Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

कोरोनाको उच्च जोखिममा काठमाडाैं, एकै दिन थपिए १३४ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरसको उच्च जोखिम अर्थात् ‘रेडजोन’ मा परेको छ । दैनिक संक्रमण बढ्दै गएको उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । तर, एकचौथाइभन्दा बढी उपत्यकावासीले मास्क नलगाउने गरेको पाइएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टामा एक सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये काठमाडौंका एक सय १०, ललितपुरका १६ र भक्तपुरका आठजना छन् । एक महिनायता संक्रमण पुष्टि हुने क्रम बढ्दै गएको छ । चिकित्सकहरूले पनि उपत्यका कोरोनाको ‘हट स्पट’ बन्दै गएको बताएका छन् ।

उपत्यका रेडजोनमा परे पनि यहाँका बासिन्दाले कोरोनाबाट जोगिने न्यूनतम मापदण्ड समेत पालना नगरेको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा शिक्षित व्यक्तिलाई पनि मास्क प्रयोग गर्नेबारे सामान्य ज्ञान नभएको देखिएको छ । परिषद्ले व्यक्तिगत र संस्थागत गरी सात हजार दुई सय पाँच जनाको अध्ययन गरेको थियो । यो संख्याले उपत्यकाको प्रतिनिधित्व गरेको परिषद्ले जनाएको छ ।

परिषद्ले ९ साउनदेखि एक साता उपत्यकाका विभिन्न परिषद्ले व्यक्तिगत र संस्थागत गरी दुई तहमा अध्ययन गरेको थियो । व्यक्तिगत तहमा मास्क लगाएको, नलगाएको, मास्कको प्रकार र मास्क लगाउने तरिकाको अवलोकन गरिएको थियो ।

व्यक्तिगत रूपमा चार हजार पाँच सय दुई जनामा अवलोकन गर्दा मास्क लगाउने ७२.१ प्रतिशत भेटिएको हो भने नलगाउने २७.९ प्रतिशत भेटिएको थियो । सार्वजनिक स्थलमा जम्मा दुई हजार सात सय तीन जनामध्ये सही तरिकाले मास्क लगाउने ७२.६६ प्रतिशत रहेका थिए ।

‘सार्वजनिक स्थलमा नाकमुनि वा चिउँडोमा मास्क लगाउने, घाँटीमा झुन्ड्याउने, हातमा झुन्ड्याउने, मास्कको कडा भागलाई नाकको आकारमा नथिचेर लगाउने २७.३४ प्रतिशत पाइयो,’ डा. धिमाल भन्छन् ।

कोरोनाबाट थप चारको मृत्यु, ६ सय ३८ लाई संक्रमण

पछिल्लो २४ घन्टामा मुलुकभर कोरोनाबाट चारजनाको मृत्यु भएको छ भने १० हजार चार सय २४ नमुना परीक्षण गर्दा ६ सय ३८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ भने संक्रमितको संख्या २३ हजार नौ सय ४८ पुगेको छ ।

त्यस्तै, मंगलबारसम्म १६ हजार ६ सय ६४ जना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । अहिलेसम्म सात हजार दुई सय एकजना सक्रिय संक्रमित अस्पताल र घरमै आइसोलेसनमा छन् ।

मन्त्रालयका अनुसार दुई सय २४ जना संक्रमित होम आइसोलेसनमा छन् । संक्रमितमध्ये गम्भीर रहेका ८८ जनालाई आइसियूमा भर्ना गरिएको छ । विगत २४ घन्टामा १० हजार चार सय २४ नमुना परीक्षण भएको छ ।

दुई जनाको मृत्युपछि कोरोना पुष्टि

कोरोनाबाट मृत्यु भएका चार जनामध्ये दुईको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । ललितपुरको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएकी काभ्रेको पाँचखाल नगरपालिका–१ की ५० वर्षीया महिलालाई निमोनिया भएको थियो ।

२५ साउनमा अस्पताल भर्ना भएकी उनको मृत्यु भएपछि मंगलबार आएको कोरोना रिपोर्टमा पोजेटिभ देखिएको हो । उनी फोक्सो तथा पित्तथैलीसम्बन्धी रोगबाट पीडित थिइन् ।

त्यस्तै, काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ का ८४ वर्षीय वृद्धको पनि मृत्यु भएपछि कोरोना पुष्टि भएको हो । २१ साउनमा शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका उनको २२ साउनमा मृत्यु भएको थियो । मुटु तथा मिर्गौलासम्बन्धी समस्या भएका उनको मंगलबार कोरोना पोजेटिभ भएको रिपोर्ट आएको हो ।

कोरोनाबाट धनुषा विदेह नगरपालिका–८ का ६० वर्षीय वृद्धको सोमबार राति मृत्यु भएको हो । ८ साउनमा अस्पताल भर्ना भएका उनको आइसियूमा राखेर उपचार भइरहेको थियो । निमोनिया भएर अस्पताल भर्ना भएका उनी क्षयरोगबाट पनि पीडित थिए ।

धनुषाकै मिथिला बिहारी नगरपालिका–५ का ५० वर्षीय पुरुषको २५ साउनको राति मृत्यु भएको हो । उनी जनकपुरस्थित विनयतारा फाउन्डेसन (क्यान्सर अस्पताल) मा काम गर्दै आएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies