Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

बुधबार बिहान १० बजेसम्म ललितपुरमा दुई, बुटवल, सप्तरी र सुनसरीमा १/१ जना गरी ४ जनाको मृत्यु भएको हो ।

ललितपुरको किस्ट मेडिकल कलेजमा मृत्यु भएकी १ महिलाको पीसीआर गर्दा नतिजा पोजिटिभ देखिएको छ । मंगलबार राति मृत्यु भएकी ती महिलाको बुधबार बिहान कोरोना परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको हो ।

मृतक काठमाडौं टेकुकी ७८ वर्षीया महिला हुन् । उनलाई यही २६ साउनमा पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृतक जनकपुरकी ३८ वर्षीया महिला हुन् ।

यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ ।

सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको बुढिगंगा गाउँपालिका २ का ५५ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको आज बिहान मृत्यु भएको छ । मृतकमध्ये एक जना कोरोना संक्रमित भएको र अर्का शंकास्पद संक्रमित ब्यक्ति हुन ।

मृतकमध्ये एक जना कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षे पुरुष कोरोना संक्रमित रहेको अस्पताल कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए । उनलाई साउन २५ गते कोरोना विशेष अस्पतालमा ल्याइएको थियो । अस्पतालमा ल्याए लगत्तै आसियुबाट भेन्टिलेटरमा सारिएकोे थियो ।

अर्का मृतक कपिलवस्तुको कृष्णनगर नगरपालिका–१३ का २२ वर्षेका युवक हुन् । उनलाई साउन २७ गते अस्पताल ल्याइएको थियो । गम्भीर अवस्था देखिएपछि उनलाई आइसीयु हुँदै उसैदिन भेन्टिलेटरमा राखिएको थियो । उनको कोरोना परीक्षण रिपोर्ट आउँन बाँकी छ ।

कोरोना भाइरस संक्रमणका कारण सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनीयालाल यादवका अनुसार कोरोनाबाट मंगलबार राति थप एक जनाको मृत्यु भएको हो ।

डाकनेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज नगरपालिका–६ मा बस्दै आएका ७९ वर्षीय पुरुषको मृत्यु भएको प्रमुख यादवले जानकारी दिए ।

चारदिन अघि ज्वरो आएपछि उपचार गराउन आएका ती पुरुषको स्वाब लिइएको थियो । स्वाब परीक्षणको रिर्पोट मंगलवार साँझ पोजेटिभ आएसँगै उनलाई आइसोलेसन ल्याउने क्रममा मृत्यु स्वास्थ्य कार्यालयले जनाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies