Khabar Dabali Logo
  October 29, Thu

पत्रकार बानियाँको मृत्युबारे छानबिन गर्न माग

काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे छानबिन गर्न माग गरेको छ । ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्र कुँवरले बिहीबार साँझ शोक विज्ञप्ति जारी गरी ट्रेड युनियन काँग्रेस आबद्ध नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधि पत्रकार बानियाँको असामयिक मृत्यु भएको भन्दै यसबारे उब्जिएका आशङ्काको छानबिन गर्न माग गरेको हो ।

“तीन दिनदेखि सम्पर्कविहीन रहेका पत्रकार बानियाँ मकवानपुरको एउटा जलविद्युत् आयोजनामा भेटिनु र सनाखतसमेत फोटोको माध्यामबाट गरिनुले प्रश्न उब्जाएको छ”, विज्ञप्तिमा भनिएको छ । मुलुकमा व्याप्त बेतिथी र भ्रष्टाचारविरुद्ध कलम चलाउने इमान्दार र निष्ठावान पत्रकार नै यस्तो अवस्थामा देखिनुलाई ट्रेड युनियन काँग्रेसले सामान्य मान्न नसकिने बताएको छ ।

ट्रेड युनियन काँग्रेसले पत्रकार बानियाँको निधनसँग जोडिएका सबै प्रश्न र आशङ्काको खोज तथा अनुसन्धान गरी सत्यतथ्य उजागर गर्न सरकारसँग माग गरेको छ । ट्रेड युनियन काँग्रेसले मृतक बानियाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

साउन ३० गते, २०७७ - १०:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सञ्जालमा नग्न तस्वीर माग्नेसँग सचेत हुन प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि...   
गुर्जो बाँड्दै पूर्वसभासद् खतिवडा गाउँमा

गुर्जो बाँड्दै पूर्वसभासद् खतिवडा गाउँमा

ओखलढुंगा । पूूर्व सभासद् रामहरि खतिवडाले गृह जिल्ला ओखलढुंगाका गाउँमा गुर्जो खेती विस्तारका लागि...   

प्रदेश १ मा ५५६ सङ्क्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश न. १ मा ५५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । हिजो सोही अवधिमा...   

सप्तकोशी नगरपालिका कार्यालय आजदेखि बन्द

सप्तरी । सप्तकोशी नगरपालिकाले आजदेखि एक हप्तासम्मका लागि कार्यालय तथा मातहतका वडा कार्यालय बन्द...   

उपत्यकामा थपिए ८४३ कोरोना संक्रमित, देशभरी सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं...   

तातोपानी नाका आजदेखि पुनःसञ्चालन

चौतारा । नेपाल—चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको...   

अब आइतबार र बुधबारमात्रै कोरोना ब्रिफिङ हुने

काठमाडौं । सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ। स्वास्थ्य...   

थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु, १ लाख २१ हजार ८२४ निको भए

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य...   

बुधबार थप १९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य...   

कोरोना परीक्षण र उपचार निरन्तर निःशुल्क हुन्छ : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top