Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

डोटी बस दुर्घटना अपडेट : मृतक तीन जनाको सनाखत, ३३ घाइते

डोटी । पूर्वीचौँकी गाउँपालिका–१ फुलौटमा आज बिहान करिब ६ बजे भएको बस दुर्घटनामा परी निधन भएका तीन जनाको सनाखत भएको छ। घटनामा ३३ जना घाइते भएका छन् । तिनमा १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा अछाम जिल्ला चौरपाटी गाउँपालिका–७ मार्कु बस्ने ३० वर्षीय टीकाराम विक, मङ्गलसेन नगरपालिका–७ अछाम बस्ने ५५ वर्षीया धनी शाही तथा बान्नीगढजयगढ गाउँपालिका–३ अछाम बस्ने ६० वर्षीय पदम साउद छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले कैलालीबाट अछामका लागि जाँदै गरेको कर्णली रिभर यातायातको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए।

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट कम्तीमा पनि ३० मिटर तल खोलामा खसेको प्रनि बोहराले जानकारी दिए । भारतबाट रोजगारी गरी घर फर्किएका अछामका नागरिक लिएर आएको उक्त बस दुर्घटनामा परेको हो । वर्षात्का कारण सडक चिप्लो भएको र चालक पनि निदाएका कारण गाडी दुर्घटना भएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । घाइते अधिकांशको टाउको र छातीमा बढी चोट लागेको उपचारमा संलग्न जिल्ला अस्पताका डा ज्योति पाण्डेले बताए।

सिट क्षमताभन्दा बढी यात्रु बोकेका कारण उक्त बस दुर्घटना भएको हुन सक्ने पूर्वीचौँकी गाउँपालिकाका चक्रबहादुर कठायतले बताए । उनले भने, “बसको सिट क्षमताभन्दा बढी यात्रु छन्, बाटो पनि वर्षात्ले खराब भएका कारण दुर्घटना भएको हुन सक्छ ।” प्रहरीले बस चालक २६ वर्षीय हेमबहादुर खत्रीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जनकराज पाण्डेले बताए। उनले भने, “सिट क्षमताभन्दा यात्रु सङ्ख्या पनि बढी देखिएको छ, के कति कारणले दुर्घटना भयो भन्ने विषयमा अनुसन्धान गर्नका लागि चालकलाई नियन्त्रणमा लिएका छौँ, अनुसन्धानपछि सबै कुरो खुल्ने छ ।” कैलालीदेखि डोटी पुग्दासम्म उक्त बसका चालकले ट्राफिक प्रहरीको चेकप्वाइण्टमा यात्रु सङ्ख्या घटाई इण्ट्री गरेको र उक्त बससँग अछाम जानका लागि जिल्ला प्रशासन कार्यालयको सवारी चलाउने अनुमतिपत्र पनि नभएको बताइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies