Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

गोंगबु हत्या प्रकरण : अवैध सम्बन्ध र लेनदेन प्रमुख कारण

काठमाडौं । आइतबार गोंगबु गणेशथाननजिकै भएको बीभत्स हत्याको कारण अवैध सम्बन्ध र आर्थिक लेनदेन रहेको पाइएको छ ।

आजको राजधानी दैनिकमा खबर छ - हत्यापछि फालिएको अवस्थामा शव भेटेलगत्तै तीव्र रूपमा अनुसन्धान अघि बढाएको प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेपछि अवैध सम्बन्ध र आर्थिक लेनदेन नै हत्याको कारण रहेको प्रारम्भिक निष्कर्ष निकालेको हो ।

आइतबार विहान ७ बजे गोंगबुको नवज्योति मार्गमा फालिएको सुटकेसमा टाउको र खुट्टा नभएको शव फेला परेको थियो । टाउकोबिनाको शव भेटिएपछि प्रहरीले तालिम प्राप्त कुकुरको सहायताबाट सुटकेस भेटिएको स्थानबाट करिब तीन सय मिटर पर टाउको र खुट्टासहितको अर्को झोला भेटेको थियो ।

सोमबार प्रहरीले मृतक कृष्णबहादुर बोहोराको तस्बिर सार्वजनिक गरेपछि उनका आफन्त प्रहरीसामु पुगेका थिए । त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो भने हत्यामा संलग्न आरोपी कल्पना मुडभरी पौडेललाई प्रहरीले सोमबार साँझ नै चितवन टाँडीबाट पक्राउ गरेको थियो ।

उनलाई प्रहरीले मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो । घटनास्थलमा पौडेल र दुई छोराछोरीबाहेक अरूको उपस्थिति हुन सक्ने आधार नभेटेपछि प्रहरीले मंगलबार अभियुक्तलाई सार्वजनिक गरेको हो ।

पौडेलसँगै उनका छोराछोरीसँग लिइएको बयानअनुसार घटनामा उनको मात्रै संलग्नता रहेको देखिएको छ । तर हत्यापछि शव फ्याँक्न भने उनले १५ वर्षकी छोरीलाई समेत साथमा लगेको अनुसन्धानमा खुलेको छ । शव व्यवस्थापनमा सघाएको पाइएपछि छोरी समेत पक्राउ परेकी छिन् । तर नाबालिका भएकाले उनलाई सार्वजनिक गरिएको छैन । छोरा भने कम उमेरको भएको र घटनाबारे कुनै जानकारी नभएकाले पक्राउ गरिएको छैन ।

प्रहरीले हत्या भएको कोठाबाट बरामद भएका दसी प्रमाण, कल डिटेल रेकर्ड (सिडिआर), छोराछोरीसँगको बयानलगायत सबैले घटनामा कल्पनाको संलग्नता पुष्टि भएको भनेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले हत्या फिल्मी शैलीबाट भएको बताए । ‘हत्या भारतीय सिरियल तथा फिल्मी शैलीबाट गरिएको देखिन्छ । आफंै घरमा बोलाएर खानपिन गराएर हत्या गरिएको छ,’ परिसर काठमाडौंका प्रमुख ज्ञवालीले भने ।

‘दहीमा सिल्पिङ ट्याब्लेट मिसाएर खुवाएँ’

हत्याका अभियुक्त कल्पना मुडभरी पौडेलले कृष्णबहादुर बोहोरालाई घरमा बोलाएर खानासँगै सिल्पिङ ट्याब्लेट खुवाएर लठ्ठिएपछि हत्या गरेको बयान दिएकी छन् । उनले आफ्नो कोठामा शनिबार साँझ ५ बजेतिर कृष्णबहादुर आएको र दुवै जनाले भोड्का रक्सी, दही, चिउरा खाएको तर कृष्णलाई भने आफूले दहीमा पाँचवटा सिल्पिङ ट्याब्लेट मिसाएर खुवाएकोे भनेकी छन् ।

उनले आफू समेत डिप्रेसनको रोगी भएकाले दैनिक एउटा ट्याब्लेट खाएर सुत्ने गरेको र त्यही ट्याब्लेट दहीमा मिसाएको प्रहरीलाई दिएको बयानमा भनेकी छन् । प्रहरीसँगको बयानमा उनले फेसबुकमार्फत आफ्नो नग्न तस्बिर सार्वजनिक गर्ने र यौन सम्बन्धका लागि ब्ल्याकमेल गर्ने गरेपछि हत्या गरेको भनेकी छन् ।

सिल्पिङ ट्याब्लेटको असरले कृष्णबहादुर लट्ठ भएपछि अण्डकोषमा हम्मरले हानेर बेहोस बनाएको र त्यसपछि सलले घाँटीमा बाँधेर हत्या गरेको अभियुक्त पौडेलले प्रहरी समक्ष बयान दिएकी छन् ।

हत्यापछि पौडेल शव व्यवस्थापनतिर लागेको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरू बताउँछन् । सो क्रममा उनले शवलाई शौचालयमा लगेर टाउको र दुवै खुट्टा काटेको र त्यसपछि व्यवस्थापनमा छोरीलाई समेत साथमा लगेको भनेकी छिन् ।

प्रहरीका अनुसार पौडेलले टाउको र खुट्टाबिनाको शव सुटकेसमा राखेर राति ११ बजेपछि घरबाट करिब ५० मिटर अगाडि सडकमा रोकिराखेको दुई वटा गाडीको बिचमा सर्लाही खाद्य पसल अगाडि फालेकी थिइन् । त्यसपछि टाउको र खुट्टा भएको जेब्रा झोला लगेर फ्याँक्न लाग्दा पानी परेपछि उनले त्यसबखत छोरीलाई समेत साथमा लगेको प्रहरी बताउँछ । झोला फालेर फर्किएका उनीहरू कोठामा गएर सुतेको पाइएको छ ।

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार ज्यान गुमाउने बोहोरा गत मंसिरदेखि मित्रनगरस्थित नर्सिङधाम गेस्ट हाउसमा बस्दै आएका थिए । होटलका सञ्चालक दीपेन्द्र छत्कुलीका अनुसार बोहोरा शनिबार अपराह्न स्कुटर चढेर गेस्ट हाउसबाट निस्किएका थिए ।

फेसबुकमा चिनजान र अवैध सम्बन्ध

हत्याको अनुसन्धानमा संलग्न अधिकृतका अनुसार हत्याका अभियुक्त कल्पना मुडभरी र मृतक कृष्णबहादुर बोहोराबीच करिब दुई–तीन वर्षअघि फेसबुकमार्फत चिनजान भएको थियो ।

श्रीमान् विदेशमा भएको र श्रीमान् श्रीमतीबीच सम्बन्ध समेत राम्रो नरहेकाले कल्पनाको कृष्णबहादुरसँग आउजाउ बाक्लियो । कृष्णबहादुर समेत विदेशबाट फर्किएका र दुई श्रीमती भए पनि दुवै श्रीमतीसँग राम्रो सम्बन्ध थिएन । यसबीचमा उनीहरूबीच अवैध सम्बन्ध गाँसियो ।

पछिल्लो समय बोहोराले फेसबुकमा आफ्नो फेक प्रोफाइल बनाएर विभिन्न पुरुषसँग कुराकानी गर्ने, गोप्य तस्बिरहरू पठाइदिने गरेको पौडेलले प्रहरीसँगको बयानमा भनेकी छन् । फेसबुकमार्फत नग्न तस्बिरहरू अरूलाई पठाइदिने र जथाभावी सार्वजनिक गर्दै आफूलाई ब्ल्याकमेल गर्ने र सम्बन्ध राख्ने गरेको बयानका क्रममा पौडेलले भनेकी छन् । सोही कारण आफूले हत्या गरेको उनले बताएकी छन् ।

एम्बुलेन्स चढेर चितवन

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार आइतबार बिहान ७ बजे प्रहरीले शव बरामद गरेको पौडेलले थाहा पाइसकेकी थिइन् । टाउको र खुटा खोज्ने क्रममा कुकुर उनी बसेकै घरतर्फ लागेपछि उनले झ्यालको पर्दासमेत लगाएको प्रहरीलाई भनेकी छन् । तर कुकुर घरभित्र प्रवेश नगरी टाउको र खुट्टा भएको स्थानतिर गएपछि उनले एम्बुलेन्सलाई फोन गरेर चितवन जाने तयारी गरेको बुझिएको छ ।

घरभेटीलाई समेत उनले शुक्रबारै माइत जाने भनेर बताइसकेका कारण उनी एम्बुलेन्स चढेर छोराछोरीसहित चितवन गएकी थिइन् । प्रहरी स्रोतका अनुसार एम्बुलेन्स बिरामी लिएर काठमाडौं आएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies