Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

एक विरामिसहित १० जनामा संक्रमण देखिएपछि धुलिखेल अस्पताल क्षेत्र सिल

काभ्रेपलान्चोक । सङ्क्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । आजको परीक्षणमा एक बिरामीसहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र प्रमुख एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, धुलिखेल नगर प्रमुख अशोककुमार ब्याञ्जू, जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झालगायत स्थानीय जनप्रतिनिधि सम्मिलित बैठकले अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गर्दै अस्पतालको ५०० मिटरको दूरीसम्म अर्को सूचना जारी नभएसम्म बन्द्य गर्ने निर्णय गरेको हो । “अस्पताल क्षेत्र सिल गरिएसँगै अस्पताल वरपर व्यवसाय गर्नेलाई आइतबारदेखि घरमै बस्न लगाइएको छ”, प्रजिअ तिमल्सिनाले भने ।

अन्ठानब्बे वर्षीय सङ्क्रमितको घर बजारमै रहेकाले धुलिखेल बजार बन्द गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । साथै वृद्धको वडा नं ७ स्थित निवासक्षेत्रको ५०० मिटर वरपरसमेत बन्द गरिएको छ । ती वृद्धकी एक बुहारी, अस्पतालका एक नर्स, दमक घर भई अस्पतालमा पित्तथैली उपचारार्थ भर्ना भएका एक बिरामी, अस्पताल छेउ व्यवसाय गर्ने एक तथा सङ्घीय प्रहरी कार्यालय बनेपाको जनागालका छ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको डा झाले बताए ।

झाका अनुसार सङ्क्रमति वृद्धका परिवारका सदस्यले अस्पताललगायत समुदायका व्यक्तिसँग भेटघाट गरेको पाइएकाले ‘कन्ट्रयाक्ट ट्रेसिङ’ जारी छ । सङ्क्रमित व्यवसायीको घर वरपर २०० मिटरसमेत अर्को सूचना जारी नगरिएसम्म बन्द गरिएको जनाइएको छ । हालसम्म काभ्रेपलाञ्चोकमा सङ्क्रमित ६२ मध्ये २९ व्यक्ति उपचारपछि घर फर्किएका छन् भने एक महिलाको मृत्यु भएको छ । साथै ३२ व्यक्ति आइसोलेशनमा उपचाररत छन् । तीमध्ये पनि २० प्रहरी, दुई स्वास्थ्यकर्मी, एक जनप्रतिनिधि, वैदेशिक रोजगारबाट फर्किएका २२ सर्वसाधाण र १८ कन्ट्रयाक्ट टे«सिङ र अन्य कारणबाट सङ्क्रमित भएका हुन् ।

पोष्टका अनुसार हाल काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमा व्यवस्थित ८४५ शय्याको क्वारेन्टिनमा ९० पुरुष र १३ महिला बसेका छन् । नौ सय ४ पुरुष र १८५ महिला क्वारेन्टिनको बसाइपछि घर फर्किएका हुन् । हालसम्म तेस्रो मुलुकबाट ४२० काभ्रेली घर फर्किएको तथा फर्कने क्रम जारी रहेको पोष्टले जनाएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलो पटक काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो ।

यसैबीच काभ्रेपलाञ्चोकमा पहिलो पटक मण्डनदेउपुर नगरपालिकाका वडाध्यक्षलाई कोरोना सङ्क्रमण देखिएको छ । केन्द्र र पोष्टले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने समूह तथा संस्था सञ्चालकसमेतलाई कानूनबमोजिम दण्ड तथा जरिवाना गर्ने चेतावनी दिएका छन् । साथै जिल्लाभित्र होटल र रेष्टुरेण्टमा सामूहिक भोज, गोष्ठी वा अन्य सामूहिक भेलाजस्ता कार्य गर्न निषेध गर्ने तथा त्यस्ता गतिविधि गर्ने जोकोहीलाई कारवाही गरिने चेतावनी दिइएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies