरका २४ बर्षका १ जना पुरुष र महोत्तरी जिल्ला जलेश्वरका ४ बर्षका १ जना बालक र ३७ बर्षकी १ जना महिला रहेकी नारायणी अस्पतालका मेसु उपाध्यायले बताए ।

साउन ३० गते, २०७७ - ११:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोटीमा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने

डोटी । जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन,...   

तनहुँका २७ भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

तनहुँ । जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण...   

कोरोनाबाट संक्रमित भएका अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज...   

यती एअरलाइन्सको दशैँ अफर, एक जोडीलाई दुईतर्फी फ्रि टिकट

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको...   

दशैँको भीडले थप सङ्क्रमणको जोखिम

महोत्तरी । बडादशैं पर्वमा जताततै मेला र उत्सवसँगै मिथिलाक्षेत्रमा देखिने भीडभाडले कोभिड–१९ सङ्क्रमणको...   

खर्च व्यहोर्न नसक्ने कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको...   

प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

भक्तपुर । भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव...   

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या...   

थप २ हजार ८५६ मा कोरोना संक्रमण, ३ हजार ३ सय ३६ डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...   

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top