Khabar Dabali Logo
  October 26, Mon

सवारी साधन किन्न ६ अर्ब, भेन्टिलेटर किन्न सरकारसँग छैन बजेट

काठमाडौं । गत वर्ष सवारीसाधनमा साढे पाँच अर्ब खर्च गरेको सरकारले यस वर्ष सवा ६ अर्ब खर्च गर्ने तयारी गरेको छ । तर, कोरोना महामारीमा संक्रमितको उपचारका लागि भेन्टिलेटर किन्न भने कुनै चासो देखाएको छैन । त्यसका लागि दाताहरूसँग हात थाप्ने काम गरिरहेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सात महिनामा विभिन्न अस्पतालमा ८० भेन्टिलेटर थपिएका छन् । तर, ती सरकारले किनेका होइनन्, सबै दाताले दिएका हुन् । संक्रमितको उपचारका लागि एक सय २० आइसियू बेड थप्ने घोषणा समेत सरकारले पूरा गर्न सकेको छैन् ।

स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखाका एक अधिकारीले भने, ‘भेन्टिलेटर किनिएको छैन, प्रक्रिया पनि छैन, यो विषयमा मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ । तर त्यस्तो निर्णय गरेको जानकारी आएको छैन ।’ प्रवक्ता जागेश्वर गौतमले एक वाक्य मात्र प्रतिक्रिया दिए, ‘भेन्टिलेटर किनेको विषय मेरो जानकारीमा छैन ।’

मन्त्रालयका अनुसार टु दी फाउन्डेसनले ३०, निक साइमन फाउन्डेसनले २४, चौधरी फाउन्डेसनले आठ, सानोपाइला संस्थाले ६ र वान हार्टले दुई भेन्टिलेटर सहयोग गरेका छन् । त्यस्तै, भारतले नेपाली सेनालाई १० भेन्टिलेटर उपलब्ध गराएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार देशभरका अस्पतालमा एक हजार आठ सय आठ आइसियू र एक हजार ७० भेन्टिलेटर छन् । तीमध्ये कोरोना संक्रमितको उपचारका लागि चार सय ५० आइसियू र एक सय ६४ भेन्टिलेटर छुट्याइएको छ ।

प्रदेश १ मा ३४, प्रदेश २ मा १७, बागमतीमा ५३, गण्डकीमा १६, प्रदेश ५ मा २८, कर्णालीमा १० र सुदूरपश्चिमका अस्पतालमा ६ भेन्टिलेटर छन् । त्यस्तै, प्रदेश १ मा एक सय दश, प्रदेश २ मा ४६, बागमतीमा एक सय ७०, गण्डकीमा १५, प्रदेश ५ मा ७७, कर्णालीमा १७ र सुदूरपश्चिमका अस्पतालमा १५ आइसियू बेड रहेको मन्त्रालयले जनाएको छ ।

यसबीचमा सरकारले पाटन अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वीर अस्पताल, आयुर्वेद तालिम केन्द्र कीर्तिपुर, सशस्त्र प्रहरी अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २०–२० गरेर एक सय २० आइसियू बेड थप्ने घोषणा गरेको थियो । त्यसका लागि प्रतिअस्पताल १२ करोड ५० लाखका दरले रकम निकासा गरिएको स्वास्थ्य मन्त्रालयको दाबी छ । तर, टेकु अस्पतालबाहेक अन्यत्र आइसियू थपिएका छैनन् ।

वीर अस्पतालले आइसियू खरिदको प्रक्रिया समेत अघि बढाएको छैन । पाटन अस्पतालले चलाखी गर्दै पुरानै बेडलाई व्यवस्थापन गरी २१ वटा आइसियू बेड कोरोना संक्रमितका लागि तयार गरेको छ । अस्पतालका निर्देशक डा. विष्णु शर्माले सरकारले भनेअनुसार नै आइसियू बेड तयार भएको दाबी गरे । अन्य अस्पतालले पनि नयाँ उपकरण ल्याएर सेटअप गरेको जानकारी नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गम्भीर संक्रमित बढ्दै, ४४१ संक्रमित होम आइसोलेसनमा

बिहीबारसम्म देशभर ९६ संक्रमित आइसियूमा भर्ना भएका छन् । तीमध्ये पाँच जनालाई भेन्टिलेटरमा राखिएको छ । संक्रमण यही रफ्तारमा बढ्दै गए आइसियू र भेन्टिलेटरको अभावमा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आउने विज्ञहरूको चिन्ता छ ।

सरकारले कोरोना संक्रमितको उपचारका लागि देशभर ३६ अस्पताल तोकेको छ । तर, संक्रमितले अस्पताल भरिन थालेपछि आवश्यकताअनुसार अन्य अस्पतालमा पनि बिरामी भर्ना गरिएका छन् । अस्पतालमा ठाउँ नपाएका बिरामी घरमै आइसोलेसनमा बसेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबारसम्म देशभर आठ हजार २५ सक्रिय संक्रमित छन् । उनीहरूमध्ये चार सय ४१ संक्रमित होम आइसोलेसनमा छन् । प्रदेश १ मा ७२, प्रदेश २ मा ९८, बागमतीमा ७५, प्रदेश ५ मा ८१, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा एक सय सात संक्रमित होम आइसोलेसनमा रहेको गौतमले बताए ।

सरकारले भने आइसियूमा उपचार गर्नुपर्ने संक्रमित अनुमान गरिएभन्दा कम रहेको जनाएको छ । सरकारले साउन अन्तिमसम्म एक हजार नौ सय ३५ संक्रमित आइसियूमा भर्ना हुने अनुमान गरेको थियो । आगामी २० भदौदेखि मात्रै संक्रमितको संख्या क्रमशः घट्ने सरकारको अनुमान छ । त्यतिखेर देशभरमा एक हजार चार सय ८९ संक्रमितलाई आइसियूको आवश्यकता पर्ने अनुमान गरिएको छ ।

संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

संक्रमणबाट बिहीबार थप चारजनाको मृत्यु भएको छ । धनुषाका ८५ वर्षीया महिला, महोत्तरीका ४५ वर्षीय, मोरङका ५७ वर्षीय र अछामका १८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै मृतकको संख्या ९५ पुगेको छ । पछिल्लो एक सातामा मात्रै ३५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर पाँच सय २५ नयाँ संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर संक्रमितको संख्या २४ हजार नौ सय ५७ पुगेको छ । यसमध्ये १६ हजार आठ सय ३७ जना निको भएर घर फर्किएका छन् । आठ हजार २५ सक्रिय संक्रमित छन्, तीमध्ये चार सय ४१ होम आइसोलेसनमा छन् । पछिल्लो २४ घन्टामा नौ हजार आठ सय ५९ पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसकारण भेन्टिलेटर महत्वपूर्ण

कोरोना भाइरसबाट संक्रमित सामान्य वा मध्यम खालका लक्षण देखिएका बिरामीलाई आइसियूमा भर्ना गर्नुपर्ने वा भेन्टिलेटरमा राखिहाल्नुपर्ने अवस्था हुँदैन । उनीहरूलाई अक्सिजन दिएर र अन्य चिकित्सकीय सहायतामार्फत उपचार सम्भव छ ।

तर, कोरोना भाइरसको गम्भीर लक्षण भएका र पहिलेदेखि नै विभिन्न रोग लागेका बिरामीलाई आइसियूमा भर्ना गर्नुपर्ने वा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । कोरोना भाइरसका कारण मुत्य हुनेमा गम्भीर लक्षण भएका र पहिलेदेखि नै विभिन्न रोग लागेका धेरै बिरामी छन् । अहिले देशैभर भेन्टिलेटर र आइसियूको अभाव छ ।

भेन्टिलेटर चलाउने तथा आइसियूमा सेवा दिन सक्ने दक्ष जनशक्तिको पनि अभाव छ । संक्रमण बढ्दै जाँदा भेन्टिलेटरको माग बढ्दै जानेछ ।

महामारीको वेलामा पनि सवारी– साधनमा ६ अर्ब १५ करोड बजेट, पाँच वर्षमा सवारीसाधनमा ४६ अर्ब खर्च

सरकारले चालू आर्थिक वर्षमा सवारी खरिद, मर्मत र इन्धनका लागि ६ अर्ब १५ करोड ५८ लाख विनियोजन गरेको छ । यो रकम गत वर्ष यही शीर्षकमा गरिएको खर्चभन्दा ५३ करोड बढी हो । गत आवमा सवारी सञ्चालन, इन्धन र मर्मतमा चार अर्ब २७ करोड तथा गाडी खरिदमा एक अर्ब ३५ करोड गरी पाँच अर्ब ६२ करोड ५३ लाख खर्च भएको थियो ।

चालू आवमा नयाँ गाडी खरिदका लागि ८८ करोड छुट्याइएको छ । गाडी किन्न अर्थ मन्त्रालयको विविध शीर्षकमा ५० करोड छ । मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार संवैधानिक निकाय, राष्ट्र प्रमुख, सरकार प्रमुख, उच्च पदस्थ अधिकारीका लागि आवश्यकताअनुसार गाडी किन्न उक्त रकम खर्च गरिनेछ ।

त्यस्तै, सेनाका लागि सवारी खरिद गर्न १८ करोड ८९ लाख छुट्याइएको छ । जसबाट सेनाले १० वटा डबल क्याप पिकअप, पाँच वटा जिप, सी क्याटागोरीका पाँच र ए क्याटागोरीको एक एम्बुलेन्स, एक माउन्टेन्स जिप, पाँचवटा मोटरसाइकल, ३० वटा साइकल, वर्कसप भ्यान, प्रकोपमा प्रयोग गरिने सवारी उपकरणलगायत खरिद गर्ने जनाएको छ ।

त्यस्तै, नेपाल प्रहरीका लागि तीन करोड १५ लाख र सशस्त्र प्रहरीका लागि एक करोड २० लाख विनियोजन गरिएको छ । यसबाहेक अन्य निकायका लागि पनि गाडी खरिदका गर्न बजेट छुट्याइएको छ ।

पछिल्ला पाँच वर्षमा सवारीसाधनमा मात्रै राज्यको ४६ अर्ब खर्च भएको छ । आर्थिक वर्ष ०७२–७३ मा इन्धन तथा मर्मतमा चार अर्ब ११ करोड र नयाँ गाडी खरिदमा दुई अर्ब २१ करोड गरी ६ अर्ब ३३ करोड खर्च भयो । ०७३–७४ मा यो खर्च झन्डै दोब्बर बढेर ११ अर्ब ४२ करोड पुग्यो । जसमध्ये इन्धन तथा मर्मतमा चार अर्ब ७१ करोड र गाडी खरिदमा ६ अर्ब ७१ करोड खर्च भएको थियो ।

साउन ३० गते, २०७७ - ०७:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास...   
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   

किसान क्रेडिट कार्ड अन्तिम चरणमा दशैंपछि किसानका हातमा

काठमाडौं । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top