Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

क्वारेन्टाइनमै करेन्ट लागेर २३ वर्षकी महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ६ मौरीफाँटाका रविन ओड श्रीमती राधा र डेढ वर्षीया छोरीसहित गौरीफन्टा नाका भएर मंगलबार बिहान नेपाल पसेका थिए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - भारतमा भयानक संक्रमण भइरहेको कोरोनाबाट बच्न ओड परिवार मद्रासबाट सुरक्षाका लागि नेपाल आएका थिए । तर, भयो ठीक उल्टो । मातृभूमि पसेकै केही घन्टामा राधाको ज्यान गयो, त्यो पनि क्वारेन्टाइनमै ।

२२–२३ वर्षकी राधाको ज्यान कोरोनाले होइन, अव्यवस्थित क्वारेन्टाइनले लियो । गौरीफन्टा नाकाबाट मंगलबार दिउँसो १२ बजे उनीहरू नेपाल भित्रिएका थिए । त्यहाँबाट उनीहरूलाई कृष्णपुर नगरपालिका– ६ मौरीफाँटामा रहेको महाकाली माविको क्वारेन्टाइन लगिएको थियो ।

झोला र अन्य सरसामान राखेपछि राधाले क्वारेन्टाइनमा सरसफाइ पनि गरिन् । त्यसपछि राधा नुहाउन धारामा गइन् । त्यतिवेला दिउँसोको तीन बजेको थियो । नुहाउँदा–नुहाउँदै राधा अचानक ढलिन् ।

‘भाइ भारतको मद्रासमा काम गर्दथ्यो । श्रीमती र छोरी पनि उतै बस्थे । कामको सिलसिलामा आमाबुबा र दाइ पनि उतै थिए । भारतमा कोरोना बढ्न थालेपछि डरले मृतकका श्रीमान्, छोरी, सासू–ससुरा र जेठाजुसँगै फर्केका हुन् । अरू नेपालीसँग मिलेर गाडी रिजर्भ गरेर आएका हुन् । हिजै पुग्नुपर्ने हो ।

तर, चालकले बाटो बिर्सेर अन्तै गएकाले आज दिउँसो १२ बजे गौरीफन्टा पुगेका हुन्,’ जेठाजु देवले घटना विवरण सुनाए, ‘गाडी नपाएपछि धनगढीबाट दुईवटा अटो रिजर्भ गरेर आएका उनीहरू महाकाली माविको क्वारेन्टाइनमा गए । क्वारेन्टाइन निकै फोहोर भएकाले भाइबुहारी (मृतक) ले सरसफाइ गरिछिन् । दिउँसो सरसफाइ गरेर नल्का (धारा) मा हातखुट्टा धुन जाँदा करेन्ट लागेको हो ।’

क्वारेन्टाइनमा विद्युत् जोड्न टाँगिएको अव्यवस्थित तार नै राधाको ज्यान लिने कारण बन्यो । राधाका जेठाजु देवले क्वारेन्टाइन पुगेकै केही घन्टामै करेन्ट लागेर ज्यान गुमाएको बताए । ‘बुहारी करेन्ट लागेर त्यहीं ढलिछिन्,’ देवले भने, ‘श्रीमती ढलेको देखेर श्रीमान् पनि बेहोस भएछन् ।’

नगरपालिकाले अव्यवस्थित क्वारेन्टाइन बनाएर गम्भीर खेलवाड त गरेकै थियो, त्यसमाथि राधाको हकमा अर्को अपराध पनि भयो । ‘करेन्ट लागेर बेहोस भएपछि वडाध्यक्ष, पुलिसलाई फोन गरेछन् । पछि हामीले पनि थाहा पायौं ।

फोन गरेको एक घन्टासम्म कोही गएनन् । जेठाजुले डेढ किलोमिटर बोकेपछि मोटरसाइकलमा पुलिस आए । तर, लैजान मानेन । पछि अटोमा अत्तरियाको पद्मा अस्पतालमा लग्यौँ । त्यहाँबाट धनगढी पठायो । तर, ढिलो भइसकेकाले बचाउन सकिएन,’ देवले भने ।

समयमै अस्पताल पुर्‍याउन सकेको भए राधाको ज्यान बचाउन सकिन्थ्यो भन्ने परिवारको भनाइ छ । एम्बुलेन्स नपाएपछि राधालाई अटोमा सेती अस्पताल लगिएको थियो । त्यहाँ पुग्दा साँझको ५ बजिसकेको थियो । अस्पतालले राधालाई मृत घोषणा गर्‍यो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नुहाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु भएको पुष्टि गरेको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको बताए । कञ्चनपुर प्रहरी प्रवक्ता थापाले नगरपालिकाको एम्बुलेन्स बिग्रिँदा राधालाई अटोमै अस्पताल लगेको बताए ।

अव्यवस्थित क्वारेन्टाइनमा राख्ने र सम्भावित दुर्घटनाको पूर्व तयारीमा ध्यान नदिई बिग्रिएको एम्बुलेन्स नबनाउने नगरपालिकाले क्वारेन्टाइन बस्न भने जबरजस्ती गर्ने गरेको छ । राधाको हकमा पनि त्यही भयो ।

‘वडाध्यक्ष नत्थुराम चौधरीसँग घरमै राख्न आग्रह गरेको थिएँ,’ मृतक राधाका जेठाजु देवले भने, ‘घरमा राख्न मिल्दैन, क्वारेन्टाइनमै राख्नुपर्छ भने, हामीले पनि कर गरेनौँ र क्वारेन्टाइनमै बसाल्यौँ ।’ नगरपालिकाले एम्बुलेन्स ठीक अवस्थामा नराखे पनि मेयर र उपमेयरका गाडी भने ठीकठाक अवस्थामै चलेका छन् ।

बजेट नभएर होइन, सोचको अभावले यहाँका क्वारेन्टाइनमा समस्यै–समस्या छ । कोरोना व्यवस्थापनका लागि नगरपालिकाले चार महिनामा तीन करोड खर्च गरेको छ । तर, एक व्यवस्थित धारा बनाउन नसक्दा अकालमै एक महिलाले ज्यान गुमाउनुपरेको पीडित परिवारको दुखेसो छ ।

क्वारेन्टाइनको उचित व्यवस्थापन नहुँदा राधाले ज्यान गुमाएको बताउँदै लापरबाही गर्नेमाथि छानबिन गरेर दोषीउपर कारबाहीको माग अघि सारेका छन् । कृष्णपुर नगरपालिकाले कोरोना व्यवस्थापनमा लापरबाही गरेको आरोप लगाएका छन् ।

कृष्णपुर नगरका कांग्रेस नेता दिलबहादुर देउवाले नगरपालिकाले कोरोनाका नाममा करोडौँ खर्च गर्ने, तर क्वारेन्टाइन व्यवस्थापनमा ध्यान नदिँदा एक महिलाले अकालमा ज्यान गुमाएको बताए । ‘एकातिर नगरपालिकामा क्वारेन्टाइन घट्दै छन् । भएका क्वारेन्टाइनको पनि उचित व्यवस्थापन भएन,’ उनले भने, ‘जनप्रतिनिधिको ध्यान जनता बचाउन नभई कमिसनतर्फ गएकाले यस्तो समस्या आएको हो ।’

कृष्णपुर नगरका जनप्रतिनिधिले अप्रत्यशित घटना भएको बताएका छन् । वडाध्यक्ष नत्थुराम चौधरीले चैतदेखि अहिलेसम्म कुनै पनि घटना नभए पनि मंगलबार अप्रत्याशित घटना भएको बताए । ‘यो घटनाको छानबिन गर्छौ,’ ‘उनले भने, ‘क्वारेन्टाइनमा करेन्ट लागेर जनताले ज्यान गुमाउनु राम्रो विषय होइन ।’ एक साताअघि सोही क्वारेन्टाइनमा करेन्ट लगेर एक स्यालको मृत्यु भएको वडाध्यक्ष चौधरीले बताए ।

जसले क्वारेन्टाइनमै ज्यान गुमाए

कैलालीमा सर्पले डसेर मृत्यु स् कैलालीमा सर्पले डसेर क्वारेन्टाइनमा बसेका एक युवाले ज्यान गुमाए । भारतबाट फर्केर गौरीगंगा नगरपालिका– ४ स्थित सिद्धार्थ विद्या निकेतनको क्वारेन्टाइनमा बसेका २२ वर्षीय गणेश शाहीको ज्यान गएको हो । उनलाई गत १२ असारमा सर्पले डसेको थियो । उनको उपचारका क्रममा १५ साउनमा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

आफन्तका अनुसार राति क्वारेन्टाइनमा सुतेका वेला उनलाई सर्पले टोकेको थियो । त्यसपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो, तर त्यहाँ भेन्टिलेटर नभएपछि नेपालगन्ज रेफर गरिएको थियो । त्यहाँ एक महिना लामो उपचारपछि उनको मृत्यु भएको हो । भारतबाट फर्केर जेठ अन्तिम सातादेखि उनी क्वारेन्टाइनमा बसिरहेका थिए ।

तनहुँमा आत्महत्या स् क्वारेन्टाइनमा रहँदा तनहुँमा एकजनाले आत्महत्या गरे । घिरिङ गाउँपालिका– ३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका ४९ वर्षीय हिरासिंह परियारले ९ असारमा आत्महत्या गरेका थिए । भारतबाट ४ असारमा घर फर्किएपछि क्वारेन्टाइन बसेका उनी पाँच दिनपछि झुन्डिएको अवस्थामा फेला परे ।

लमजुङमा पनि युवाले गरे आत्महत्या स् क्वारेन्टाइनमै आत्महत्याको अर्को घटना लमजुङमा पनि भयो । क्व्होलासोंथर गाउँपालिका– ६ पसगाउँका २३ वर्षीय युवराज घर्तीले झुन्डिएर आत्महत्या गरे । गिलुङस्थित बुद्धोदय माविमा बनाइएको क्वारेन्टाइनमा ३१ असारदेखि बसेका घर्तीले २ साउनमा आत्महत्या गरेका थिए ।

वडा नम्बर ९ का अध्यक्ष नन्दजंग गुरुङका अनुसार घर्ती क्वारेन्टाइनमा एक्लै बस्दै आएका थिए । ११ चैतमा लकडाउनअघि बुटवलस्थित दिदीको घर गएका घर्ती ३१ असारमा गाउँ फर्किएका थिए । सोही दिनदेखि उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

उपचार नपाएरै दैलेखमा ४० वर्षीय पुरुषको ज्यान गयो स् दैलेखको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका ४० वर्षीय पुरुषको गत १७ जेठमा ज्यान गयो । ७ जेठबाट क्वारेन्टाइनमा बसेका उनलाई दश दिनको बीचमा एकपटक स्वाब संकलनका लागि स्वास्थ्यकर्मी पुगेका थिए ।

त्यसपछि सोधखोज गर्न कुनै स्वास्थ्यकर्मी पुगेनन् । परिवारजनका अनुसार स्वास्थ्य बिग्रिँदै गएपछि पनि उनलाई अस्पताल लैजाने प्रयत्न भएन । त्यसैले उपचार नपाएरै उनले प्राण त्यागे । मृत्युपछि उनलाई कोभिड– १९ पोजेटिभ रिपोर्ट आयो ।

बाँकेमा उपचार नपाउँदा युवाले गुमाए ज्यान स् नरैनापुर गाउँपालिका– ५ नयाँबस्तीका २५ वर्षीय युवकले पनि उपचार नपाएर क्वारेन्टाइनमै ४ जेठमा ज्यान गुमाए । क्वारेन्टाइन व्यवस्थापनले चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था नगरेका कारण उनले मृत्युवरण गर्नुपरेको आफन्तले बताएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार उनी बिहानको करिब २ बजेतिर कोठाबाट बाहिर निस्किएका थिए । बाहिर गएपछि उनले उल्टी गरे । क्वारेन्टाइनका एक जनाले उल्टी गरेको देखेर आफ्ना साथीहरूलाई बोलाएका थिए । त्यतिवेलासम्म उनको उल्टी थामिएको थिएन । उनले सात–आठपटक उल्टी गरे ।

उनलाई साथीभाइले पानी दिए । तर, उनले पानी निल्न सकेनन् । उनका साथीहरूले क्वारेन्टाइन व्यवस्थापन समितिका पदाधिकारी, सदस्य, वडाध्यक्ष र स्वास्थ्यकर्मीलाई फोन गरे, तर कसैको फोन उठेन । त्यसपछि उनीहरूले क्वारेन्टाइन सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई गुहारे । सुरक्षाकर्मी अध्यक्षको घरमा गएर क्वारेन्टाइन हेर्ने जिम्मा पाएका उनका छोरालाई बोलाएर ल्याए ।

स्वास्थ्यकर्मी आउँदा करिब ४ः३० बजिसकेको थियो । उनी आउँदा युवकको बोली बन्द भइसकेको थियो । उनी अरूको कुरा सुन्थे, तर फर्काउन सक्दैनथे । इसारा मात्र गर्थे । औषधि नपाएर उनले बिहान करिब ५ बजेतिर देह त्याग गरे ।

डायरियाले गएको थियो राजु सदाको ज्यान स् धनुषा हंसपुर नगरपालिका–७ पर्साहीका १६ वर्षीय राजु सदाको पनि उपचार नपाएर क्वारेन्टाइनमै ज्यान गएको थियो । उनी अन्य साथीसहित भारतको मदरास चेन्नईबाट कहीं गाडी त कहिले पैदल गर्दै नौ दिन (१४ जेठ) मा महोत्तरीको भिट्टामोड नाका आएका थिए ।

त्यहाँबाट उनीहरूलाई नगरपालिकाले लौवाखोरस्थित सञ्चालन गरेको क्वारेन्टाइनमा लगियो । क्वारेन्टाइनमा बसेको करिब १० दिनपछि उनको स्वाब संकलन गरिएको थियो । तर, रिपोर्ट नआउँदै उनको डायरिया भएपछि २८ जेठमा उपचारका लागि प्रदेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । आइसोलेसन वार्डमै स्वास्थ्य अवस्था बिग्रिँदै गयो र ९ असारमा बिहान करिब ४ बजे उनको उपचारकै क्रममा मृत्यु भयो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies