काठमाडौं: अघिल्लो विहीबार दिउँसो १२ बजे भर्खरै जेलबाट छुटेका पूर्वडिआइजी रन्जन कोइरालाका पुत्रद्वय २३ बर्षका आयुष र १९ बर्षका आर्यन सर्वोच्चको गेटमा देखिए ।
गेटमा बसेका सुरक्षाकर्मीले एकछिन अदालन आउनाको प्रयोज सोधे । एकैछिन अक्मकिएको भावमा आयुष र आर्यनले बुबाको लागि निवेदन दिन आएको बताए ।
अनि प्रहरीले कोरोना भए नभएको खुट्याउन थर्मल गनले दुवै जनाको ज्वरो नापे । त्यसपछि उनीहरु सरासर भुइँतलाको मूलढोकाछेउ प्रतिवेदन शाखातिर सोझिए ।
त्यहाँ फाँटवालासँग एकछिन बातचित गरेपछि छेवैमा सहरष्ट्रिार नेत्र आचार्यको कक्षतिर लागे ।निवेदनका विषयमा आचार्यले मुख्य रजिष्ट्रार नृपध्वज निरौलासँग फोनमा कुराकानी गरे ।
स्रोतका अनुसार मूख्य रजिष्ट्रारले निवेदनको विषयबारे प्रधानन्यायाधीश राणासमक्ष जाहेर गरे । राणाको प्रतिक्रिया बुझेपछि अन्ततः दर्ता गर्न नमिल्ने ठहर भयो । आयुष र आर्यन यतिन्जेल सहरजिष्ट्रार आचार्यकै कक्षमा ब्यग्र प्रतिक्षामा थिए ।
अन्ततः दर्ता न, दरपीठको अवस्थामा निवेदन उनैलाई फिर्ता गरियो । त्यसपछि दुई दाजुभाई निवेदन झोलामा हालेर चुपचाप बाहिरिए ।
पत्नीहत्याको अभियोगमा साढे आढबर्ष जेल बसेर हालै रिहा भएका पूर्व सशस्त्र डिआइजी रन्जनलाई मुद्दाबाट पूरै सफाइ दिनुपर्ने मागसहित निवेदन दिन यी दाजुभाई सर्बोच्च पुगेका थिए ।
आफ्ना बाबु रन्जन ‘निर्दोष’ रहेको दाबीसहित दुई छोराले प्रधानन्यायाधीशलाई सम्बोधन गरी निवेदन तयार पारेका थिए ।
जिल्ला अदालत काठमाडौंले पत्नी हत्याको अभियोगमा दोषि करार गर्दै रन्जनलाई सर्वश्वसहित जन्मकैद सजायँ तोकेको थियो ।तर रन्जनका पुत्रद्वयले दिएको निवेदन दर्ता गर्न कानुनी बाटो समाप्त भइसकेको भन्दै जस्ताको तस्तै फिर्ता गरिएको हो ।
कैद सजाय घटाउने गरी भएको फैसलामा न्यायाधीशत्रय बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकनका लागि अनुमति दिइसकेको हुँदा सफाइका लागि निवेदन दर्ता गर्न नमिल्ने जवाफ दिएर फर्काइएको बताइन्छ । यो निवेदन अपराधबाट फुर्सद पाउन रन्जनले प्रयोग गरेको अन्तिम हतियार हो ।
सफाइको निवेदन फिर्ता भएपछि अब उनका लागि अदालतको ढोका ताला लागेको छ ।
महान्यायीबक्ताको कार्यालयले दिएको पुनरावलोकन निवेदनमा सुनुवाइका लागि रन्जनविरुद्ध दर्ता भएको कर्तब्य ज्यान मुद्दा सून्यबाट फेरि सुनुवाइ गर्न बाटो खुला भएको छ ।
-जनआस्था साप्ताहिकबाट
प्रतिकृया लेख्नुहोस्: