Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कोरोना रोकथाममा डोटीका स्थानीय तहको ११ करोड खर्च

डोटी । जिल्लाका नौवटा स्थानीय तहले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा उपचारमा रु ११ करोड ८२ लाख ९० हजार ६१७ खर्च भएको पाइएको छ । उक्त रकम राहत वितरण तथा क्वारेन्टिन निर्माणमा खर्च भएको यहाँका स्थानीय तहले जनाएका छन् । जिल्लामा सबैभन्दा बढी कोरोना सङ्क्रमितको सङ्ख्या शिखर नगरपालिकामा रहेका छन् । जिल्लाका नौवटै स्थानीय तहमध्ये सबैभन्दा बढी शिखर नगरपालिकाले रु एक करोड ८६ लाख ४६४ खर्च गरेको पाइएको छ ।

त्यसैगरी कोरोना सङ्क्रमण रोकथाम तथा उपचारमा सबैभन्दा कम जोरायल गाउँपालिकाले खर्च गरेको पाइएको छ । उक्त गाउँपालिकाले रु ७० लाख खर्च गरेको पाइएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकाले रु एक करोड ७७ लाख, दिपायल सिलगढी नगरपालिकाले रु एक करोड ५१ लाख ३० हजार १६३, बोगटान फुड्सिल गाउँपालिकाले रु एक करोड २५ लाख र पूर्वीचौकी गाउँपालिकाले रु एक करोड २७ लाख खर्च गरेको पाइएको छ ।

सायल गाउँपालिकाले रु एक करोड ६२ लाख, केआइसिंह गाउँपालिकाले रु ९८ लाख ९४ हजार, बडिकेदार गाउँपालिकाले रु ८५ लाख खर्च गरेको पाइएको छ । कोभिड–१९ को महामारी रोकथाम तथा उपचारका विषयमा भइरहेको खर्चमा स्थानीय तहले अनियमितता गरेको कुरा जनस्तरबाट आइरहेको भए पनि जनप्रतिनिधि पारदर्शीरुपमा कम रकम खर्च गरेको दाबी गरिरहेका छन् ।

सङ्क्रमित तथा भारतबाट रोजगारी गरी जिल्ला फर्किएका स्थानीयवासीले क्वारेन्टिनमा कुनै प्रकारको सेवा सुविधा नपाएको गुनासो गरी रहेको अवस्थामा यहाँका स्थानीय तहले यति ठूलो रकम खर्च भएको देखाउनु नै गलत भएको दिपायल सिलगढी नगरपालिका–३ का स्थानीयवासी तथा काँग्रेस नेता घनश्याम पाठकले बताए। उनले भने, “क्वारेन्टिको सेवा सुविधाको अवस्था र कोरोना नियन्त्रणको अवस्थाका बारेमा हामीले पनि बुझेका छौँ, करोडौँ रकम खर्च भयो भनेर देखाउनु गलत हो, छानबिन हुनुपर्छ ।” स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो व्यक्तिगत स्वार्थका लागि यति ठूलो रकम खर्च गरेको उनको आरोप छ ।

स्थानीय तहले खर्च भएको विवरण पेस गरेअनुसार क्वारेन्टिनदेखि अन्य क्षेत्रमा खर्च नभएको भारतबाट रोजगारी गरी १४ दिन क्वारेन्टिन बसेर घर फर्किएका जिल्लाको शिखर नगरपालिका–३ आलीअतुरालीका स्थानीयवासी दीर्घबहादुर बोगटीले बताए । उनले भने, “हाम्रो नगरपालिकाले कोरोना नियन्त्रणमा करोडौँ रकम खर्च भएको देखाएको छौं, म क्वारेन्टिन बसेर आएको व्यक्ति हुँ, खाना पकाउने ग्याँस त हामी आफैँले किनेर बालेका हौं । कहाँ भयो तेत्रो खर्च, सबै विवरण झुटो हो ।” बजेट अभाव भए पनि कोरोना सङ्क्रमण रोकथाम तथा उपचार गर्नमा जिल्लाका सबै स्थानीय तह सफल भएको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, “सीमित बजेटका बाबजुत पनि सबै स्थानीय तह मिलेर कोरोना महामारीको सामना गर्न सफल भएका छौँ, बजेटमा कसैले गलत गरेको छैन खर्च भएको विवरण नै पेश भएको मलाई लाग्छ, सबैको चित्त बुझान कस्ले सक्छ र ?”

उता सुदूरपश्चिम प्रदेश सरकारले पनि कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि रु ३६ करोड ४८ लाख ७० हजार खर्च गरेको विवरण सार्वजनिक गरेको छ । जाखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोष (स्थापना तथा सञ्चालन) निर्देशिका २०७६’ अनुसार उक्त रकम खर्च गरिएको प्रदेश सरकारले जनाएको छ । उक्त कोषमा जम्मा भएको रु ४२ करोड ५५ लाख ४९ हजार ४६० मध्ये उक्त रकम प्रदेशका नौवटै जिल्लाका विभिन्न स्थानमा कोरोना अस्पताल स्थापना, ल्याब सञ्चलन, विभिन्न उपकरण खरिद तथा स्थानीय तहलाई राहत वितरण तथा क्वारेन्टिन निर्माणमा खर्च भएको प्रदेश सरकारले जनाएको छ । कोषमा रु छ लाख ६७ हजार बाँकी रहेको प्रदेश सरकारले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहाँका नौवटै जिल्लाका ८८ वटा स्थानीय तहलाई रु १५ करोड २६ लाख वितरण गरिएको तथा नौवटा जिल्ला प्रशासनलाई रु पाँच लाखका दरले ४५ लाख वितरण गरिएको जनाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies