काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै सरकारले केही प्रतिबन्धसहित नयाँ नियम लागू गरेको छ ।
सक्रिय संक्रमित दुई सय भन्दा बढी भएका जिल्लाबाट अन्यत्र जान रोक लगाउने, भदौ १ बाट खुला गर्ने भनिएको लामो दुरीका निजी तथा सार्वजनिक यातायात तथा आन्तरिक र बाहृय हवाई सेवा थप १५ दिन नखोल्ने निर्णय भएको छ ।
१) दुई सय बढी सक्रिय संक्रमित जिल्लाबाट अन्यत्र जान रोक
उपत्यकाको हकमा तीन जिल्लाबाहेक अन्यत्र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र वा स्थानीय प्रशासनको अनुमतिविना आवागमन गर्न पाइने छैन ।
२) आधा कर्मचारी वर्क फ्रम होम
सरकारले काठमाडौं उपत्यका र दुई सय भन्दा बढी संक्रमित भएको जिल्लामा आधा कर्मचारी मात्र कार्यालयमा बोलाउन र आधालाई वर्क फ्रम होम गर्न भनेको छ ।
३) लामो दुरीका यातायात र हवाई सेवा नखुल्ने
यसअघि ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट लामो दुरीका यातायात र हवाई सेवा खोल्ने निर्णय गरेको छ । तर, गत सोमबार बसेको बैठकले अन्तरजिल्लाका निजी तथा सार्वजनिक यातायात र आन्तरिक तथा बाहृय हवाई सेवा पनि १६ बाटै खोल्ने निर्णय गरेको छ । ‘उद्धार फ्लाइट’बाट पनि दैनिक पाँच सय जना मात्र ल्याइने भएको छ ।
४) प्रवेश विन्दु घटाइयो, अवैध आवागमन रोक्ने
अब नेपालीहरूले १० नाकाबा मात्रै भारतबाट आउन पाउनेछन् । त्यसमा झापाको काँकडभिट्टा, मोरङको रानी, सिराहाका माडर, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुका कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफान्टा र कञ्चनपुरको गड्डाचौकी रहेका छन् ।
५) ठेलाको व्यापार बन्द
सरकारले फुटपाथ, ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापार तथा कवाडी संकलनमा रोक लगाएको छ ।
६) स्कुल नखुल्ने, बैठक र भेला गर्न रोक
सरकारले अत्यावश्यक बाहेक कुनै पनि बैठक, समीक्षा, गोष्ठी, सेमिनार, भेलाजस्ता सामूहिक जमघट गर्न रोक लगाएको छ ।
७) निजी अस्पताल पनि प्रयोग गर्ने
सरकारले लक्षण नभएका संक्रमितहरुलाई राख्न आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ । संक्रमण बढेको स्थानमा अस्पतालको क्षमता अध्ययन गरी निजी तथा शिक्षण अस्पतालहरूलाई समेत प्रयोग गर्न सक्ने व्यवस्था मिलाउने र स्वास्थ्यले जनशक्ति खटाएर सेवा सुदृढ बनाउने पनि निर्णय भएको छ ।
८) होटल रेष्टुरेन्टमा ‘टेक अवे’ मात्र
साउन १५ बाट सबै होटल तथा रेष्टुरेन्ट खेला गरिएको थियो । तर, अब होटलहरुमा ‘टेक अवे’ ९किनेर घरमा लाने० सेवा मात्र दिने पाउने निर्णय भएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: